Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/स्क्रिनमा समस्या देखिएका आइफोन डुओ साटिदिने एप्पलको घोषणा

स्क्रिनमा समस्या देखिएका आइफोन डुओ साटिदिने एप्पलको घोषणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्क्रिनमा समस्या देखिएका आइफोन डुओ साटिदिने एप्पलको घोषणा

पहिलो फोल्ड हुने आइफोन बजारमा ल्याएको केही दिनमै एप्पलले सोमबार आफ्ना केही उपकरणमा स्क्रिनसम्बन्धी समस्या देखिएको स्वीकार गरेको छ। कम्पनीले समस्या देखिएका उपकरण साटिदिने जनाएको छ। एप्पलले गत साता आइफोन डुओको बिक्री सुरु गरेको थियो। अनलाइनबाट गरिएका प्रारम्भिक अर्डर केही मिनेटमै सकिएपछि विश्वभरका ग्राहक सीमित मौज्दातमा रहेका फोन किन्न पसलहरूमा लाइन लागेका थिए। आइफोन डुओ पासपोर्टको पुस्तिकाजस्तै खुल्ने भएकाले यसको उत्पादन जटिल रहेको र कम्पनीले आपूर्ति सीमितताको सामना गर्नुपर्ने विश्लेषकहरूले बताएका छन्। सप्ताहन्तमा सामाजिक सञ्जालमा आइफोन डुओको भित्री स्क्रिनमा चिरा परेको र धर्साहरू देखिएको तस्बिर तथा पोस्टहरू सार्वजनिक भएका थिए। फोन फोल्ड हुने बीचको हिन्ज अर्थात् जोर्नीको भागमा यस्तो समस्या देखिएको थियो। रोयटर्सका अनुसार एप्पलले सोमबार समस्यालाई स्वीकार गर्दै प्रभावित उपकरणमा छिट्टै समस्या देखिने गरेको जनाएको छ। एप्पलले एक विज्ञप्तिमा भनेको छ, “हामीलाई थोरै संख्यामा आइफोन डुओका उपकरणको भित्री स्क्रिनमा समस्या देखिएको जानकारी छ। आफ्नो आइफोन डुओको स्क्रिनमा समस्या अनुभव गर्ने प्रयोगकर्ताले उपकरण साट्नका लागि एप्पलकेयरमा सम्पर्क गर्नुपर्छ।” कम्पनीले उक्त समस्या के कारणले उत्पन्न भएको हुन सक्छ भन्ने विषयमा कुनै टिप्पणी गरेको छैन। इलेक्ट्रोनिक उपकरण खोलेर त्यसको आन्तरिक संरचनाबारे प्रतिवेदन प्रकाशित गर्ने र मर्मतसम्बन्धी मार्गदर्शन उपलब्ध गराउने कम्पनी आइफिक्सिटले आइफोन डुओको हिन्जको त्रिआयामिक नमुना तयार पारेको जनाएको छ। यसका लागि कम्पनीले उपकरण खोलेर खिचिएका भिडियो, पेटेन्टसम्बन्धी विवरण र कम्प्युटेड टोमोग्राफी (सीटी) स्क्यान प्रयोग गरेको थियो। त्यसपछि उक्त नमुनालाई स्क्रिनमा क्षति देखिएको स्थानसँग तुलना गरिएको थियो। आइफिक्सिटका अनुसार नमुनामा गरिएको परीक्षणले स्क्रिनमुनि बीचको सहारा दिने बारनजिक डिस्प्ले केबल रहेको स्थानको ठीक तल क्षति केन्द्रित भएको देखाएको छ। फोन फोल्ड गर्दा उक्त बार स्क्रिनको बाटोबाट पर्याप्त रूपमा नहट्ने सम्भावना रहेको कम्पनीले जनाएको छ। यसले क्षति देखिएको स्थाननजिक स्क्रिनमा दबाब केन्द्रित हुने अवस्था सिर्जना गर्न सक्ने आइफिक्सिटले बताएको छ। आइफिक्सिटको निष्कर्षबारे एप्पलले तत्काल कुनै प्रतिक्रिया दिएको छैन। यद्यपि, आइफिक्सिटले आफूले परीक्षण गरेका फोल्ड हुने फोनमध्ये आइफोन डुओ मर्मत गर्न सबैभन्दा सहज रहेको निष्कर्ष पनि निकालेको छ। बजार अनुसन्धान कम्पनी आईडीसीका उपाध्यक्ष फ्रान्सिस्को जेरोनिमोले समस्या देखिएका फोन तत्काल साटिदिने एप्पलको प्रस्तावलाई समस्याको सामना गर्ने दिशामा सही पहिलो कदम भनेका छन्। जेरोनिमोले भने, “सन् २०१९ मा सामसङको पहिलो ग्यालेक्सी फोल्डमा समस्या देखिएको घटना हामी सबैलाई याद छ। तर, त्यस घटनाले छिटो र पारदर्शी प्रतिक्रिया दिएमा कुनै उत्पादनको क्षेत्रमा परेको क्षतिलाई सीमित गर्न सकिन्छ भन्ने पनि देखाएको थियो।” The post स्क्रिनमा समस्या देखिएका आइफोन डुओ साटिदिने एप्पलको घोषणा appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

