सेनाले गर्यो मौलो तथा निशान पूजा, शताब्दीयौँ पुरानो परम्परालाई निरन्तरता

नेपाली सेनाले बडादशैँको अवसर पारेर आफ्ना विभिन्न पृतना, गण, गुल्म तथा ऐतिहासिक कोतहरूमा परम्परागत विधिपूर्वक मौलो तथा निशान पूजा सम्पन्न गरेको छ । राष्ट्रिय सुरक्षा र शक्तिको प्रतीकका रूपमा लिइने हातहतियार, तोप तथा पल्टनको पहिचान झल्काउने निशान झण्डाको विधिवत पूजाआराधना गर्दै सेनाले शताब्दीयौँ पुरानो सैन्य परम्परालाई निरन्तरता दिएको हो । दशैँको महाअष्टमी र महानवमीको विशेष तिथि पारेर काठमाडौं उपत्यकास्थित सैनिक मुख्यालय, ऐतिहासिक हनुमानढोका दशैँ घर, विभिन्न पृतना तथा देशभरका सैनिक युनिटहरूमा मौलो पूजाको विशेष अनुष्ठान सञ्चालन गरिएको हो । अनुष्ठानका क्रममा सेनाका वरिष्ठ अधिकारीहरू, पण्डित तथा सैनिक टोलीको सहभागितामा विशेष मन्त्रोच्चारणका साथ मौलो थपना गरी शस्त्रास्त्रको आराधना गरिएको छ । नेपाल एकीकरणको कालखण्डदेखि नै नेपाली सेनामा युद्धकौशल, विजयश्री र शक्ति प्राप्तिको सङ्कल्पसहित मौलो र निशान पूजा गर्ने विशिष्ट सैन्य परम्परा रहिआएको छ । यस अवसरमा सेनाले प्रयोग गर्ने परम्परागत तथा आधुनिक हातहतियार, तोपखाना, सवारीसाधन एवं युनिटको प्रतिनिधित्व गर्ने विशेष निशानलाई धूप, दीप, नैवेद्य तथा रातो कपडाले सजाएर अर्चना गरिन्छ । सैनिक ब्यारेकहरूमा यस अवसरमा हर्षबढाइँ गर्नुका साथै बिगुल र ब्यान्डको विशेष धुन प्रश्तुत गर्ने प्रचलन छ । पूजाका क्रममा तान्त्रिक तथा वैदिक दुवै विधिको अवलम्बन गर्दै परम्परागत बलि अनुष्ठान समेत सम्पन्न गरिन्छ । शक्ति उपासनाको अभिन्न अङ्ग मानिने बलि विधानअन्तर्गत कतिपय ऐतिहासिक कोतहरूमा विधिपूर्वक पशुपक्षीको बलि दिने गरिन्छ भने आधुनिक सन्दर्भमा कतिपय युनिटहरूमा नरिवल, कुभिण्डो लगायतका सात्विक फलफूलको बलि दिएर पूजा सम्पन्न गर्ने अभ्यास पनि बढ्दै गएको छ । नेपाली सेनाले आफ्नो गौरवमय इतिहास, अनुशासन र सांस्कृतिक पहिचानको संरक्षणका लागि यस्ता चाडपर्व र मौलिक विधिलाई संस्थागत रूपमै निरन्तरता दिँदै आएको जनाएको छ । मौलो पूजाले सैनिक जवानहरूमा कर्तव्यनिष्ठा, वीरता र मनोबल उच्च राख्न उत्प्रेरणा दिने विश्वास गरिन्छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

पेरिस चाँडै नै ‘मुस्लिम सहर’ बन्नेछ : डोनाल्ड ट्रम्प
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सको पेरिसमा जारी प्रदर्शनबारे आप्रवासनलाई दोष दिएका छन् । ट्रम्पले सोमबार पेरिस चाँडै नै ‘मुस्लिम सहर’ बन्ने दाबी गरेका छन्। उनले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले देशको सीमा बन्द नगरेको भन्दै आलोचना समेत गरे । सोमबार ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले फ्रान्समा भइरहेको प्रदर्शन र हिंसाको सम्बन्ध शिक्षा वा घरेलु नीतिका मुद्दासँग नभई आप्रवासनसँग रहेको बताए। सीमा नियन्त्रण ...

सरकारले गिरफ्तार वा यातना दिन सक्छ, तर पनि डिसेम्बरमा बङ्गलादेश फर्किन्छु : शेख हसिना
३ कात्तिक, काठमाडौं । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले मङ्गलबार आफू डिसेम्बरमा स्वदेश फर्किने बताएकी छन्। भारतीय सञ्चार माध्यमहरूका अनुसार, उनले मंगलबार भनेकी छन्, 'बङ्गलादेशको वर्तमान तारिक रहमान सरकारले मलाई गिरफ्तार गर्न सक्छ, मार्न सक्छ वा यातना दिन सक्छ, तर जतिसुकै खतरा भए पनि मलाई त्यसको पर्वाह छैन। म मेरो देश फर्किनैपर्छ।' उनले आफू तारिक रहमानको… ...

मधुमेह छ भन्दैमा दसैँको स्वाद किन छोड्ने ?
दसैंको रमाइलो नै खानपिनमा छ । मिठो खाने, परिवारसँग बसेर खाने र मन लागेको परिकारको स्वाद लिने । तर, यही रमाइलोको बीचमा कतिपयलाई भने पीर पर्न थाल्छ । मुख बार्नुपर्ने रोग मधुमेह छ, अब के खाने ? छाकै पिच्छे भान्सामा पाक्ने मासुको बास्नाले तान्छ । देख्दा खान मन लाग्छ । मिठाई देख्दा जिब्रो रसाउँछ ।… ...

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृ*त्यु
३ कात्तिक, सर्लाही । बागमती नगरपालिका-१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रसाद गौतमका अनुसार दुर्घटनामा बागमती नगरपालिका–४ नयाँबस्तीका १६ वर्षीय राजिव तामाङको मृत्यु भएको हो । गम्भीर घाइते भएका निजलाई बाराको एसएल न्युरो अस्पताल लगिएको थियो । त्यहाँ पुग्ने वित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका… ...


