Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/स्कुल बस दुर्घटनाले माझठानामा आएन दसैं

स्कुल बस दुर्घटनाले माझठानामा आएन दसैं

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्कुल बस दुर्घटनाले माझठानामा आएन दसैं

कास्की।वर्षमा एक पटक आउने दसैंमा सबैका घरमा टीका र जमराको रौनक छाउँछ। आफन्तको जमघट, घरघरमा टीका लगाउने चहलपहल र गाउँभरि लिङ्गे पिङको उल्लास दसैंका विशेषता हुन्। तर, यस वर्ष पोखरा महानगरपालिका–२८ स्थित माझठानामा दसैंले खुसी ल्याउन सकेन। न घरघरमा टीका लाग्यो, न गाउँमा लिङ्गे पिङको रौनक देखियो। असोज २३ गते बिहान भएको स्कुल बस दुर्घटनाले गाउँलाई शोकमा डुबायो। दुर्घटनामा गम्भीर घाइते भएकी १६ वर्षीया अस्मि कँडेलको टीकाको अघिल्लो दिन उपचारका क्रममा काठमाडौंमा मृत्यु भयो। टीकाकै दिन उनको शव घर ल्याइ पुर्‍याउँदा गाउँको पीडा झन् गहिरियो। घटस्थापनाको दुई दिनअघि भएको उक्त दुर्घटनाले माझठानावासीलाई स्तब्ध बनाएको थियो। सौर्य माझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको कालिका बोर्डिङ स्कुलको बस ओख्लेभीरमा दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका थिए भने १३ जना विद्यार्थी घाइते भएका थिए। आफ्ना सन्तान तथा आफन्त गुमाउनु परेको पीडा र घाइते बालबालिकाको अवस्थाका कारण गाउँलेलाई यस वर्ष दसैं मनाउन मन लागेन। पोखरा महानगरपालिका–२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेका अनुसार गाउँका सबै टोलले सामूहिक निर्णय गरी यस वर्ष दसैंको टीका नलगाउने निर्णय गरेका थिए। दुर्घटनामा घाइते भएर उपचार गराइरहेकी विद्यार्थीको शव टीकाकै दिन घर ल्याइपुर्‍याउँदा गाउँमा थप सन्नाटा छाएको उनले बताए । “यस्तो कहालीलाग्दो घटना यसअघि कहिल्यै भएको थिएन। चाडपर्वको मुखमा भएको दुःखद घटनाले कसैलाई पनि दसैं मनाउने मन भएन। कसैले आफ्ना बालबालिका गुमाउनु परेको छ भने कतिपय टोलका बालबालिका दुर्घटनामा घाइते भएका छन्। यस्तो पीडाको अवस्थामा गाउँलेले टीका मात्र नलगाउने निर्णय गरेनन्, टोलटोलमा राखिने लिङ्गे पिङ पनि राखिएनन् र शुभकामना आदानप्रदानका कुनै कार्यक्रम भएनन्,” वडाध्यक्ष लामिछानेले भने। दसैंका दिन सधैँ चहलपहल हुने राखी–मिजुरे सडक समेत यस पटक सुनसान रह्यो। विगतका वर्षमा दसैंको टीका लगाउन र आफन्त भेट्न आउनेजानेको भीड लाग्ने माझठानामा यस वर्ष न पर्वको उमङ्ग देखियो, न उत्सवको चहलपहल। गाउँका सडकदेखि बस्ती समेत सुनसान बने।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

कम्दीघाटस्थित राप्ती नदीमा करिब चार सय मूर्ति विसर्जन
ताजा खबरJust now

कम्दीघाटस्थित राप्ती नदीमा करिब चार सय मूर्ति विसर्जन

बाँकेमा बडादसैँका लागि विभिन्न स्थानमा स्थापना गरिएका दुर्गा भगवतीका मूर्ति बिहीबार एकादशीका दिन नगर परिक्रमापश्चात् विसर्जन गरिएको छ । ...

कान्तिपुर
अम्बे स्टिलमा आगलागी, फर्नेस आयलको ट्यांकीमा क्षति
ताजा खबरJust now

अम्बे स्टिलमा आगलागी, फर्नेस आयलको ट्यांकीमा क्षति

फलाम उद्योगमा प्रयोग हुने फर्नेस आयलको ट्यांकीमा विद्युत् लाइन सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । ...

कान्तिपुर
अचानक शुक्रबार भारत भ्रमणमा जाँदै रवि लामिछाने
ताजा खबरJust now

अचानक शुक्रबार भारत भ्रमणमा जाँदै रवि लामिछाने

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बिहीबार भारत भ्रमणमा जाने भएका छन्। लामिछानेको निजी सचिवालयका अनुसार उनले शुक्रबार कात्तिक ६ देखि तीन दिनसम्म भारत भ्रमण गर्ने भएका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेज्यू भोलि मिति २०८३ कार्तिक ६ गतेदेखि तीन दिने निजी... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play