सेल्फीडाँडामा माइक्रोबस दुर्घटना, ३ जना घाइते

काठमाडौँ । काभ्रेको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा पर्ने बीपी राजमार्गमा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटनामा चालक इलाम नगरपालिका ६ बस्ने ३७ वर्षीय लोक बहादुर सेन्चुरी, काभ्रेको भुम्लु –७ बस्ने २६ वर्षीया रिता आपागाई र उनका छोरा रितिक आपागाई घाइते भएको छन् । इलामबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ८३५९ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको छ । दुर्घटना राति २ बजेको आसपासमा भएको बताइएको छ । घाइतेहरूलाई मेथिनकोट अस्पतालको एम्बुलेन्समार्फत थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। The post सेल्फीडाँडामा माइक्रोबस दुर्घटना, ३ जना घाइते appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

दसैँमा मौसमले कस्तो साथ देला ? यस्तो छ तीन दिनको पूर्वानुमान
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन दिन देशका केही हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भई मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। विभागले जारी गरेको पछिल्लो मौसम पूर्वानुमान अनुसार आज (२०८३ कात्तिक २ गते, सोमबार) दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली ...

होल्डिङ सेन्टरमा दसैँ खल्लो, सुकुमबासीको प्रश्न : ‘मन्त्रीज्यू, जग्गा कहिले दिने, हामी मरिसकेपछि ?’
काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्तीबाट विस्थापित हरिमाया जिम्बा गत वैशाख १२ गतेयता होल्डिङ सेन्टरमा छिन्। अस्थायी बासस्थानको पट्यारलाग्दो बसाइँकै बिच महिलाहरूको महान् चाड तीज आयो र गयो। हातमा चुरासम्म लगाउन... ...

झापाको सुधार केन्द्रमा युवकको मृत्यु, सञ्चालकविरुद्ध किटानी जाहेरी
मादक पदार्थको लत छुटाउन सुधार केन्द्रमा भर्ना गरिएका इलामका एक युवकको दुई दिनमै मृत्यु भएपछि परिवारले कुटपिट र लापरवाहीको आरोप लगाउँदै केन्द्रका सञ्चालकविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको छ। ...

प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने
नाम्खा गाउँपालिकाको नारा लेक क्षेत्रमा कतिपय ठाउँमा पाँच मिटरसम्म हिउँ जमेकाले सडक खुलाउन समस्या भएको हो । ...


