Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

सुर्खेतमा दसौँ राष्ट्रिय खेलकुदका २३ खेल हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुर्खेतमा दसौँ राष्ट्रिय खेलकुदका २३ खेल हुने
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। कर्णाली प्रदेशमा आगामी मङ्सिर १६ देखि २७ गतेसम्म आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका कुल ३२ मध्ये २३ खेल मुख्य आयोजकस्थल सुर्खेतमा हुने निश्चित भएको छ। आगामी मङ्सिर १६ गते औपचारिक उद्घाटन हुने उक्त प्रतियोगिता भौगोलिक कठिनाइ र पूर्वाधारका कारण धेरै खेल सुर्खेतमै सञ्चालन हुने शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका २३ खेल सुर्खेतमा, पाँच खेल कर्णालीका अन्य चार जिल्लामा तथा चार खेल लुम्बिनी प्रदेशका दुई जिल्लामा आयोजना हुनेछ। प्राविधिक समितिबाट अनुमोदित तालिकाअनुसार प्रतियोगिताको औपचारिक उद्घाटनअघि मङ्सिर ८ गतेदेखि नै खेल सुरु हुनेछ। त्यसअवधिमा पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, पुरुष तथा महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडीसहित ६ वटा खेलको प्रतिस्पर्धा सुरु हुनेछ। सुर्खेतमा प्रतियोगिताका अधिकांश ठूला मैदानी, इनडोर र मार्सल आट्र्सका खेल सञ्चालन हुनेछन्। प्रतियोगिताअन्तर्गत सुर्खेतमा एथ्लेटिक्स, पुरुष फुटबल, क्रिकेट, भलिबल, हक्की, रग्बी र साइक्लिङजस्ता मैदानी खेल हुनेछन्। यसैगरी, कराते, तेक्वान्दो, फुल कन्ट्याक्ट कराते, उसु र बक्सिङजस्ता फाइटिङ खेल तथा ब्याडमिन्टन, टेबल टेनिस, जिम्न्यास्टिक, ह्यान्डबल, स्क्वास र बास्केटबल सुर्खेतमै खेलाइनेछ। त्यस्तै, कबड्डी, आर्चरी, भारत्तोलन, इस्पोट्र्स र सेपाकताक्रो पनि सोही स्थानमै खेलाइने छ। कर्णाली प्रदेशका अन्य जिल्लामा भने पूर्वाधार र भौगोलिक अनुकूलताका आधारमा केही खेल विभाजन गरिएको छ। आयोजक कमिटीका अनुसार, दैलेखमा आइटिएफ तेक्वान्दो, कालीकोटमा बुद्धिचाल, सल्यानमा जुडो र कुस्ती तथा पश्चिम रुकुममा शारीरिक सुगठनका खेल आयोजना गरिनेछ। त्यस्तै, पौडी र सुटिङका खेल भने नेपालगञ्ज र टेनिस र खो–खोका खेल बर्दियामा सञ्चालन गरिने कार्यक्रम बनाइएको छ। रासस

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘रामायण’ मा यशको धमाकेदार प्रदर्शन: रावण बन्न ३३ किलोको पहिरन
Latest NewsJust now

‘रामायण’ मा यशको धमाकेदार प्रदर्शन: रावण बन्न ३३ किलोको पहिरन

मुम्बई । मिश्रित समीक्षाका बाबजुद निर्देशक नितेश तिवारीको फिल्म ‘रामायण : पार्ट १’ ले बक्स अफिसमा बलियो दबदबा कायम गरेको छ। फिल्मले पहिलो सोमबार हासिल गरेको सङ्कलन भारतीय सिनेमा इतिहासका पाँच... ...

रातोपाटी
हेग्सेथको बचाउमा ट्रम्प
Latest NewsJust now

हेग्सेथको बचाउमा ट्रम्प

वासिङटन।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य कारबाहीलाई लिएर महाभियोगको दबाब सामना गरिरहेका युद्धमन्त्री पीट हेग्सेथको बचाउ गरेका छन्। उनले हेग्सेथले दुई युद्ध जितेको दाबी गर्दै महाभियोगको पहल गर्ने रिपब्लिकन सांसद थोमस म्यासीलाई ‘हारेको व्यक्ति’ भन्दै आलोचना गरे। सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरान युद्धमा १८ अमेरिकी सैनिकको मृत्यु भएको उल्लेख गर्दै भियतनाम युद्धमा ६५ हजार अमेरिकीले ज्यान गुमाएको स्मरण गरे। उनले इराक र ...

नेपालन्युज
नेपाल सम्वत् सबै नेपालीको साझा राष्ट्रिय सम्पदा हो: सभामुख अर्याल
Latest NewsJust now

नेपाल सम्वत् सबै नेपालीको साझा राष्ट्रिय सम्पदा हो: सभामुख अर्याल

काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले नेपाल सम्वत् नेपालको ऐतिहासिक सभ्यता, सांस्कृतिक गौरव र राष्ट्रिय पहिचानसँग जोडिएको साझा राष्ट्रिय सम्पदा भएको बताएका छन्। मंगलबार नेपाल सम्वत् ११४७ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले नेपाल सम्वत् कुनै एक जात वा भाषा विशेषको मात्रै नभएको बताएका हुन्। ‘नेपाल सम्वत् कुनै एक समुदायको मात्र सम्पत्ति नभई सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा ...

कर्पोरट खबर
बिचौलियाको बयानकै भरमा कांग्रेसलाई बदनाम गर्न खोजियो : विश्वप्रकाश शर्मा
Latest NewsJust now

बिचौलियाको बयानकै भरमा कांग्रेसलाई बदनाम गर्न खोजियो : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बिचौलियाको बयानकै आधारमा पार्टी र नेताहरूलाई बदनाम गर्ने प्रयास भइरहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा सार्वजनिक भएका अपुष्ट आरोपका आधारमा कसैको धारणा बनाउन नहुने बताएका हुन् । नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले पूर्वसभापति शेरबहादुर देउवाको टिप्पणीप्रति लक्षित गर्दै बिचौलियाले भनेको भरमा नेताहरूले करोडौँ रुपैयाँ लिएको निष्कर्ष निकाल्नु ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play