एआई विस्तारसँगै बाइटडान्सका संस्थापक झाङ बने चीनको सबैभन्दा धनी व्यक्ति

बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन्। हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी भने दबाबमा रहेको देखाएको छ। हुरुनका अनुसार पाँच अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या गत वर्षको तुलनामा ६.६ प्रतिशतले बढेर एक हजार ५२९ पुगेको छ। अमेरिकी डलरमा आधारित गणनाअनुसार अर्बपतिको सङ्ख्या पनि १५५ ले बढेर एक हजार १७६ पुगेको छ। हुरुनका अध्यक्ष रुपर्ट हुगेवर्फका अनुसार सूचीमा रहेका १६० जना अर्थात् करिब १० प्रतिशतले एआईबाट सम्पत्ति आर्जन गरेका छन्। बाइटडान्सको ‘डुबाओ’ चीनमा सबैभन्दा बढी प्रयोग हुने एआई सहायक बनेको छ। यही कम्पनी लोकप्रिय छोटो भिडियो मञ्च डुइन र टिकटकको पनि सञ्चालक हो। बोतलको पानीका व्यवसायी झोङ सानसानको सम्पत्ति २३ प्रतिशत घटेर ६१ अर्ब अमेरिकी डलरमा सीमित भएपछि उनी दोस्रो स्थानमा झरेका छन्। विद्युतीय सवारीसाधनका लागि ब्याट्री उत्पादन गर्ने विश्वकै ठूलो कम्पनीका प्रमुख रोबिन जेङ तेस्रो स्थानमा छन्। एआई कम्पनी डीपसिकका संस्थापक लियाङ वेनफेङ सातौँ र एआई चिप निर्माता क्याम्ब्रिकनका अध्यक्ष चेन तियान्सी दसौँ स्थानमा रहेका छन्। एआई, अर्धचालक र रोबोटिक्स क्षेत्रका उद्यमीको सम्पत्ति बढे पनि उपभोक्ता र घरजग्गा क्षेत्रका व्यवसायीको सम्पत्ति घटेको हुरुनले जनाएको छ। चिनियाँ विद्युतीय सामग्री निर्माता साओमीका अध्यक्ष लेइ जुनको सम्पत्ति आधा घटेर २५ अर्ब १० करोड अमेरिकी डलरमा झरेको छ। पहिलोपटक चीनको मुख्यभूमिमा आधारित कुनै पनि रियलस्टेट डेभलपर शीर्ष १०० धनीको सूचीमा परेका छैनन्। सरकारी सहयोगका कारण एआई र विद्युतीय सवारीसाधन उद्योग विस्तार भइरहेका बेला उपभोक्ताले खर्च घटाउँदा साना व्यवसाय प्रभावित भएका छन्। घरजग्गा बजारको लामो मन्दीले पनि आन्तरिक माग कमजोर बनाएको छ। चीनको अर्थतन्त्र जुलाईदेखि सेप्टेम्बरसम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.५ प्रतिशतले बढेको थियो। चीनले यस वर्ष ४.५ देखि पाँच प्रतिशतसम्म आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ। यो गत वर्षको पाँच प्रतिशत वृद्धिभन्दा केही कम हो। रासस/एपी The post एआई विस्तारसँगै बाइटडान्सका संस्थापक झाङ बने चीनको सबैभन्दा धनी व्यक्ति appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

एनभिडियाले मेटामा ३ अर्ब डलर लगानी गर्ने
एनभिडिया र मेटाले कृत्रिम बुद्धिमत्ता (एआई) सहायक तथा सम्बन्धित मोडलको विकासमा सहकार्य विस्तार गर्ने भएका छन्। मंगलबार दुवै कम्पनीले साझेदारी गहिरो बनाउने घोषणा गरेका हुन्। यसअन्तर्गत एनभिडियाले मेटाको सेयर निष्कासनमा ३ अर्ब डलर लगानी गर्नेछ। मेटाका ‘म्युज’ एआई मोडल तथा एजेन्टहरू एनभिडियाको पूर्वाधारमा सञ्चालन हुँदै आएका छन्। अब दुवै कम्पनीले ती मोडलको कार्यक्षमता बढाउन र सञ्चालन लागत घटाउन थप सहकार्य गर्नेछन्। मेटाका ...

एनपीएल क्रिकेट: कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले हरायो
१० कात्तिक, काठमाडौं। नेपाल प्रिमियर लिग (NPL) तेस्रो संस्करण अन्तर्गत कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले हराउँदै महत्त्वपूर्ण जित हात पारेको छ। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको दाेस्राे खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले हराएको छ। जितका लागि पाएकाे १३३ रनकाे लक्ष्य पछ्याएकाे जनकपुरले १९.३ ओभरमा ११३ रन मात्रै बनाउन सक्याे। जसमा […] The ...

Royal Enfield Classic 350 जित्ने अवसर: इनड्राइभको प्लाटिनम गिभअवे क्याम्पेन सुरु
१० कात्तिक, काठमाडौं। इनड्राइभको ‘इनड्राइभ प्लाटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरु, ड्राइभर पार्टनर्सलाई रोयल इन्फिल्डदेखि इ– स्कुटरसम्म जित्ने अवसर चार हप्तासम्म सञ्चालन हुने क्याम्पेनमा साप्ताहिक रूपमा आकर्षक पुरस्कार जित्ने अवसर, बम्पर उपहारमा रोयल इन्फिल्ड क्लासिक ३५० मोटरसाइकल विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले काठमाडौंमा सक्रिय ड्राइभर पार्टनर्सहरूको मेहनत, समर्पण र उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै ‘‘इनड्राइभ प्लाटिनम […] The post Royal Enfield ...


