स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले दुर्घटनामा परी बहुमूल्य जीवन गुमाएको खबरले नेपाल सरकारलाई दुःखी बनाएको जनाएको छ । मन्त्रालयले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ । मन्त्रालयले दुर्घटनामा घाइते भएकाहरूको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना पनि गरेको छ। नेपालले दुर्घटनाबाट प्रभावित स्पेन सरकार, स्पेनी जनता तथा सबै परिवारजनप्रति सहानुभूति र ऐक्यबद्धता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

जलवायु सम्मेलन प्रतिबद्धतामा मात्र सीमित नभई परिणाममुखी हुनुपर्छ: सांसद पराजुली
१२ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले आगामी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा नेपालले हिमालको सुरक्षा, जलवायु न्याय र प्रभावित समुदायको हितलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताएका छन् । बिहीबार आयोजित नेशनल क्लाइमेट समिटमा धारणा राख्दै उनले अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा नेपालले आफ्ना समस्या र क्षतिको विवरण मात्र… ...





