Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

स्टेडियमबाट बाहिरिएको बल मोटरसाइकलमा गइरहेका यात्रुले समातेपछि सबै चकित

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्टेडियमबाट बाहिरिएको बल मोटरसाइकलमा गइरहेका यात्रुले समातेपछि सबै चकित
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । पाकिस्तानमा क्रिकेट खेलका क्रममा मोटरसाइकलमा सवार एक व्यक्तिले स्टेडियमबाहिरै एक हातले बल समातेपछि सामाजिक सञ्जालमा उनको चर्चा चुलिएको छ। ब्याटरले प्रहार गरेको बल बाउन्ड्री पार गर्दै सडकमा पुगेपछि मोटरसाइकलको पछाडि बसेका ती व्यक्तिले अविश्वसनीय तरिकाले बल समातेका हुन्। यो घटना पाकिस्तानको मिंगोरास्थित स्वात प्रिमियर लिगअन्तर्गत जीकेआर डिआर र स्वात स्ट्राइकर्सबीचको खेलमा भएको हो। प्रतियोगितामा टेप लगाइएको बल प्रयोग गरी १० ओभरका खेल सञ्चालन गरिन्छ। जीकेआर डिआरको ब्याटिङका क्रममा छैटौँ ओभरमा ब्याटरले शक्तिशाली प्रहार गरेपछि बल मैदानको सीमा पार गर्दै बाहिर सडकतर्फ पुगेको थियो। त्यही बेला सडकमा गुडिरहेको मोटरसाइकलको पछाडि बसेका व्यक्तिले बल समात्ने मौका पाए। उनले बायाँ हातले चालकको काँध समातेर सन्तुलन मिलाउँदै दायाँ हात फैलाएर एकैपटक बल नियन्त्रणमा लिए। उनको यो असाधारण क्याच देखेर मैदानमा उपस्थित दर्शकसमेत अचम्मित भएका थिए। केही दर्शक अविश्वासमा हेरिरहेका थिए भने एक समर्थक खुसीले उफ्रिँदै दुवै हात माथि उठाएर उत्सव मनाइरहेका देखिन्छन्। घटनाको भिडियो सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिएको छ। क्रिकेट समर्थकले यसलाई क्रिकेट इतिहासकै उत्कृष्ट क्याचमध्ये एक भन्दै प्रतिक्रिया दिएका छन्। एक दर्शकले यसलाई ‘क्रिकेट इतिहासकै महान् क्याच’ भनेका छन् भने अर्काले ‘एक अर्बमा एकपटक हुने घटना’ भन्दै टिप्पणी गरेका छन्। अस्ट्रेलियाली खेल पत्रकार तथा क्रिकेट समर्थक एन्ड्र्यु म्याककोर्म्याकले पनि यस घटनालाई खेलकुदमा देखिएका सबैभन्दा असाधारण घटनामध्येको एक बताएका छन्। उनले बल प्रहार हुने समय, मोटरसाइकलको उपस्थिति र यात्रुले एक हातले बल समात्न सफल भएको संयोगलाई अविश्वसनीय भनेका छन्। स्वात प्रिमियर लिगका आयोजकले पछि ती व्यक्तिको पहिचान पत्ता लगाएका थिए। तर उनले आफ्नो नाम सार्वजनिक गर्न चाहेनन्। आयोजकले उनको साहस र उत्कृष्ट प्रतिक्रियाको सम्मान गर्दै नगद पुरस्कारसमेत दिएका छन्। क्याचबारे ती व्यक्तिले आफू क्रिकेटमा रुचि राख्ने र बल आउँदै गरेको देखेपछि मोटरसाइकल चालकलाई टाउको झुकाउन भन्दै आफूले बल समात्ने बताएको जानकारी दिएका छन्। उनले यो सबै भगवान्को कृपाले सम्भव भएको प्रतिक्रिया दिएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
उदीयमान क्षेत्रमा लगानीका सम्भावना खोज्न मन्त्री साहको आग्रह
Latest NewsJust now

उदीयमान क्षेत्रमा लगानीका सम्भावना खोज्न मन्त्री साहको आग्रह

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले वर्तमान सरकार पारदर्शीता, नीतिगत स्थिरता र आपसी विश्वासमा आधारित लगानीमैत्री वातावरण बनाउनका लागि निजी क्षेत्रसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताएका छन् । नेपाल... ...

रातोपाटी
पवित्र उद्यान क्षेत्रमा मुण्डन संस्कारलाई व्यवस्थित बनाउन कोषको पहल
Latest NewsJust now

पवित्र उद्यान क्षेत्रमा मुण्डन संस्कारलाई व्यवस्थित बनाउन कोषको पहल

काठमाडौँ। लुम्बिनी गुरुयोजनाअन्तर्गतको पवित्र उद्यान क्षेत्र संरक्षित स्मारक क्षेत्रभित्र पर्ने भएकाले यस क्षेत्रमा विकास निर्माणका कार्य गर्दा निर्धारित प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। मायादेवी मन्दिरको छेउमा स्थानीय समुदायमा प्रचलित मुण्डन संस्कारलाई व्यवस्थित र सहज बनाउन छुट्याइएको स्थानसम्म पुग्ने बाटो तथा पार्किङ निर्माणमा भएको ढिलाइबारे लुम्बिनी विकास कोषका सदस्य सचिव इ. सन्तोष पाण्डेयले सम्बन्धित पक्षसँग जानकारी लिएका छन्। उक्त बाटो तथा पार्किङ निर्माण कार्य ...

नेपालन्युज
मायाको आवरणमा नियन्त्रण : सम्बन्धमा देखिने यी ७ खतराका सङ्केत
Latest NewsJust now

मायाको आवरणमा नियन्त्रण : सम्बन्धमा देखिने यी ७ खतराका सङ्केत

काठमाडौँ । सम्बन्धमा प्रेमसँगै थोरै चिन्ता र एकअर्काको चासो हुनु राम्रो कुरा हो। तर, जब साथीको त्यही चिन्ता बिस्तारै तपाईंको स्वतन्त्रता खोस्ने माध्यम बन्न पुग्छ, तब अवस्था कस्तो होला? कोसँग बोल्ने,... ...

रातोपाटी
महेशराज पन्तको पुस्तक ‘राणा’ लोकार्पण
Latest NewsJust now

महेशराज पन्तको पुस्तक ‘राणा’ लोकार्पण

काठमाडौं । केहि दिन अघि नेपालयको आरशालामा इतिहासमा रुचि राख्नेहरुको बेग्लै चहलपहल थियो । कारण, इतिहासकार महेशराज पन्त आफ्नो पुस्तक सार्वजनिक कार्यक्रममा पहिलोपटक सहभागी हुँदै थिए । आफ्नो २२औँ पुस्तक ‘राणाः काल, कर्ता र किताब’को सार्वजनिक विमोचन हुँदै गरेको यो पहिलो घटना थियो । इतिहासकारद्वय महेशराज पन्त र दिनेशराज पन्तलाई प्रत्यक्ष सुन्ने उत्साहमा बौद्धिक वृत्त आरशालामा भेला भएका थिए । लोकार्पण कार्यक्रममा ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement