Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

सुशासनका लागि भ्रष्टाचारमा शून्य सहनशीलता र नैतिक आचरण आवश्यक : राष्ट्रपति

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुशासनका लागि भ्रष्टाचारमा शून्य सहनशीलता र नैतिक आचरण आवश्यक : राष्ट्रपति
Photo / Coverage: पर्दाफास

राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनशीलता, कानुनको शासन र नैतिक आचरण सुशासनका आधार भएको बताएका छन् । दक्षिणकाली नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको बुधबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् । ‘सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनशीलता, कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउन नेपाली जनताले गरेको त्याग र बलिदानको उद्देश्य पनि यही नै हो’, उनले भने । जनताले राखेको अपेक्षा पूरा गर्नेतर्फ तीनै तहका सरकार गम्भीर हुने विश्वास उनले व्यक्त गरे । उनलेजनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीहरूलाई सार्वजनिक पद र जिम्मेवारीलाई व्यक्तिगत सुविधा वा अधिकारका रूपमा नभई जनताको सेवा गर्ने अवसर र दायित्वका रूपमा लिन आग्रह गरे । ‘प्रशासनिक भवन केवल भौतिक संरचना मात्र होइन; यो जनताको सेवा प्राप्त गर्ने विश्वासको केन्द्र, लोकतान्त्रिक शासनव्यवस्थाको स्थानीय आधारस्तम्भ र नागरिकका आकाङ्क्षा सम्बोधन गर्ने सार्वजनिक संस्थाको प्रतीक पनि हो’, राष्ट्रपति पौडेलले भने। उनले भवनबाट प्रवाह हुने सेवा छिटो, छरितो, पारदर्शी, जवाफदेही र नागरिकमैत्री बन्न सकोस् भन्ने विश्वास व्यक्त गरे । प्रशासनिक भवन आधुनिक हुनुका साथसाथै प्रशासनिक कार्यशैली पनि आधुनिक, प्रविधिमैत्री, पारदर्शी र परिणाममुखी हुन आवश्यक रहेको उनको भनाइ थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ललितपुरका मासु पसल र वधशालालाई प्रशासनको निर्देशन- अनिवार्य अनुमति लिएरमात्र चलाउनू
OthersJust now

ललितपुरका मासु पसल र वधशालालाई प्रशासनको निर्देशन- अनिवार्य अनुमति लिएरमात्र चलाउनू

१ मंसिरपछि मापदण्ड विपरीत वा अनुमतिविना सञ्चालन भएका व्यवसायमाथि कानुनी कारबाही हुने सरकारले बताउँदै आएको छ । ...

अनलाइन खबर
आईजीपी हटाएकोबारे सरकारका प्रवक्ताले भने- पार्टीबाट पनि निर्देशन आएको थियो
OthersJust now

आईजीपी हटाएकोबारे सरकारका प्रवक्ताले भने- पार्टीबाट पनि निर्देशन आएको थियो

‘धेरै ठाउँबाट अहिले बदलिँदो परिस्थिति छ । संवेदनशील विषयमा सरकारले केही गर्नुप¥यो भन्ने पार्टीबाट निर्देशन आएको थियो’ ...

अनलाइन खबर
जाडोमा एसी लामो समय बन्द राख्दै हुनुहुन्छ ? ५ कुरामा दिनुहोस् ध्यान
OthersJust now

जाडोमा एसी लामो समय बन्द राख्दै हुनुहुन्छ ? ५ कुरामा दिनुहोस् ध्यान

जाडो मौसम सुरु भएसँगै एसीको प्रयोजन ठाउँअनुसार फरक पर्न सक्छ । गर्मी ठाउँ छ भने गर्मीमा दिनरात चल्ने एसी अब धेरै महिनासम्म बन्द अवस्थामा रहन्छ । यदि जाडो ठाउँ छ भने यसको प्रयोग निरन्तर रहन सक्छ । तर पनि जाडोको समयमा धेरैजसो एसीहरू प्राय बन्द अवस्थामै राखिन्छ । जाडोमा एसीलाई लामो समयसम्म बन्द राख्नुअघि यसको… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play