स्वीडेनमा सरकारी कम्युटरमा च्याटजीपीटि र क्लाउड प्रयोगमा प्रतिबन्ध
प्रविधिJust now

स्वीडेनमा सरकारी कम्युटरमा च्याटजीपीटि र क्लाउड प्रयोगमा प्रतिबन्ध

स्वीडेन सरकारले सुरक्षा तथा संवेदनशील तथ्यांकको प्रशोधन सम्बन्धी चिन्ताका कारण ब्राउजरमार्फत च्याटजीपीटि र क्लाउड प्रयोग गर्न नपाउने व्यवस्था गरेको छ। सरकारी सूचनाको सुरक्षा बलियो बनाउने उदेश्उ सहित अक्टोबर २६ देखि यो प्रतिबन्ध लागू गरिएको हो। यस अघि स्वीडेनको यातायात प्रशासनका कर्मचारीले कृत्रिम बुद्धिमत्ता प्रयोग गर्ने विषयमा गरिएको समीक्षापछि सरकारले यस्तो निर्णय लिएको हो। सरकारी कामका समयमा एआई प्लेटफर्महरुको प्रयोगमा केही ‘समस्याग्रस्त’ ...

टेक्नोलोजी खबर
एनभिडियाले मेटामा ३ अर्ब डलर लगानी गर्ने
प्रविधिJust now

एनभिडियाले मेटामा ३ अर्ब डलर लगानी गर्ने

एनभिडिया र मेटाले कृत्रिम बुद्धिमत्ता (एआई) सहायक तथा सम्बन्धित मोडलको विकासमा सहकार्य विस्तार गर्ने भएका छन्। मंगलबार दुवै कम्पनीले साझेदारी गहिरो बनाउने घोषणा गरेका हुन्। यसअन्तर्गत एनभिडियाले मेटाको सेयर निष्कासनमा ३ अर्ब डलर लगानी गर्नेछ। मेटाका ‘म्युज’ एआई मोडल तथा एजेन्टहरू एनभिडियाको पूर्वाधारमा सञ्चालन हुँदै आएका छन्। अब दुवै कम्पनीले ती मोडलको कार्यक्षमता बढाउन र सञ्चालन लागत घटाउन थप सहकार्य गर्नेछन्। मेटाका ...

टेक्नोलोजी खबर
एआई विस्तारसँगै बाइटडान्सका संस्थापक झाङ बने चीनको सबैभन्दा धनी व्यक्ति
प्रविधिJust now

एआई विस्तारसँगै बाइटडान्सका संस्थापक झाङ बने चीनको सबैभन्दा धनी व्यक्ति

बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन्। हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी भने दबाबमा रहेको देखाएको छ। हुरुनका अनुसार पाँच अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या गत वर्षको तुलनामा ६.६ प्रतिशतले बढेर एक हजार ५२९ पुगेको छ। अमेरिकी डलरमा आधारित ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play