Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/स्थानीय तहको निर्वाचनमा उम्मेदवार छान्न कांग्रेसमा नयाँ विधि, ‘प्राइमरी इलेक्सन’ बाट उम्मेदवार छनौट गर्ने

स्थानीय तहको निर्वाचनमा उम्मेदवार छान्न कांग्रेसमा नयाँ विधि, ‘प्राइमरी इलेक्सन’ बाट उम्मेदवार छनौट गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्थानीय तहको निर्वाचनमा उम्मेदवार छान्न कांग्रेसमा नयाँ विधि, ‘प्राइमरी इलेक्सन’ बाट उम्मेदवार छनौट गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी स्थानीय र प्रदेशसभा निर्वाचनमा उम्मेदवार छान्न पार्टीभित्र ‘प्राइमरी इलेक्सन’को अभ्यास सुरु गर्ने भएको छ। आगामी निर्वाचनमा कांग्रेसले सदस्यको प्रत्यक्ष मत, सार्वजनिक मतसर्वेक्षण र प्राथमिक निर्वाचन विधिबाट उम्मेदवार छनोट गर्ने भएको हो। निर्वाचनपूर्व गठबन्धन नगरी आफ्नै चुनाव चिह्न, आफ्नै उम्मेदवार र आफ्नै कार्यक्रम लिएर जनतामाझ जाने राजनीतिक संस्कार स्थापित गर्ने नीति लिएको कांग्रेसले उम्मेदवार छनोटको नयाँ मापदण्ड बनाइरहेको छ। सभापति गगन थापाका प्रमुख राजनीतिक सल्लाहकार प्रताप पौडेलले नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकबाट प्राथमिक निर्वाचनमा उम्मेदवारको छनोटसम्बन्धी मापदण्ड आउने बताए। ‘त्यो मापदण्डमा प्राइमरी इलेक्सन कस्तो हुने भन्ने तय हुन्छ। आठ लाख सदस्य डिजिटल प्रणालीमा आबद्ध हुनुभएको छ। डिजिटल माध्यमबाट पार्टी सदस्यको राय लिन कांग्रेसलाई समस्या छैन,’ उनले भने, ‘प्रविधिको राम्रो प्रयोग गर्न सकिने ठाउँमा डिजिटल माध्यमबाट उम्मेदवार छनोट गर्ने तयारी छ। एनसी आईडी प्राप्त गरेको व्यक्तिको विवरण कांग्रेससँग छ।’ कांग्रेस सभापति थापाले पार्टीको संगठनदेखि उम्मेदवार छनोट, नेतृत्व विकास, आन्तरिक लोकतन्त्र र जनतासँगको सम्बन्धसम्म पुनर्संरचना गर्ने खाका बनाइसकेका छन्। कांग्रेसले अब उम्मेदवार चयन गर्दा गुट, पहुँच, संरक्षण वा आर्थिक प्रभावभन्दा योग्यता, योगदान, नैतिक आचरण र कार्यसम्पादनलाई आधार बनाउने पौडेल बताउँछन्। ‘कांग्रेसको उम्मेदवार छनोट सम्बन्धित तह र क्षेत्रका क्रियाशील सदस्यको प्रत्यक्ष मतदानबाट बढी मत प्राप्त गर्ने एक महिला सहित तीन जना छनोट गरी तीमध्ये एक जनालाई चयन गर्ने व्यवस्था गरिनेछ,’ पार्टीको विधानमा उल्लेख छ। पौडेलका अनुसार स्थानीय तहका लागि सम्बन्धित तहका क्रियाशील सदस्यको मतदानबाट चुनिएका एक महिलासहित तीन जनाको नाम सम्बन्धित कार्यसमितिमा आउँछ। ‘उदाहरणका लागि प्राइमरी इलेक्सनमा निर्वाचित वडाध्यक्षका उम्मेदवारको नाम सम्बन्धित वडा कार्यसमितिले रायसहित माथिल्लो तहमा सिफारिस गर्छ। कुन तहको टिकट कुन कार्यसमितिले टुंग्याउने भन्ने मापदण्डले तय गर्छ,’ उनले भने। कांग्रेसमा विगतमा महानगरको केन्द्रीय कार्यसमिति, उपमहानगर र नगरपालिकाको प्रदेश कार्यसमिति, गाउँपालिको जिल्ला कार्यसमिति र वडाको क्षेत्रीय कार्यसमितिले उम्मेदवार छनोट गर्ने विधि थियो। पौडेलले भने, ‘त्यसमा हेरफेर हुनसक्छ। प्राइमरी इलेक्सनबाट जितेर आएका तीन जनामध्ये कुन तहको उम्मेदवार कुन कार्यसमितिले टुंग्याउने भन्ने मापदण्डमा आउँछ।’ क्रियाशील सदस्यले सबभन्दा बढी मत महिलाहरूलाई दिए भने तीनै जनाको नाम सिफारिस गरेर पठाउनुपर्ने छ। तीन जना पुरूषकै मत बढी आयो भने बढी मत ल्याउने दुई जना पुरुष र महिलातर्फ बढी मत ल्याउनेको नाम पठाइने छ। निर्णयको अधिकार भएको पार्टीको तहगत समितिले तीनमध्ये एक जनालाई उम्मेदवार चयन गर्ने छ। ‘उम्मेदवार छनोटको निर्णय गर्ने कार्यसमितिले प्राइमरी इलेक्सनबाट आएको आधार, लिडरसिप एकेडेमीको राय र इलेक्सन ब्युरोले तयार पारेको रणनीतिक खाकालाई मुख्य आधार बनाइने छ,’ उनले भने, ‘उम्मेदवार बन्न कांग्रेसको क्रियाशील सदस्यता लिएको यति वर्ष भनेर कसिलो मापदण्ड बनाउने पक्षमा छैनौँ।’ पार्टीको प्राइमरी इलेक्सनमा नागरिकको सहभागिताका सम्बन्धमा पनि छलफल भइरहेको पौडेलको भनाइ छ। यसअघि कांग्रेसमा स्थानीय, प्रदेश र संघीय निर्वाचनका लागि सम्बन्धित तह वा क्षेत्रको कार्यसमितिले उम्मेदवारहरू सिफारिस गरी पठाउने व्यवस्था थियो। तीन निकायको भूमिका उम्मेदवार छनोटमा राय दिने काम भने लिडरसिप एकेडेमी, निर्वाचन ब्युरो र गभर्नेन्स इन्स्टिच्युटले गर्ने छन्। कांग्रेसले आसन्न स्थानीय र प्रदेशको निर्वाचनका लागि पार्टीको निर्वाचन ब्युरोलाई चुनावको आन्तरिक विश्लेषण र रणनीति बनाउने जिम्मा दिएको छ। उपसभापति पुष्पा भुसाल नेतृत्वको निर्वाचन ब्युरोले पार्टीको देशव्यापी निर्वाचन डेटाबेस निर्माण र निर्वाचन तयारीलाई तथ्याङ्क–आधारित र वैज्ञानिक बनाउने छ। ब्युरोले अहिले ७५३ स्थानीय तह, ६,७४३ वडा र ७ प्रदेशस्तरमा विस्तृत निर्वाचन योजना तयार गर्ने काम गरिरहेको छ। मतदाता र वस्तुस्थिति विश्लेषण गरी उम्मेदवार छनोट प्रणाली वैज्ञानिक र तथ्यपरक बनाउने जिम्मेवारी निर्वाचन ब्युरोको हुनेछ। यस्तै लिडरसिप एकेडेमीले नेतृत्व विकाससम्बन्धी पाठ्यक्रम बनाइरहेको छ। पौडेलका अनुसार लिडरसिप एकेडेमीले सार्वजनिक दायित्व निर्वाह गर्न जान चाहने (उम्मेदवार) व्यक्तिमा चाहिने न्यूनतम आधार तय गर्छ। नीति प्रतिष्ठानअन्तर्गत रहने लिडरसिप एकेडेमीमा चाँडै नेतृत्व चयन हुने छ। कांग्रेसले स्थानीय तहमा उम्मेदवार छनोट मापदण्डको मसौदा लेखिरहेको छ। ‘हाम्रो उम्मेदवार छनोटमा तीन वटा निकाय जोडिन्छन्। लिडरसिपका लागि हुनुपर्ने कुरामा लिडरसिप एकेडेमीले काम गर्छ,’ पौडेलले भने, ‘निर्वाचनको रणनीति सम्बन्धी काम निर्वाचन ब्युरोले गर्छ। गभर्नेन्स इन्स्टिच्युटले स्थानीय र प्रदेश सरकारमा जानुपूर्व र गइसकेपछि के गर्ने भन्ने तय गर्छ।’ कांग्रेसले स्थानीय तहमा निर्वाचित हुने आफ्ना जनप्रतिनिधिलाई नीति, बजेट तथा सुशासनमा गभर्नेन्स इन्स्टिच्युटले सहयोग गर्ने उनको भनाइ छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

