सुरक्षा जोखिम देखिएपछि हिमालयन बैंकको वेबसाइट र अनलाइन सेवा अस्थायी बन्द

विश्वभर वेबसाइट तथा अनलाइन प्रणाली सञ्चालनमा प्रयोग हुने पीएचपी प्रोग्रामिङ प्रविधिमा गम्भीर सुरक्षा संवेदनशीलताका कारण हिमालयन बैंक लिमिटेडले आफ्नो आधिकारिक वेबसाइट तथा वेबसाइटमार्फत प्रदान गरिने अनलाइन सेवा अस्थायी रूपमा बन्द गरेको छ। विश्वव्यापी रूपमा पीएचपी प्रविधिमा देखिएको सुरक्षा संवेदनशीलताबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै वेबसाइट र अनलाइन सेवा बन्द गरिएको बैंकले जनाएको छ। ग्राहकको डाटा तथा बैंकिङ प्रणालीको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै उक्त निर्णय गरिएको बैंकको भनाइ छ। बैंकले हाल सम्भावित जोखिमको मूल्याङ्कन गरिरहेको जनाएको छ। जोखिमको पहिचान तथा समाधान गरेपछि वेबसाइट र त्यसबाट उपलब्ध हुने अनलाइन सेवा यथाशीघ्र पुनः सञ्चालनमा ल्याइने बैंकले जनाएको छ। वेबसाइट र अनलाइन सेवा अस्थायी रूपमा बन्द भए पनि बैंकका अन्य सेवाहरू भने नियमित रूपमा सञ्चालन भइरहेको बैंकले स्पष्ट पारेको छ। सेवा अवरुद्ध हुँदा ग्राहकलाई पर्न गएको असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ। ग्राहक सेवाका लागि बैंकले कल सेन्टर नम्बर ०१–५९०००८९ मा सम्पर्क गर्न सकिने जनाएको छ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
६ कात्तिक, स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिकामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । बिरुवा गाउँपालिका–२ की ३९ वर्षीया रेवती गुरुङले चलाएको स्कुटर सडकबाट करिब ५० मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार शुक्रबार दिउँसो बिरुवा गाउँपालिका–३ ठाँटीस्थित… ...

रासायनिक मलको विकल्पमा प्रयोग हुँदै गड्यौले मल
कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने गरेका छन् । रासायनिक मलको अभावमा स्याङ्जाका कृषक विकल्पका रूपमा गड्यौले मलको प्रयोग गर्नेतर्फ आकर्षित भएका हुन् । गड्यौले मलमा अन्य जैविक मलको तुलनामा बिरुवालाई चाहिने अधिक तथा सूक्ष्म पोषक तत्त्वलगायत सूक्ष्म तत्त्व अधिक मात्रामा पाइने भएकाले रासायनिक मलको विकल्पमा गड्यौले मलको प्रयोग बढ्दै गएको हो । गड्यौले मल एक ...

नुहाउने क्रममा डुबेर आमाछोरीको मृत्यु
६ कात्तिक, काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आँपघारीस्थित रोशी खोलाको दहमा डुबेर आमाछोरीको मृत्यु भएको छ । ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–६ घर भएकी ३७ वर्षीया सत्यदेवी कोइराला र उनकै छोरी ९ वर्षीया पुजा खड्काको बिहीबार दिउँसो मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । नुहाउने क्रममा उनीहरू डुबेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी… ...

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
६ कात्तिक, तनहुँ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँमा एक जना पक्राउ परेका छन् । भिमाद नगरपालिका–४ सारडाँडा बस्ने २१ वर्षीय संजय रानालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । रानाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको केन्द्रीय समाचार कक्षले जानकारी… ...


