स्कुटरले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

उदयपुर । उदयपुरमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ। गएराति पौने ९ बजेतिर त्रियुगा नगरपालिका–११ संगम टोलमा इनार चोकबाट पिपलचोकतर्फ आउँदै गरेको प्र.३–०२–०१२ प ४८२२ नम्बरको स्कुटरले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय अन्दाजी ५२ वर्षका राम बहादुर कार्की छन्। ठक्करबाट गम्भीर घाइते भएका कार्कीलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल, उदयपुर लगिएको थियो। उपचारको क्रममा राति सवा ९ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि सोही अस्पतालको शवगृहमा राखिएको छ। दुर्घटनामा संलग्न स्कुटर चालक त्रियुगा नगरपालिका–११ ढिम्की बस्ने अन्दाजी २३ वर्षका दिलिप केसीलाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

२४ घण्टामा काठमाडौँमा ४७० सवारी चालकमाथि कारबाही
काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ४७० सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी नियम उल्लङ्घन गर्ने ४७० सवारीसाधनका चालक कारबाहीमा परेका हुन्। कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९९, सिसी क्यामरामार्फत ४० र रा... ...

म्यानमामा एक्सप्रेस बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १२ घाइते
याङगुन।म्यानमाको मन्डाले क्षेत्रमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। म्यानमाको अग्नि सेवा विभागका अनुसार ब्रेक फेल भएको एक्सप्रेस बस विपरीत दिशाबाट आइरहेको भ्यानसँग ठोक्किएपछि सडकबाट करिब ५० फिट गहिरो खोल्सामा खसेको थियो। विभागका अनुसार स्थानीय समयअनुसार शनिबार साँझ करिब ६ः०५ बजे पिन ओ ल्विन–मन्डाले सडक खण्डको ओरालोमा दुर्घटना भएको हो। पिन ...

असोजमा झन्डै ६ अर्ब रुपैयाँको विद्युत् निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
बाढीले केही आयोजना बन्द गराए पनि द्विपक्षीय सम्झौता र भारतीय ऊर्जा बजारमार्फत निर्यात कारोबार बढेको हो। ...



