Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

बिचौलियाको बयानकै भरमा कांग्रेसलाई बदनाम गर्न खोजियो : विश्वप्रकाश शर्मा

Share:WhatsAppFacebookX (Twitter)Telegram
बिचौलियाको बयानकै भरमा कांग्रेसलाई बदनाम गर्न खोजियो : विश्वप्रकाश शर्मा
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बिचौलियाको बयानकै आधारमा पार्टी र नेताहरूलाई बदनाम गर्ने प्रयास भइरहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा सार्वजनिक भएका अपुष्ट आरोपका आधारमा कसैको धारणा बनाउन नहुने बताएका हुन् । नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले पूर्वसभापति शेरबहादुर देउवाको टिप्पणीप्रति लक्षित गर्दै बिचौलियाले भनेको भरमा नेताहरूले करोडौँ रुपैयाँ लिएको निष्कर्ष निकाल्नु गलत भएको बताए । ‘एउटा बिचौलियाले कहीँ भन्यो अरे । त्यसैका आधारमा यति खायो रे, उति बुझायो रे, यति करोड बुझायो रे भनेर फेसबुकमा लेखेर हुन्छ ?’ उनले प्रश्न गरे । शर्माले कांग्रेस सभापति गगन थापा र आफूलाई जोडेर करोडौँ रुपैयाँ बुझाएको भन्ने आरोपको आधारमाथि पनि प्रश्न उठाए । गगन थापा जीवनमा ८/९ महिना मात्रै मन्त्री बनेको र आफू सांसद मात्रै भएको उल्लेख गर्दै उनले यस्ता आरोपको खण्डन गरे । बिचौलियाको भनाइलाई प्रमाणका रूपमा लिन नहुने तर्क गर्दै शर्माले बैंक डकैतीमा पक्राउ परेको व्यक्तिले कसैको नाम लिँदैमा त्यसलाई अदालतले प्रमाण मान्छ कि मान्दैन भन्ने उदाहरणसमेत दिए । ‘एउटा बिचौलियाले कहीँ भन्यो अरे भन्दैमा त्यसैको हुइँयामा कुद्नु हुँदैन,’ उनले भने । उनले कांग्रेसको विशेष महाधिवेशनदेखि १५औँ महाधिवेशनसम्मका सबै प्रक्रिया पार्टीको विधि, विधान, संविधान र कानुनअनुसार इमानदारितापूर्वक सम्पन्न भएको दाबी गरे । राष्ट्रिय आवश्यकता र बदलिँदो परिस्थितिका कारण पार्टीलाई नयाँ ढङ्गले अघि बढाउनुपर्ने अवस्था आएको उनको भनाइ थियो । शर्माले गगन थापाको नेतृत्वमा कांग्रेस योजनाबद्ध रूपमा अघि बढिरहेको उल्लेख गर्दै पार्टीलाई चुस्त र व्यवस्थित बनाउन नेता तथा कार्यकर्ता एकजुट हुनुपर्ने बताए । काभ्रेको कांग्रेसले पनि आफ्नो संगठनको जग बलियो बनाउनुपर्नेमा उनले जोड दिए । उनले पार्टीका नेता तथा कार्यकर्तालाई अनावश्यक तनाव नलिई अध्ययन, मेहनत र आत्मविश्वासका साथ संगठन निर्माणमा जुट्न आग्रह गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
फिफा अध्यक्षको दौडमा इन्फान्टिनोलाई टक्कर दिने वेंगरको तयारी
Latest NewsJust now

फिफा अध्यक्षको दौडमा इन्फान्टिनोलाई टक्कर दिने वेंगरको तयारी

लण्डन । आर्सनलका पूर्वप्रबन्धक आर्सेन वेंगरले फिफाको अध्यक्ष पदका लागि जियानी इन्फान्टिनोविरुद्ध उम्मेदवारी दिने विषयमा विचार गरिरहेका छन्। हप्तौँदेखि युरोपेली फुटबलका वरिष्ठ व्यक्तित्वहरूले उनलाई अध्यक्ष पदमा उठ्न आग्रह गर्दै आएका थिए... ...

रातोपाटी
मूल्यवृद्धिका कारण तिहारमा भाइमसलाको व्यापार सुस्त, ढाकाटोपीको बिक्री भने उत्साहजनक
Latest NewsJust now

मूल्यवृद्धिका कारण तिहारमा भाइमसलाको व्यापार सुस्त, ढाकाटोपीको बिक्री भने उत्साहजनक

काठमाडौँ । तिहारमा भाइमसलाको मूल्य बढेका कारण अपेक्षित कारोबार हुन नसकेको व्यवसायीहरूले गुनासो गरेका छन्। विगतका तिहारमा जस्तो यसपटक भाइमसलाको कारोबार कम भएको उनीहरूको भनाइ छ। भाइमसला व्यवसायी सजीव बज्राचार्यका अनुसार... ...

रातोपाटी
क्यारिकलाई हटाउने तयारीमा युनाइटेड: पोचेटिनो र कोन्टे सम्भावित दाबेदार
Latest NewsJust now

क्यारिकलाई हटाउने तयारीमा युनाइटेड: पोचेटिनो र कोन्टे सम्भावित दाबेदार

काठमाडाैँ। म्यानचेस्टर युनाइटेडले आफ्ना मुख्य प्रशिक्षक माइकल क्यारिकलाई बर्खास्त गर्ने सम्भावना बलियो बनेको छ। गत अक्टोबर २५ मा बर्नमथसँग घरेलु मैदानमा ३-० को पराजय बेहोरेपछि क्लबले यसै महिनाको अन्तर्राष्ट्रिय ब्रेकका क्रममा... ...

रातोपाटी
विश्वमा बढ्दो तापक्रमले तताएको बहस
Latest NewsJust now

विश्वमा बढ्दो तापक्रमले तताएको बहस

बढ्दो तापक्रम, चरम मौसमी घटना र जलवायुजन्य विपद्ले पृथ्वीको पारिस्थितिकीय सन्तुलन र मानव अस्तित्वमै चुनौती थपिरहेका बेला त्यसको सामना गर्न विश्व समुदायले चाल्नुपर्ने कदमबारे कोप–३१ सम्मेलनमा व्यापक छलफल भएको हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play