स्पेनमा तीव्र गतिको रेल दुर्घटना, ६८ जनाको मृत्यु, ठूलो संख्यामा घाइते

काठमाडौं। स्पेनको मध्यभागमा बुधबार बिहान भएको तीव्र गतिको रेल दुर्घटनामा कम्तीमा ६८ जनाको मृत्यु भएको छ। ठूलो संख्यामा यात्रु घाइते भएका छन्। राजधानी मड्रिडबाट सेभिलतर्फ जाँदै गरेको रेल ट्रयाकमा रोकिएको अर्को रेलसँग ठोक्किँदा दुर्घटना भएको हो। ठक्करका कारण रेलका धेरै डिब्बा लिकबाट तल पुगेका थिए। यातायात मन्त्रीका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटि दुर्घटनाको कारण हुन सक्ने बताइएको छ। उक्त दुर्घटनालाई युरोपको आधुनिक इतिहासकै गम्भीर रेल दुर्घटनामध्ये एक तथा १३ वर्षयताकै स्पेनको सबैभन्दा घातक रेल दुर्घटनाका रूपमा वर्णन गरिएको छ। उद्धार गरिएका यात्रुले ठक्करका क्रममा मानिस हावामा उछिट्टिएको, भग्नावशेषमा फसेको र बाहिर निस्कन झ्याल फुटाउनुपरेको बताएका छन्। मड्रिडबाट करिब १४० किलोमिटर दक्षिणमा मोरा र ओर्गाज नगरपालिकाबीचको क्षेत्रमा स्थानीय समयअनुसार बिहान ९ बजेपछि दुर्घटना भएको थियो।–एजेन्सी
Read Complete Original Article
Published originally on अनलाइनपाना
Related News

नेपालबाट भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु बरामद
रौतहट । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाई गोरु बरामद गरिएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय प्रहरीले संयुक्त रूपमा ती गोरु बरामद गरेका... ...

‘अर्नब’ चक्रवात कमजोर भए पनि नेपालमा जोखिम कायमै
काठमाडौँ । छिमेकी मुलुक भारतमा सक्रिय चक्रवात ‘अर्नब’ का कारण नेपालको मौसममा बदली भई वर्षा र हिमपातको सम्भावना बढेको छ। मौसम पूर्वानुमान महाशाखाले मौसम प्रतिकूल बन्दै गएकाले आगामी दुई दिनसम्म धानबाली... ...

बैंकिङ प्रणालीबाट १ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न १ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बिहीबार आठ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न बोलकबोल आह्वान गरेको हो । बोलकबोलमा सहभागी हुन इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले तोकिएको समयभित्र अनलाइन बिडिङ प्रणालीमार्फत आवेदन पेस ...



