सुनसरीको बर्जुमा बोराभित्र पुरुषको शव फेला

सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएका अवस्थामा एक पुरुषको शव फेला परेको छ । भारतको बनारस घर भई हाल विराटनगर महानगरपालिका–६ मा बस्दै आएका लालजीप्रसाद गुप्ताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । मृतक गुप्ता विगत ४० वर्षभन्दा बढी समयदेखि नेपालमा बस्दै आएका थिए । स्थानीयवासीले खोलामा फालिएको बोरामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै प्रहरी प्रमुख उपरीक्षक मल्लसहितको प्रहरी ...
Read Complete Original Article
Published originally on फरकधार
Related News

बेलायतको उत्तरी क्षेत्रमा बोएलो आँधी, जनजीवन अस्तव्यस्त
बेलायतको उत्तरी क्षेत्रहरूमा भारी वर्षासहित कडा हुरी आउँदा यहाँको जनजीवन प्रभावित भएको छ । आँधीका कारण आइतबार दसौँ हजार घरहरू विद्युतविहीन भएका छन् र यातायात सेवाहरू अवरुद्ध भएका छन् । यस मौसममा बेलायतका आएको बोएला दोस्रो ठूलो आँधी हो । यसअघि शुक्रबार अस्टेन नाम दिइएको आँधीले देशका दक्षिणी क्षेत्रहरूमा व्यापक प्रभाव पारेको थियो । इनर्जी नेटवर्क एसोसिएसनले बिहान ८ बजेसम्मको अपडेटमा ८२ ...

सप्तकोशी माेटरबोट दुर्घटना : मृतक तीन मध्ये एकको पहिचान खुल्याे, तीन बेपत्ता
काठमाडौं, कात्तिक ८ । सप्तकोशी नदीमा माेटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। मृत्यु हुनेमा एक महिला, एक बालिका र एक पुरुष रहेका छन्। मृतकमध्ये एक महिलाको पहिचान खुलेको छ। नेपाल प्रहरीका अनुसार धनकुटाको साँगुरीगढी गाउँपालिका–१०, त्रिवेणीस्थित सप्तकोशी नदीमा आइतबार दिउँसो पानीबोट दुर्घटना भएको हो। भोजपुरको हतुवागढी गाउँपालिका–९, कोप्चेबाट सुनसरीको बराहक्षेत्र–चतरातर्फ आउँदै गरेको ओबीएम ...

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल
तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम भएको र बाँकी रहेका सबैलाई पनि एकताबद्ध गर्न आफूहरू तयार रहेको बताएका छन् । नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले आईतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री पौडेलले कांग्रेसलाई रूपान्तरण भएको अनुभूति जनतामाझ दिलाउने बताए । उनले सबैपक्षसँग सहमति र सहकार्य गर्दै देशलाई समृद्ध बनाउने […] ...