आमा बनेपछि तौल बढेको भन्दै ट्रोल भएकी कटरिनाले तोडिन् मौनता
ताजा खबरJust now

आमा बनेपछि तौल बढेको भन्दै ट्रोल भएकी कटरिनाले तोडिन् मौनता

मुम्बई । अभिनेत्री कटरिना कैफले आमा बनेपछि आफ्नो शारीरिक परिवर्तन र बढेको तौललाई लिएर भइरहेको ट्रोलिङमाथि मौनता तोडेकी छन्। म्यागजिन ‘वोग इन्डिया’लाई दिएको अन्तर्वार्तामा उनले महिलाहरूमाथि आमा बनेलगत्तै पुरानै रूपमा फर्किनुपर्ने... ...

रातोपाटी
काजकिरिया गरिएका छोरा ६ महिनापछि टुप्लुक्क घर फर्किँदा....
ताजा खबरJust now

काजकिरिया गरिएका छोरा ६ महिनापछि टुप्लुक्क घर फर्किँदा....

विराटनगर । सडक दुर्घटनामा मृत्यु भएको भन्दै परिवारले आँसु बगाउँदै दागबत्ती दिए । विधिवत काजकिरिया गरे र दुर्घटना बिमाको रकमसमेत बुझे। तर, जसलाई मृत सम्झेर परिवारले अन्तिम बिदाइ गरेको थियो, उनी... ...

रातोपाटी
स्थानीय तहमा दलविहीन निर्वाचनको माग गर्दै माइतीघरमा प्रदर्शन
ताजा खबरJust now

स्थानीय तहमा दलविहीन निर्वाचनको माग गर्दै माइतीघरमा प्रदर्शन

स्थानीय तहलाई दलीय राजनीतिको प्रभावबाट मुक्त गराउनुपर्ने माग गर्दै ‘गैर दलीय स्थानीय तह अभियान नेपाल’ ले काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेको छ।  बिहीबार अभियानले ऐक्यबद्धता सभा पनि गरेको छ। स्थानीय सरकारको सञ्चालन र निर्णय प्रक्रियामा राजनीतिक दलहरूको हस्तक्षेप बढेको भन्दै अभियानले दबाब सिर्जना गर्न कार्यक्रम गरेको जनाएको छ।  स्थानीय त... ...

नेपालखबर
इरानमा आक्रमणको सम्भावनाबीच अमेरिकी सैन्य अधिकारी हटाइए
ताजा खबरJust now

इरानमा आक्रमणको सम्भावनाबीच अमेरिकी सैन्य अधिकारी हटाइए

वासिङ्टन, कात्तिक १२ गते । अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे विचार गरिरहेका बेला युद्धमन्त्री पीट हेग्सेथले पेन्टागनका वरिष्ठ योजना अधिकारी लेफ्टिनेन्ट जनरल ब्रेट स... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play