Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

एनभिडिया प्रमुख हुआङको सम्पत्तिमा एकैदिन ७ अर्ब ४० करोड डलरले घट्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनभिडिया प्रमुख हुआङको सम्पत्तिमा एकैदिन ७ अर्ब ४० करोड डलरले घट्यो
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सन हुआङको सम्पत्ति एकै दिन ७ अर्ब ४० करोड डलर घटेको छ । कम्पनीको सेयर मूल्यमा आएको गिरावटसँगै उनको कुल सम्पत्ति १५४ अर्ब ७० करोड डलरमा झरेको छ । फोर्ब्सका अनुसार सम्पत्तिमा गिरावट आएपछि विश्वका अर्बपतिको सूचीमा हुआङ आठौँ स्थानबाट दसौँ स्थानमा पुगेका छन् । यसैबीच, हुआङ र एनभिडियाविरुद्ध सेयरधनीहरूले मुद्दा दायर गरेका छन् । कम्पनीले हुआङको एक महिलासँगको कथित सम्बन्ध र त्यससँग जोडिएको राष्ट्रिय सुरक्षा जोखिमबारे सेयरधनीलाई जानकारी नदिएको आरोप लगाइएको छ । ती महिलामाथि चिनियाँ गुप्तचर निकायका लागि काम गरेको आशंका गरिएको छ । विवादपछि एनभिडियाले स्वतन्त्र अनुसन्धान सुरु गरेको छ । कम्पनीको सञ्चालक समितिले भने गोप्य व्यावसायिक सूचना वा राष्ट्रिय सुरक्षासम्बन्धी जानकारी चुहिएको कुनै आधार नरहेको जनाएको छ । एनभिडियामा ३.५ प्रतिशतभन्दा बढी सेयर स्वामित्व रहेका हुआङको सम्पत्तिको ठूलो हिस्सा कम्पनीको सेयर मूल्यमा निर्भर छ । त्यसैले सेयर मूल्यमा आएको गिरावटले उनको व्यक्तिगत सम्पत्तिमा समेत ठूलो असर पारेको हो । उनको कथित चिनियाँ गुप्तचरसँगको सम्बन्धका बारेमा अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले समेत अनुसन्धान गरिरहेको छ । The post एनभिडिया प्रमुख हुआङको सम्पत्तिमा एकैदिन ७ अर्ब ४० करोड डलरले घट्यो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अवैध पटका तथा विस्फोटक पदार्थ नष्ट
Latest NewsJust now

अवैध पटका तथा विस्फोटक पदार्थ नष्ट

चरीकोट समाचारदाता चरीकोट, कार्तिक २४ गते । जिल्ला प्रहरी कार्यालय दोलखा तथा मातहत प्रहरी कार्यालयबाट खटिएको चेकिङ प्रहरी टोलीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएका अवैध पटका तथा विस... ...

गोरखापत्र
सुदूरपश्चिममै पहिलो पटक बेलौरीमा शंखधर साख्वाको प्रतिमा अनावरण
Latest NewsJust now

सुदूरपश्चिममै पहिलो पटक बेलौरीमा शंखधर साख्वाको प्रतिमा अनावरण

नेपाल संवत् ११४७ को शुभारम्भका अवसरमा अनावरण गरिएको प्रतिमालाई नेवार समुदायले सांस्कृतिक पहिचान र इतिहास संरक्षणको महत्त्वपूर्ण उपलब्धि मानेको छ । ...

कान्तिपुर
दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदै ?
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदै ?

काठमाडौं । कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका कुल ३२ मध्ये २३ खेल मुख्य आयोजक स्थल सुर्खेतमा हुने निश्चित भएको छ। कर्णालीमा भौगोलिक कठिनाइ र पूर्वाधारका कारण पनि यसपटक सुर्खेतमै धेरै खेल खेलाइने भएको हो। प्राविधिक समितिबाट अनुमोदित तालिकाअनुसार प्रतियोगिताको औपचारिक उद्घाटन आगामी मंसिर १६ गते सुर्खेत रंगशालामा हुनेछ भने समापन मंसिर २७ गते तय गरिएको छ। तर, औपचारिक उद्घाटनअघि ...

कर्पोरट खबर
जुवातास खेल्दाखेल्दै ११० जना पक्राउ
Latest NewsJust now

जुवातास खेल्दाखेल्दै ११० जना पक्राउ

काठमाण्डु – प्रहरीले देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेका ११० जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बूढानीलकण्ठ नगरपालिका–६ टनागाउँबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–८ बस्ने ४५ वर्षीय राजेश नगरकोटीसहित १० जनालाई पक्राउ गरेको हो । प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार ५४० र छ बुक ताससहित पक्राउ गरेको छ […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play