Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/‘स्ट्रेट अफ होर्मुज’ खोल्नेबारे इरानको सातदिने योजना, के हो अमेरिकी धारणा ?

‘स्ट्रेट अफ होर्मुज’ खोल्नेबारे इरानको सातदिने योजना, के हो अमेरिकी धारणा ?

10/18/2026, 9:10:56 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
‘स्ट्रेट अफ होर्मुज’ खोल्नेबारे इरानको सातदिने योजना, के हो अमेरिकी धारणा ?

काठमाडौं ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने योजना अझै छलफलका क्रममा रहेको इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले बताएका छन् । इराकको राजधानी बग्दादमा आयोजित इस्लामिक सहयोग सङ्गठन (ओआईसी) को विदेशमन्त्री परिषद्को ५२औं सत्रका क्रममा आइतबार इरानको सरकारी समाचार संस्था इर्नासँगको अन्तर्वार्तामा उनले उक्त जानकारी दिएका हुन् । अराघचीका अनुसार शत्रुतापूर्ण गतिविधि अन्त्य गर्न र ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले राखेका सर्त स्पष्ट छन् । ती सर्त समेटिएको सातदिने योजना अमेरिकासमक्ष प्रस्तुत गरिसकिएको उनले बताए । उनका अनुसार अमेरिकाले योजनाबारे आफ्नो धारणा प्रस्तुत गरिसकेको छ र त्यसको अहिले इरानले समीक्षा गरिरहेको छ । इरानको योजना अझै पनि छलफलको टेबुलमा छ”, अराघचीले भने । अमेरिकाले इरानका सर्त पूरा गरे छैटौं दिनमा ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोलिने र सातौं दिनमा वार्ता पुनः सुरु हुने उनको भनाइ छ । इरानका सर्त असाधारण नभएको उल्लेख गर्दै उनले ती सर्त शान्तिसम्बन्धी समझदारीपत्र (एमओयू) तथा अन्य वार्ताका क्रममा अमेरिकाले यसअघि नै स्वीकार गरेका प्रतिबद्धतासँग सम्बन्धित रहेको दाबी गरे । अराघचीले इरान कुनै पनि धम्कीका अगाडि नझुक्ने र आफ्नो रक्षा गर्न तयार रहेको बताए । यद्यपि उनले समस्या समाधानका लागि कूटनीतिक मार्ग अपनाउन पनि इरान इच्छुक रहेको स्पष्ट पारे । इजरायल र अमेरिकाले फेब्रुअरी २८ मा इरानको राजधानी तेहरानसहित अन्य सहरमा संयुक्त आक्रमण गरेका थिए । त्यसको जवाफमा इरानले इजरायल तथा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडा र सम्पत्तिलाई लक्षित गरी मिसाइल तथा ड्रोन आक्रमण गरेको थियो । साथै इरानले ‘स्ट्रेट अफ होर्मुज’मा आफ्नो नियन्त्रण थप कडा बनाएको थियो । युद्धरत पक्षहरूबीच अप्रिल ८ मा युद्धविराम भएको थियो । त्यसपछि जुन १८ मा इरान र अमेरिकाले यस क्षेत्रमा जारी युद्धलाई सबै मोर्चामा अन्त्य गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । उक्त समझदारीअनुसार इरानको आणविक कार्यक्रम र प्रतिबन्ध फुकुवासम्बन्धी विषयमा अन्तिम सहमतिमा पुग्न दुवै पक्षले ६० दिनभित्र वार्ता गर्ने तय गरेका थिए । उक्त समयसीमा अगस्ट १७ मा समाप्त भए पनि दुवै पक्ष सम्झौतामा पुग्न पर्याप्त प्रगति गर्न असफल भएका थिए । ‘स्ट्रेट अफ होर्मुज’ विश्वको प्रमुख ऊर्जा पारवहन मार्गमध्ये एक हो । यस क्षेत्रमा उत्पन्न तनावले अन्तर्राष्ट्रिय तेल आपूर्ति तथा विश्व ऊर्जा बजारमा असर पार्नसक्ने भएकाले होर्मुज पुनः खोल्ने विषयलाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
ताजा खबरJust now

दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

मुस्ताङ । यसपालिको दसैँको अवसरमा मुस्ताङ हुँदै रु ३५ करोड मूल्य बराबरका भेडा तथा च्याङ्ग्रा निकासी भएको छ । कृषि तथा पशु विकास कार्यालयका अनुसार यस वर्ष उक्त मूल्य बराबरका... ...

रातोपाटी
१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार
ताजा खबरJust now

१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार

काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ– १. कोशीका अर्बौँका गेमचेन्जर आयोजना कोशी प्रदेशका ‘गेमचेन्जर’ आयोजनामध्ये केही निर्माणको अन्तिम चरणमा... ...

रातोपाटी
बाढीमा बेपत्ता भएकाहरूको विवरण बुझाउन आग्रह
ताजा खबरJust now

बाढीमा बेपत्ता भएकाहरूको विवरण बुझाउन आग्रह

पर्सा । परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा परी बेपत्ता भएका व्यक्तिको आधिकारिक विवरण सङ्कलन तथा प्रमाणीकरणका लागि सम्बन्धित परिवारलाई निवेदन पेस गर्न आग्रह गरेको छ । बाढीमा बेपत्ता... ...

रातोपाटी
दसैंको अर्थशास्त्र
ताजा खबरJust now

दसैंको अर्थशास्त्र

दसैंमा भरिभराउ हुने घर–आँगन र चहलपहल हुने बस्तीको ठाउँमा सुनसान घर र रित्तिँदा गोठ देखिनु ग्रामीण अर्थतन्त्रको क्षयको प्रतीक बनेको छ। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play