Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

सुत्केरीको मृत्युपछि बरहथवा अस्पतालमा आगजनी र तोडफोड, ४ जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुत्केरीको मृत्युपछि बरहथवा अस्पतालमा आगजनी र तोडफोड, ४ जना पक्राउ
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर ७ । सर्लाहीको बरहथवा नगरपालिका–६ स्थित बरहथवा नगर अस्पतालमा तोडफोड तथा आगजनी हुँदा करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बरहथवा नगरपालिका–५ निवासी ३३ वर्षीय राजेश कुमार महरा र २१ वर्षीय रोहन महरा तथा रौतहटको गुजरा नगरपालिका–९, सिमरा निवासी ४२ वर्षीय भुनेसी महरा र २० वर्षीय राजन महरा रहेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलंगवा लगिएको छ। चिकित्सकको लापरबाहीका कारण सुत्केरी महिलाको मृत्यु भएको आरोप लगाउँदै आक्रोशित आफन्तले अस्पतालमा तोडफोड गर्नुका साथै इमर्जेन्सी कक्षमा आगजनी गरेका थिए। घटनाबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको अस्पतालले जनाएकाे छ । बरहथवा नगरपालिका–५ निवासी रुपेश महराकी २१ वर्षीया श्रीमती सिमा देवी रामको आइतबार राति उपचारका क्रममा मृत्यु भएको थियो। उहाँलाई सुत्केरी गराउन तीन दिनअघि अस्पताल भर्ना गरिएको थियो। महिलाको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पतालमा तोडफोड र आगजनी गरेका थिए। घटनापछि केही समय अस्पतालको अवस्था तनावग्रस्त बनेको थियो। अस्पतालमा कार्यरत चिकित्सक तथा उपचारका लागि आएका बिरामीहरू अस्पताल छाडेर बाहिरिएका थिए। सो क्रममा केही चिकित्सकमाथि कुटपिटसमेत भएको बताइएको छ। घटनापछि अस्पतालको सेवा प्रभावित बनेको थियो। मृतक महिलाको शव पोस्टमार्टमपछि मलंगवास्थित शवगृहमा राखिएको प्रहरीले जनाएको छ। महिलाको मृत्युको कारण तथा अस्पतालमा भएको तोडफोड र आगजनीको घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बाढी प्रभावित गर्भवती महिलालाई दोहोरो जोखिम, खानपानदेखि उपचारसम्म समस्या
HealthJust now

बाढी प्रभावित गर्भवती महिलालाई दोहोरो जोखिम, खानपानदेखि उपचारसम्म समस्या

गत भदौ महिनामा भोटेकोशी र तल त्रिशूलीमा आएको बाढीले सो क्षेत्रमा बसोबास गर्दै आएका हजारौँ मानिसको जनजीवनमा उथलपुथल ल्याउँदा त्यहाँका गर्भवती महिलाहरू थप चुनौती बेहोर्न बाध्य भएका छन्। घरबास उजाडिनुका साथै सडकमार्ग अवरुद्ध भएपछि नियमित चेकजाँच तथा औषधोपचार बिथोलिँदा महिलाहरू जोखिममा पर्न सक्ने चेतावनी जानकारहरूले दिएका छन्। यस परिस्थितिमा सन्तान जन्माउने तयारी... ...

हेल्थवाणी
आजको मौसम : कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
HealthJust now

आजको मौसम : कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशमा हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने देशका अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । महाशाखाको पूर्वानुमानअनुसार सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग तथा कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक... ...

हेल्थवाणी
युवतीमा देखियो विश्वकै दुर्लभ रोग
HealthJust now

युवतीमा देखियो विश्वकै दुर्लभ रोग

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर ७ गते । नेपालका चिकित्सकले २८ वर्षीय एक युवतीमा विश्वमै अत्यन्त दुर्लभ मानिने ‘क्रोनकाइट क्यानडा सिन्ड्रोम’ (सिसिएस) सँग मिल्दोजुल्दो स्वास्थ्य... ...

गोरखापत्र
बीमाको दाबी रुजु अब छिटो र प्रभावकारी हुने
Health4h ago

बीमाको दाबी रुजु अब छिटो र प्रभावकारी हुने

काठमाडौँ, मङ्सिर ६ गते । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा व्यवस्थापन सूचना प्रणाली (आईएमआईएस) लाई नवीनतम प्रविधिसहित स्तरोन्नति गरी सञ्चालनमा ल्याएको छ । स्वास्थ्य बीमा बोर्डक... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement