स्कुटर ५० मिटर तल खस्दा आमाको मृत्यु, छोरी सकुशल

स्याङ्जा।स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खसेर दुर्घटना हुँदा महिला चालकको मृत्यु भएको छ। आज दिउँसो २ः३० बजेको समयमा राङखोला–बिरुवा सडक खण्डको बिरुवा–३ ठाँटीमा स्कुटर अनियन्त्रित भई सोही गाउँपालिकाकी ३९ वर्षीया रेवती गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए। उनका अनुसार ग२६प १३५० नम्बरको स्कुटर चालकले नियन्त्रण गुमाउँदा सडकबाट झण्डै ५० मिटर तल खसेको थियो। स्कुटरको पछाडि सवार मृतककी छोरी १६ वर्षीया गुञ्जन गुरुङ सकुसल छिन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जा र ट्राफिक प्रहरीको टोली घटनास्थलमा पुगेको छ। दुर्घटना भएको स्थलमा प्रहरी पुगेसँगै सडक सञ्चालन भएको छ। सो घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान थालेको सूचना अधिकारी अवस्थीले जानकारी दिए।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

नख्खु कारागारबाट फरार कैदीबन्दी पक्राउ
काठमाडाैँ । जेनजी आन्दोलनका क्रममा ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका एक कैदीलाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ। चोरी मुद्दामा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय भई नख्खु कारागारमा... ...

मापदण्ड विपरीत घर बनाए १० लाख जरिबाना, स्मार्ट घर बनाउनेलाई सहुलियत ऋण
काठमाडौँ। नेपालमा तीव्र गतिमा भइरहेको अव्यवस्थित सहरीकरण, मापदण्ड विपरीतका संरचना निर्माण र भूकम्पीय जोखिमलाई नियन्त्रण गर्न सरकारले नयाँ नीति अघि सारेको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालद्वारा सङ्घीय संसद्मा दर्ता गरिएको... ...

बौद्धिकलाई जिल पारिरहेका बालेन
१८ असोजमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन गर्दै सभापति गगन थापाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई संसद्मा उपस्थित भएर जवाफ दिन आग्रह गरे। संसद्भित्र पनि खुलामञ्च आवश्यक रहेको उनको तर्क थियो। खुलामञ्चको अर्थ केवल राजनीतिक सभा हुने ठाउँ होइन, प्रश्न सोध्न र असहमति राख्न पाइने सार्वजनिक थलो भएको उनले बताए। प्रधानमन्त्री संसद्मा उपस्थित नभएसम्म संसद् पूर्ण रूपमा खुला नहुने उनको भनाइ ...

बालेनलाई स्थानीय चुनावसम्म मात्रै उपयोग गर्ने रविको रणनीति : प्रभु साह
• आजपा अध्यक्ष प्रभु साहले रास्वपाको कोर टिमले प्रधानमन्त्री बालेन्द्र शाहलाई असफल बनाउन षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्। • उनले रास्वपाका नेता रवि लामिछाने र अर्थमन्त्री स्वर्णिम वाग्लेको भारत भ्रमणलाई शंकाको दृष्टिले हेरिनुपर्ने बताएका छन्। • साहले रास्वपाको पार्टी चुनावमुखी भएको र देशको बारेमा चिन्ता नगर्ने आरोप लगाउँदै घण्टी कार्यकर्ताहरूको व्यवहारप्रति पनि टिप्पणी गरेका छन्। ...


