सेयर बजार ३३ अंकले बढ्यो, कारोबार रकम साढे ७ अर्ब नाघ्यो

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजारमा उल्लेख्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२९ अंकले बढेर २ हजार ६६४ अंकमा पुगेको छ । यो परिसूचक साउन ३० यताकै उच्च हो । बुधबार २४१ कम्पनीको सेयर मूल्य बढेको छ भने ३५ कम्पनीको घटेको छ । त्यस्तै, तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । बजारमा कारोबार रकमसमेत बढेको छ । मंगलबार ५ अर्ब ८० करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ७ अर्ब ४५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यो कारोबार रकम भदौ ३० यताकै उच्च हो । बुधबार जलविद्युत् समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । उक्त समूहको परिसूचक सबैभन्दा धेरै २.०६ प्रतिशतले बढेको छ । व्यापार समूहबाहेक सबै समूहगत परिसूचकमा वृद्धि भएको छ । बैंकिङ समूह १.३६ प्रतिशत, विकास बैंक १.११ प्रतिशत, वित्त १.५५ प्रतिशत, होटल तथा पर्यटन १.३४ प्रतिशत, लगानी १.५२ प्रतिशत र जीवन बीमा समूह १.५९ प्रतिशतले बढेका छन् । त्यस्तै, उत्पादन तथा प्रशोधन समूह ०.६६ प्रतिशत, लघुवित्त ०.८७ प्रतिशत, निर्जीवन बीमा ०.४४ प्रतिशत र अन्य समूह ०.८५ प्रतिशतले बढेका छन् । व्यापार समूह भने ०.४४ प्रतिशतले घटेको छ । बुधबार हालै सूचीकृत बेनी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ । बुटवल पावर कम्पनीको मूल्य १०.६० प्रतिशतले बढेको छ । त्यस्तै, सुपर खुदी हाइड्रोपावरको ६.२६ प्रतिशत, एनआरएन इन्फ्रास्ट्रक्चरको ६.२२ प्रतिशत, युनियन हाइड्रोपावरको ५.८६ प्रतिशत, सान्जेनको ५.८१ प्रतिशत, स्वस्तिक लघुवित्तको ५.६७ प्रतिशत र होटल फरेस्ट इनको सेयर मूल्य ५.४१ प्रतिशतले बढेको छ । यस दिन सिर्जनशील लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै २.३० प्रतिशतले घटेको छ । चिरख्वा हाइड्रोपावरको २.१२ प्रतिशत र माथिल्लो मैलुङखोलाको १.९१ प्रतिशतले मूल्य घटेको छ । बुधबार कारोबार रकमका आधारमा लिबर्टी इनर्जी अग्रस्थानमा रहेको छ । त्यसपछि घलेम्दी हाइड्रोपावर, बुटवल पावर कम्पनी, अपि पावर, सोलु हाइड्रोपावर, ग्रिन भेन्चर्स, पिपुल्स हाइड्रोपावर, सानिमा बैंक, सानिमा मिडिल तमोर र कुमारी बैंक क्रमशः अगाडि रहेका छन् ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

दसौँ राष्ट्रिय खेलकुदमा बागमतीले उत्कृष्ट नतिजा ल्याउँछ : मन्त्री तामाङ
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेशले उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गरेका छन् । उनले आगामी मंसिरमा कर्णालीको सुर्खेतमा आयोजना... ...

३२ रन बनाएर आउट भए हसन
काठमाडौँ। नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सका म्यादी हसज ३२ रन बनाएर आउट भएका छन्। बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबिचको खेलमा हसनले २१ बलमा ३२ रन... ...

दसैंमा प्रहरीको अपरेसन : १,३२७ जना पक्राउ
काठमाडौं। १ कात्तिकमा सुनसरी इनरूवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित ३६ वर्षीय बुलबुल यादव पक्राउ परे। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले बुलबुल यादवको घर तलासी गर्दा गाँजासहित उनलाई पक्राउ गरेको थियो। उक्त प्रकरणमा चार जना पक्राउ परिसकेका छन्। यसैगरी काठमाडौं दक्षिणकाली नगरपालिका–५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७२ हजार ८० ट्याब्लेटसहित बारा घर भएका २७ वर्षीय सुदिप ...

बगरमा बदलिएको पाल्पाको ‘रानीमहल’ क्षेत्र
पाल्पा, कात्तिक ११ गते । पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई आकर्षित गथ्यो । महल उत्तरवाहिनी कालीगण्डकी नदीको तटमा रहेको छ । महलको सुन्दरता नियाल्न, तस... ...


