सुरक्षा जोखिमका कारण राष्ट्र बैंकको वेबसाइट र सेवा अस्थायी रूपमा बन्द

काठमाडौं, कात्तिक ६ । नेपाल राष्ट्र बैंकले वेब प्रविधि पीएचपीमा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण आफ्नो वेबसाइटलगायत सेवा अस्थायी रूपमा बन्द गरेको छ। राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै सुरक्षा जोखिमलाई ध्यानमा राखेर वेबसाइट र अन्य सेवा बन्द गरिएको जनाएको हो। सेवा बन्द रहेको अवधिमा राष्ट्र बैंकसम्बन्धी अत्यावश्यक सूचना तथा जानकारीका लागि बैंकका आधिकारिक सामाजिक सञ्जालमार्फत जोडिन आग्रह गरिएको छ। राष्ट्र बैंकले सम्भावित सुरक्षा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक (पीएसओ), भुक्तानी सेवा प्रदायक (पीएसपी) र विप्रेषण कम्पनीहरूलाई पनि अपिल गरेको छ। बैंकले सर्भरमा प्रयोग भइरहेका प्रणालीलाई सुरक्षित र सबल बनाउन तथा नियमित सुरक्षा निगरानी बढाउन सम्बन्धित संस्थाहरूलाई आग्रह गरेको छ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

आनी छोइङ डोल्माको नियुक्ति : पक्ष–विपक्षमा यसरी चल्दैछ बहस, के भन्छिन् आनी ?
काठमाडौँ / आनी छोइङ डोल्माको पृथक परिचय छ । उनको जीवन निकै संघर्षपूर्ण रुपमा हुर्किएको र प्रेरणादायी पनि छ । बौद्ध मन्त्र र आध्यात्मिक संगीतलाई ...

ताप्लेजुङमा तीन महिनामै खाद्यले गर्यो एक करोड बढीको व्यापार
ताप्लेजुङ / खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेड ताप्लेजुङले तीन महिनाको अवधिमा एक करोड दई लाखभन्दा बढीको व्यापार गरेको छ ।साउनदेखि असोजसम्मको अवधिमा एक करोड ...

यस्तो देखियो सन्थाल समुदायको दासाई नृत्यको रौनक
उर्लाबारी / दशैंको माहोल। गाउँमा मेला लागेको छ। परम्परागत भेषभूषामा सजिएका सन्थाल समुदायका युवाहरू ढोल र अन्य बाजागाजाको तालमा सामूहिक रूपमा नाचिरहेका छन्। दर्शकको भीड ...

बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो
म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरुमा दसैं लगत्तै पर्यटकको चहलपहल बढ्न थालेको छ । अनुकूल मौसम र मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मर्मत भएपछि चाडपर्वको बिदा मनाउनका लागि आएका पर्यटकहरुको चहलपहल बढेको हो । घोडेपानी, पुनहिल, खोपारा, सिंगा तातोपानी, भुरुङ्ग–तातोपानी, अन्नपूर्ण आधार शिविर, रुप्से, गलेश्वर लगायतका पर्यटकीय स्थलमा बिहिबारदेखि पर्यटकको आगमन शुरु भ… ...


