Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सेयर बजारमा उच्च अंकको वृद्धि, ७ अर्ब ४५ करोडमाथि कारोबार

सेयर बजारमा उच्च अंकको वृद्धि, ७ अर्ब ४५ करोडमाथि कारोबार

Share:WhatsAppFacebookX (Twitter)Telegram
सेयर बजारमा उच्च अंकको वृद्धि, ७ अर्ब ४५ करोडमाथि कारोबार

काठमाडौं । बुधबार नेप्से ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा बन्द भएको छ। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। मंगलबार ५ अर्ब ७९ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ७ अर्ब ४५ करोड रूपैयाँको कारोबार भएको छ। यसदिन ३४८ वटा धितोपत्रको एक करोड ९३ लाख ९७ हजार ५४८ कित्ता सेयर किनबेच भएको हो। बुधबार २४१ कम्पनीको सेयर मूल्य बढेको छ भने ३५ वटाको घटेको छ। यस्तै, ३ कम्पनी स्थिर छन्। बेनी हाइड्रोपावरको मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ५३६ रूपैयाँ ७० पैसा पुगेको छ। यस्तै, बुटवल पावरको मूल्य १०.६० प्रतिशतले बढेर प्रति कित्ता मूल्य ७१८ रूपैयाँ ९० पैसा कायम भएको छ। यसदिन प्राइम डिबेन्चर २०८८ को मूल्य सर्वाधिक २.९६ प्रतिशतले घटेको छ। उक्त डिबेन्चरको मूल्य एक हजार २२२ रूपैयाँ ७० पैसा पुगेको छ। यसैगरी, गरिमा समृद्धि योजनाको मूल्य २.७५ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रूपैयाँ २१ पैसामा सीमित भएको छ। बुधबार लिबर्टी इनर्जीको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २५० रूपैयाँमा ३२ करोड ५० लाख रूपैयाँको कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २.८८ प्रतिशत बढेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा घलेम्दी हाइड्रो रहेको छ। उक्त कम्पनीको ३२६ रूपैयाँमा २८ करोड २६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक घटेको छ भने बाँकी १२ समूहको बढेको छ। यसमध्ये जलविद्युत समूहको परिसूचक सर्वाधिक २.०६ प्रतिशतले बढेको छ। The post सेयर बजारमा उच्च अंकको वृद्धि, ७ अर्ब ४५ करोडमाथि कारोबार appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

श्रम संस्कृति पार्टीको आक्रामक अभियान
ताजा खबरJust now

श्रम संस्कृति पार्टीको आक्रामक अभियान

विराटनगर । २०८२ फागुन २१ गतेको निर्वाचनबाट देशभरमा पाँचौं र कोशी प्रदेशमा दोस्रो ठूलो दलको रुपमा उदाएको श्रम संस्कृति पार्टी (श्रसपा)ले स्थानीय तह निर्वाचन लक्षित अभियानलाई तीब्र बनाएको छ । फागुन २१... ...

रातोपाटी
एनपीएलमा कर्णालीको लगातार दोस्रो जित, विराटनगरको दोस्रो हार, सोमपालको अलराउन्ड प्रदर्शन
ताजा खबरJust now

एनपीएलमा कर्णालीको लगातार दोस्रो जित, विराटनगरको दोस्रो हार, सोमपालको अलराउन्ड प्रदर्शन

लिगको बिहीबार राति सम्पन्न छैटौँ खेलमा कर्णालीले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको हो । ...

हाम्राकुरा
सोमपाल कामीको अलराउन्ड प्रर्दशनमा कर्णालीको लगातार दोस्रो जित दर्ता
ताजा खबरJust now

सोमपाल कामीको अलराउन्ड प्रर्दशनमा कर्णालीको लगातार दोस्रो जित दर्ता

कप्तान सोमपाल कामीको अलराउण्ड प्रर्दशनमा विराटनगर किंग्सलाई पराजित गर्दै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को लगातार दोस्रो जित दर्ता गरेको छ।  बिहीबारको दोस्रो खेलमा कर्णालीले विराटनगरलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो।  विराटनगरले दिएको १ सय ८७ रनको विशाल लक्ष्य कर्णालीले . .बल अगावै भेट्टायो। कर्णालीले पहिलो खेलम... ...

नेपालखबर
कम्पनीले पुस मसान्तसम्म विवरण बुझाए पुरानो कर, ब्याज र जरिबाना मिनाहा हुने
ताजा खबरJust now

कम्पनीले पुस मसान्तसम्म विवरण बुझाए पुरानो कर, ब्याज र जरिबाना मिनाहा हुने

काठमाडौं । कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीले कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहाको सुविधा पाउने म्याद २०८३ पुस मसान्तसम्म थप गरिएको छ । यसअघि २०८३ असोज मसान्तसम्म कायम रहेको म्याद २०८३ कात्तिक ९ गतेको निर्णयअनुसार बढाएर पुस मसान्तसम्म पुर्‍याइएको हो । सम्बन्धित कानूनले तोकेको म्यादभित्र विवरण पेश नगरेका, नवीकरण नगरेका वा दाखिल गर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play