Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

सुदूरपश्चिमका जर्ज मुन्से गोल्डेन डकआउट

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुदूरपश्चिमका जर्ज मुन्से गोल्डेन डकआउट
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भइरहेको पहिलो क्वालिफायर खेलमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सका नयाँ अनुबन्धित खेलाडी जर्ज मुन्से पहिलो बलमै गोल्डेन डकआउट भएका छन्। आज भइरहेको खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेसँगै सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गरेको छ। सुदूरपश्चिमबाट प्लेअफका खेल खेल्नका लागि टोलीमा अनुबन्धित भएका स्कटल्यान्डका आक्रामक ओपनर जर्ज मुन्से पहिलो ओभरको पहिलो बलमै रुबेन ट्रम्पेलम्यानको बलमा आउट हुन पुगे। यसअघि एनपीएलको दोस्रो संस्करण विराटनगर किङ्सबाट खेलेका मुन्सेले यसपटक सुदूरपश्चिम रोयल्सबाट खेल्न आएका हुन् । सुदूरपश्चिमका अर्का स्कटिस खेलाडी ब्रान्डन म्याकमुलेन भने यसअघि स्वदेश फर्किसकेका छन्। लिग चरणमा सातमध्ये पाँच खेल जितेर १० अंक जोड्दै सुदूरपश्चिम दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको हो। लगातार तीन संस्करण प्लेअफमा पुग्ने पहिलो टोली बनेको सुदूरपश्चिमले यसअघि दुई संस्करणमा फाइनल खेले पनि उपाधि जित्न सकेको छैन। यसपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको सुदूरपश्चिमका लागि मुन्सेको यो खराब सुरुआतले ठूलो झट्का दिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुदूरको ब्याटिङ लाइन धरापमा, गुमायो पाँचौँ विकेट
Latest NewsJust now

सुदूरको ब्याटिङ लाइन धरापमा, गुमायो पाँचौँ विकेट

काठमाडौँ। सुदूरपश्चिम रोयल्सले पाँचौँ विकेट गुमाएको छ। त्रिवि क्रिकेट मैदानमा मंगलबार भइरहेको क्वालिफायर खेलमा लुम्बिनी लायन्सविरुद्ध टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरले चौथो विकेटका रूपमा इशान पाण्डे र पाँचौँ विकेटका... ...

रातोपाटी
जुम्लामा मतदाता नामवलीबाट एक हजार २८९ जनाको नाम खारेजी
Latest NewsJust now

जुम्लामा मतदाता नामवलीबाट एक हजार २८९ जनाको नाम खारेजी

जुम्ला । जिल्ला निर्वाचन कार्यालय, जुम्लाले मतदाता नामवलीमा दोहोरो नाम भएका एक हजार २८९ जनाको नाम मतदाता नामवलीबाट खारेज गरिएको छ । जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र कँडेलका अनुसार मतदाता नामवली अद्यावधिक गर्ने क्रममा मृत्यु भएका ८१५ जना र दोहोरो नाम दर्ता भएका ४७४ जनाको नाम खारेज गरिएको जानकारी दिए । दोहोरो मतदाता नामवलीमा नाम दर्ताका भएका सबैभन्दा बढी तिला ...

केन्द्रबिन्दु
मन्त्रीको पीए बने सरकारी विज्ञ : कोप–३१ मा नेपालको नीति प्रस्तुत !
Latest NewsJust now

मन्त्रीको पीए बने सरकारी विज्ञ : कोप–३१ मा नेपालको नीति प्रस्तुत !

• मन्त्रीको निजी सहायक शिरिष पाण्डेले अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको ऊर्जा रणनीति प्रस्तुत गरेपछि मन्त्रालयभित्र विवाद उत्पन्न भएको छ। • पाण्डे इन्जिनियरिङका विद्यार्थी हुन् र मन्त्रीको निजी सचिवालयमा नियुक्त भएका व्यक्ति हुन्, तर उनले प्राविधिक सल्लाहकारको हैसियतमा प्रस्तुत भएकोले असन्तोष देखिएको छ। • मन्त्रालयले पाण्डेको नियुक्ति र भ्रमण खर्चको औचित्यबारे स्पष्टता दिनुपर्ने आवश्यक छ, अन्यथा सरकारी प्रतिनिधित्वमा उठेका प्रश्न जटिल बन्नेछन्। ...

नेपालबहस
लक्जम्बर्गका राजकुमार बेथानचोकमा, शिक्षा र वातावरण संरक्षणमा सघाउने प्रतिबद्धता
Latest NewsJust now

लक्जम्बर्गका राजकुमार बेथानचोकमा, शिक्षा र वातावरण संरक्षणमा सघाउने प्रतिबद्धता

लक्जमबर्गका राजकुमार लुइसले काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाको शिक्षा र वातावरण संरक्षणका क्षेत्रमा निरन्तर हातेमालो गर्ने इच्छा व्यक्त गरेका छन्। ​व्यक्तिगत भ्रमणको सिलसिलामा मंगलबार बेथानचोक आइपुगेका राजकुमार लुइसले स्थानीय जनप्रतिनिधिसँगको संक्षिप्त संवादका क्रममा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।  लक्जमबर्गस्थित गैरसरकारी संस्था ‘एईआईएन’ को ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play