Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/यस्तो छ यूरोपसहित विभिन्न देशका सरकारी वेबसाइट बन्द हुनुको कारण

यस्तो छ यूरोपसहित विभिन्न देशका सरकारी वेबसाइट बन्द हुनुको कारण

Share:WhatsAppFacebookX (Twitter)Telegram
यस्तो छ यूरोपसहित विभिन्न देशका सरकारी वेबसाइट बन्द हुनुको कारण

व्यापक रूपमा प्रयोग हुने एउटा प्रोग्रामिङ भाषामा गम्भीर सुरक्षा कमजोरी भेटिएपछि आफ्ना प्रणाली सुरक्षित गर्न वेबसाइट सञ्चालकहरू सक्रिय हुँदा बुधबार युरोप र अन्य क्षेत्रका सरकारी वेबसाइटहरू अफलाइन भएका छन्। पीएचपी प्रोग्रामिङ भाषाका विकासकर्ताहरूले मंगलबार दुईवटा गम्भीर सुरक्षा कमजोरी पत्ता लगाएको बताएका थिए। उनीहरूले समस्या समाधान गर्ने अद्यावधिक संस्करण उपलब्ध हुनेबित्तिकै आफ्ना वेबसाइट अपडेट गर्न प्रयोगकर्ताहरूलाई आग्रह गरेका थिए। ह्याकरहरूले ती कमजोरीको फाइदा उठाउँदै वेबसाइटहरूमा प्रवेश गर्न थालिसकेको खबर आएपछि नेदरल्यान्ड्स र फिनल्यान्डका सरकारी निकायले सावधानीका रूपमा आफ्ना वेबसाइट अफलाइन राखेका थिए। रोयटर्सका अनुसार इन्टरनेटको ठूलो हिस्सा पीएचपीमा आधारित रहेकाले धेरै वेबसाइट साइबर आक्रमणको जोखिममा पर्न सक्ने चिन्ता बढेको छ। साइबर सुरक्षा कम्पनी हन्ट्रेसले आफ्नो ब्लगमा भनेको छ, “पीएचपी जताततै छ। यसले चुपचाप वर्डप्रेस, ड्रुपल, जूम्ला र मजेन्टो वेबसाइट, साझा होस्टिङ प्लेटफर्म, कन्ट्रोल प्यानल तथा पर्दापछाडि पीएचपी प्रयोग गरिरहेको जानकारीसमेत नदिने धेरै सफ्टवेयर सञ्चालन गरिरहेको छ।” वेब तथा क्लाउड सुरक्षा कम्पनी क्लाउडफ्लेयरका प्रमुख प्रविधि अधिकृत डेन नेख्टले आक्रमणहरू देखिन थालेको र तत्कालका लागि जोखिम कम गर्न कम्पनीले आफ्नो फायरवालका नियमहरू अद्यावधिक गरिरहेको बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समा भनेका छन्, “हामीले सुरुवाती आक्रमणहरू देखिरहेका छौँ र आक्रमणका नयाँ तरिकाहरू देखापर्दै जाँदा जोखिम कम गर्ने उपायहरू अद्यावधिक गरिरहेका छौँ। यो अस्थायी उपाय मात्र हो। पीएचपीले अद्यावधिक संस्करण जारी गर्नेबित्तिकै अपडेट गर्नुहोस्।” वर्डप्रेस वेबसाइटलाई सुरक्षित राख्ने सुरक्षा प्लगइन वर्डफेन् ले सबै वर्डप्रेस वेबसाइट पीएचपी जडान गरिएको सर्भरमा सञ्चालन हुने बताएको छ। उसले स्वचालित अपडेटबाट यो समस्या समाधान नहुने चेतावनी दिँदै आफ्नो वेबसाइटमा पीएचपी अपडेट गर्ने जिम्मेवारी कसको हो भन्ने पत्ता लगाउन वेबसाइट सञ्चालकहरूलाई सुझाव दिएको छ। युरोप, अस्ट्रेलिया, जापान र बेलायतका साइबर सुरक्षा निकायहरूले PHP प्रयोगकर्ताहरूलाई तत्काल अपडेट गर्न वा सुरक्षा सुधारसम्बन्धी प्याच लागू गर्न नसकिएसम्म वेबसाइट अफलाइन राख्न आग्रह गरेका छन्। नेदरल्यान्ड्सको साइबर सुरक्षा निकायले पनि सुरक्षा कमजोरीका कारण सावधानीस्वरूप आफ्नो वेबसाइट अफलाइन राखेको जनाएको छ। अधिकारीहरूले पीएचपी ५ र त्यसपछिका सबै संस्करण प्रभावित हुन सक्ने बताएका छन्। तर पीएचपीले कुन-कुन संस्करणमा सुरक्षा कमजोरी रहेको छ भन्नेबारे अझै खुलाएको छैन। The post यस्तो छ यूरोपसहित विभिन्न देशका सरकारी वेबसाइट बन्द हुनुको कारण appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

‘लिङ्क डिभाइस’मा समस्या भएपछि हुम्ला र मुगुमा सञ्चार प्रभावित
प्रविधिJust now

‘लिङ्क डिभाइस’मा समस्या भएपछि हुम्ला र मुगुमा सञ्चार प्रभावित

मुगुको रुघा र सोरु गाउँपालिकाको नाथर्पुमा रहेका टावरको ‘लिङ्क डिभाइस’मा समस्याका कारण हुम्ला र मुगुमा इन्टरनेट तथा टेलिफोन सेवा प्रभावित भएको छ । गत सातादेखि फोरजी टावरमा देखिएको प्राविधिक समस्या तत्काल समाधान गर्न नसकिने टेलिकमले जनाएको छ। नेपाल टेलिकमको मुगुका प्रमुख उमेश चौधरीका अनुसार टावरमा जोडिएका ‘लिङ्क डिभाइस’मा समस्या आएपछि सेवा अवरुद्ध भएको हो । दसैँ बिदामा कर्मचारी घर गएकाले दसैँपछि ...

टेक्नोलोजी खबर
अमेरिकी सर्वोच्च अदालतद्वारा गुगलको पेटेन्ट समीक्षा नीतिविरुद्धको अपिल अस्वीकार
प्रविधिJust now

अमेरिकी सर्वोच्च अदालतद्वारा गुगलको पेटेन्ट समीक्षा नीतिविरुद्धको अपिल अस्वीकार

अमेरिकी सर्वोच्च अदालतले सोमबार अल्फाबेटको स्वामित्वमा रहेको गुगलले अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयको समीक्षा नीतिविरुद्ध दिएको अपिल सुनुवाइ गर्न अस्वीकार गरेको छ। गुगलले उक्त नीतिका कारण पुराना पेटेन्टको वैधता पुनरावलोकन गर्न कठिन भएको र यसले पेटेन्टसम्बन्धी मुद्दा बढाउन सहयोग गरेको दाबी गरेको थियो। अदालतका न्यायाधीशहरूले सफ्टवेयर कम्पनी भिर्टामुभसँग सम्बन्धित पेटेन्टको वैधता पुनरावलोकन गर्न दिएको निवेदन पुनर्विचार गर्न पेटेन्ट कार्यालयलाई बाध्य पार्नुपर्ने गुगलको ...

टेक्नोलोजी खबर
अत्यधिक तात्ने कारण ग्यालेक्सी एस २७ मा स्न्यापड्रागन ८ एलिट एक्स्ट्रिम जेन ६ चिपसेट समावेश नगरिने रिपोर्ट
प्रविधिJust now

अत्यधिक तात्ने कारण ग्यालेक्सी एस २७ मा स्न्यापड्रागन ८ एलिट एक्स्ट्रिम जेन ६ चिपसेट समावेश नगरिने रिपोर्ट

सामसङको ग्यालेक्सी एस २७ सिरिजले अत्यधिक तापको समस्याका कारण नवीनतम स्न्यापड्रागन चिपसेट प्रयोग नगर्न सक्ने नयाँ रिपोर्टले उल्लेख गरेको छ। स्न्यापड्रागन र एक्सिनोस बिच छनोटको बहस वर्षौंदेखि चलिरहेको छ,र सामसङले प्रायः आफ्ना दुई प्रमुख चिपसेट विकल्पहरू मिसाउँछ, तर कहिलेकाहीं एक वा अर्कोमा पनि जान्छ। स्न्यापड्रागन लगभग विशेष रूपमा अमेरिकामा प्रयोग गरिन्छ, अन्तिम पटक सामसङले एक दशक अघि ग्यालेक्सी एस ६ मा पूर्ण ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play