Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/सौर्य उपकरण उत्पादन गर्ने प्रविधिको निर्यातमा नियन्त्रण गर्ने चीनको प्रस्ताव

सौर्य उपकरण उत्पादन गर्ने प्रविधिको निर्यातमा नियन्त्रण गर्ने चीनको प्रस्ताव

Share:WhatsAppFacebookX (Twitter)Telegram
सौर्य उपकरण उत्पादन गर्ने प्रविधिको निर्यातमा नियन्त्रण गर्ने चीनको प्रस्ताव

चीनले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै सौर्य उपकरण उत्पादनमा प्रयोग हुने १२ वटा प्रविधिको निर्यातमा नियन्त्रण गर्ने प्रस्ताव ल्याएको छ। यो कृत्रिम बुद्धिमता र जैवप्रविधिसमेत समेटिएको व्यापक संशोधनको एक हिस्सा हो। चीनको वाणिज्य मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा फोटोभोल्टिक प्रविधिलाई देशको निर्यात नियन्त्रण सूचीमा थप्ने प्रस्ताव गरिएको जनाएको छ। सौर्य प्रविधि अन्तरिक्ष तथा राष्ट्रिय रक्षाजस्ता संवेदनशील क्षेत्रमा बढ्दो रूपमा प्रयोग हुन थालेकाले यसको निगरानी थप आवश्यक भएको मन्त्रालयले बताएको छ। रोयटर्सले अप्रिलमा जनाएअनुसार चिनियाँ अधिकारीहरूले उन्नत सौर्य प्यानल उत्पादन प्रविधिको निर्यातमा सम्भावित नियन्त्रणबारे उत्पादकहरूसँग प्रारम्भिक छलफल गरेका थिए। यस कदमले अमेरिकामा उत्पादन विस्तार गर्ने टेस्लाजस्ता कम्पनीको योजनामा असर पार्न सक्छ। चीनले भारतमा पनि सौर्य उपकरण उत्पादनसम्बन्धी प्रविधिको निर्यातमा नियन्त्रण गरेको रोयटर्सले जनाएको छ। विश्लेषकहरूका अनुसार भारतले आफ्नै उत्पादन क्षमता बढाउँदै चीनमाथिको निर्भरता घटाउन खोजिरहेका बेला चीनले सौर्य प्रविधिमा आफ्नो प्रभुत्व कायम राख्न खोजिरहेको छ। चीनको वाणिज्य मन्त्रालयले भनेको छ, “प्रविधि नियन्त्रणबाहिर जाने वा अनुचित रूपमा प्रसार हुने जोखिम रोक्नुका साथै विज्ञान तथा प्रविधिको क्षेत्रमा हुने सामान्य अन्तर्राष्ट्रिय आदानप्रदान र सहकार्यलाई सुरक्षित राख्नु निर्यात नियन्त्रणको उद्देश्य हो।” निर्यात नियन्त्रणसम्बन्धी सूची औपचारिक रूपमा अद्यावधिक नभएसम्म निर्यातकर्ताले निश्चित प्रविधि विदेशमा हस्तान्तरण गर्दा त्यसको दर्ता गराउनुपर्नेछ। यस प्रस्तावमाथि सार्वजनिक राय दिने समयसीमा नोभेम्बर १५ सम्म तोकिएको छ। चीनले केही पातला वेफर, पेरोभ्स्काइट र ट्यान्डम सोलार सेल तथा ठूलो परिमाणमा फ्लुइडाइज्ड-बेड प्रविधिबाट पोलिसिलिकन उत्पादन गर्न प्रयोग हुने प्रविधिको निर्यातमा प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ। पेरोभ्स्काइट सौर्य प्रविधिको विकास भइरहेको एउटा प्रकार हो, जसले सूर्यको प्रकाशलाई विद्युत्मा रूपान्तरण गर्ने क्षमता बढाउन सक्छ। ट्यान्डम सोलार सेलमा पेरोभ्स्काइट र सिलिकनका तहहरू प्रयोग गरिन्छ, जसले सूर्यको प्रकाशको बढी हिस्सा उपयोग गर्न मद्दत गर्छ। सौर्य प्यानल उत्पादनको प्रमुख कच्चा पदार्थ पोलिसिलिकन उत्पादन गर्न प्रयोग हुने फ्लुइडाइज्ड-बेड प्रविधि प्रचलित सिमेन्स प्रक्रियाभन्दा सस्तो र ऊर्जा-कुशल छ। चीनले टोपकन, एचजेटी र एक्सबीसी लगायतका उन्नत सौर्य सेल उत्पादन प्रविधिको निर्यातमा पनि नियन्त्रण गर्ने प्रस्ताव गरेको छ। तर, यी प्रविधिको निर्यातमा पूर्ण प्रतिबन्ध लगाउने प्रस्ताव भने गरिएको छैन। The post सौर्य उपकरण उत्पादन गर्ने प्रविधिको निर्यातमा नियन्त्रण गर्ने चीनको प्रस्ताव appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

