सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान

नेपाली सेनाले धादिङ र गोरखा जोड्ने आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान कार्य दुई दिनमा सम्पन्न गरी सडक आयोजनालाई हस्तान्तरण गरेको छ । सेनाले जडान सम्पन्न गरेपछि आज गोरखा सडक आयोजनालाई उक्त बेलिब्रिज हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । गत असोज २५ गते बूढीगण्डकी नदीमा गएको बाढीले सो स्थानमा रहेको पक्की पुलको गोरखातर्फको खण्ड बगाएपछि सेनाले असोज ३१ गतेदेखि ‘बेलिब्रिज’ जडान थालेको थियो । दुई दिनमा उक्त खण्डमा बेलिब्रिज जडान गरी यातायात सञ्चालनलाई सहज बनाएको भन्दै स्थानीय जनताले सेनाको प्रशंसा गरेका छन् । करिब २७ दशमलव ४३ मिटर लम्बाइ र ४ दशमलव २ मिटर चौडाइको उक्त बेलिब्रिज जडान भएसँगै धादिङ र गोरखा आसपासका क्षेत्रका नागरिकलाई आवतजावत गर्न सहज भएको छ । पुल सञ्चालनमा आएसँगै बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत तथा अत्यावश्यक सामग्रीको ढुवानीमा सहजता हुने सेनाको विश्वास छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

आइएचएफ नेसन्स वुमेन्स ट्रफी : माल्दिभ्सविरुद्ध नेपालको जित
२ कात्तिक, काठमाडौं । बंगलादेशको राजधानी ढाकामा जारी आइएचएफ नेसन्स वुमेन्स ट्रफी २०२६ जोन–२ अन्तर्गत नेपालले दोस्रो खेलमा जित हात पारेको छ । नेपालले मंगलबार माल्दिभ्सलाई २४–१८ गोल अन्तरले पराजित गरेको हो । अन्तर्राष्ट्रिय ह्यान्डबल महासंघ (आइएचएफ) को आयोजनामा जारी प्रतियोगितामा नेपालले एक खेलमा हार र एक खेलमा जित निकालेको छ । नेपाल पहिलो खेलमा… ...

कांस्य पदक भिडन्तमा रेनु पराजित
२ कात्तिक, काठमाडौं । जापानमा जारी पाँचौं एसियाली पारा खेलकुदको तेक्वान्दोमा नेपालकी रेनु तामाङ कांस्य पदक भिडन्तमा सोमबार पराजित भएकी छिन् । नागोया सिटी मिजुहो पार्क जिम्नाजियममा महिला के–४४ क्याटगोरीको ४७ केजीमुनि रेनु चीनको बो यानसंग पराजित भइन् । पहिलो खेलमा रेनु थाइल्यान्डकी ख्वानसुन्डासँग पराजित भएकी थिइन् । ख्वानसुन्डा फाइनलमा प्रवेश गरेपछि रेनुले रिपेचेजको अवसर… ...

विस्फोटक पदार्थ प्रयोग गरेर हटाइयो छुमसुरको विशाल चट्टानसहितको पहिरो
२ कात्तिक, सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडकखण्डअन्तर्गत भोटखोला गाउँपालिका–२ छुमसुरमा खसेको विशाल चट्टानसहितको पहिरो विस्फोटक पदार्थ प्रयोग गरेर हटाइएको छ । पहिरो हटाइएपछि चीनसँग सीमा जोडिएको किमाथाङ्का नाकासम्मको सडकमा एकतर्फी यातायात सञ्चालनमा आएको छ । उत्तर–दक्षिण कोशी सडक योजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार आइतबार नेपाली सेनाले विस्फोट गराएर विशाल चट्टानसहितको पहिरो हटाएको हो । चट्टानको… ...

काठमाडौंमा न्यून चलेका छन् सवारी तर सुनसान छैन (भिडियोसहित)
यस वर्ष पनि यात्रु र सवारीसाधनको सुरक्षालाई ध्यानमा राखेर विशेष व्यवस्था गरिएको छ। ट्राफिक प्रहरीका अनुसार अष्ठमीको दिनसम्म पाँच लाख ४१ हजार ३२६ जनाले काठमाडौँ छाडेका छन् । ...