डिगोसँगको साझेदारीमा जिओहटस्टार नेपाली बजारमा प्रवेश, विशेष लञ्च मूल्य प्रतिमहिना २४९ रुपैयाँबाट सुरु
प्रविधिJust now

डिगोसँगको साझेदारीमा जिओहटस्टार नेपाली बजारमा प्रवेश, विशेष लञ्च मूल्य प्रतिमहिना २४९ रुपैयाँबाट सुरु

ओटीटी प्लेटफर्म डिगोले जिओहटस्टारसँग साझेदारी घोषणा गर्दै जिओहटस्टारका सामग्रीहरूको प्रस्तुति थालेको छ। दक्षिण एसियाली समुदायको ठूलो हिस्सा रहेको मध्यपूर्व र उत्तर अफ्रिकामा प्रवेश गरेको केही साताभित्रै, डिगोमार्फत नेपाल प्रवेश गर्दै जिओहटस्टारले आफ्नो विश्वव्यापी विस्तारलाई निरन्तरता दिएको हो। यो साझेदारीले डिगो भित्रै ब्लकबस्टर चलचित्रहरू, ओरिजिनलहरू, दैनिक टेलिभिजन, रियालिटी फ्रान्चाइजहरू र बालबालिकाका सामग्रीहरू समेटिएको एक समर्पित जिओहटस्टार (JioHotstar) प्लेटफर्म सिर्जना गरेको कम्पनीले जानकारी ...

टेक्नोलोजी खबर
गुगलको नयाँ सुविधा : एआई स्टुडियोबाट बनाएका एन्ड्रोइड एप नि:शुल्क प्ले स्टोरमा राख्न सकिने
प्रविधिJust now

गुगलको नयाँ सुविधा : एआई स्टुडियोबाट बनाएका एन्ड्रोइड एप नि:शुल्क प्ले स्टोरमा राख्न सकिने

काठमाडौं । गुगलले एआई स्टुडियोमार्फत तयार पारिएका एन्ड्रोइड एप गुगल प्ले स्टोरमा प्रकाशित गर्न सहज बनाउने नयाँ व्यवस्था ल्याउने भएको छ । यसअन्तर्गत १८ वर्षभन्दा माथिका गुगल खाता भएका प्रयोगकर्ताले सशुल्क विकासकर्ता खाता नलिईकनै आफ्ना एप निजी रूपमा सूचीबद्ध गर्न सक्नेछन् ।ब्लूमबर्गका अनुसार, यो सुविधा गुगल एआई स्टुडियोमा निर्माण गरिएका एपका लागि उपलब्ध हुनेछ । यस्ता एप गुगल प्ले स्टोरमा ...

आइसिटी समाचार
एनटी फाइबरमा ग्राहकको आकर्षण बढ्यो, जडानको माग र गुनासो अनलाइनबाटै गर्न सकिने
प्रविधिJust now

एनटी फाइबरमा ग्राहकको आकर्षण बढ्यो, जडानको माग र गुनासो अनलाइनबाटै गर्न सकिने

काठमाडौं । नेपाल टेलिकमले एनटी फाइबरमा ल्याएको विशेष अफरप्रति ग्राहकको आकर्षण बढेको जनाएको छ । फाइबर टु द होम (एफटीटीएच) प्रविधिमा आधारित यो सेवाको नयाँ जडानका लागि सम्पर्क गर्ने ग्राहकको सङ्ख्या बढेपछि कम्पनीले सम्पर्क नम्बरको क्षमता समेत विस्तार गरेको छ ।नेपाल टेलिकमका अनुसार एनटी फाइबरसम्बन्धी जानकारी लिन तथा नयाँ लाइन जडानका लागि अनुरोध गर्न १९८ नम्बरमा सम्पर्क गर्न सकिन्छ । ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play