Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएपछि बरहथवा नगर अस्पतालमा आगजनी र तोडफोड

Share:WhatsAppFacebookX (Twitter)Telegram
गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएपछि बरहथवा नगर अस्पतालमा आगजनी र तोडफोड
Photo / Coverage: टक्सार

काठमाडौँ । सर्लाहीको बरहथवा नगर अस्पतालमा गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पतालमा आगजनी र तोडफोड गरेका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ भने दुई जना फरार छन्। बरहथवा नगरपालिका–६ स्थित अस्पतालमा आइतबार राति भएको घटनामा आकस्मिक कक्षमा आगजनी तथा तोडफोड हुँदा करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको अस्पतालका सूचना अधिकारी राजेश कुमार रौनियारले जानकारी दिए। बरहथवा नगरपालिका–५ निवासी २१ वर्षीया सीमा देवी रामको उपचारका क्रममा अवस्था गम्भीर भएपछि थप उपचारका लागि चन्द्रनिगाहपुर लगिएको थियो। त्यहाँ चिकित्सकले राति १०ः५३ बजे उनलाई मृत घोषणा गरेका थिए। चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै आफन्तले अस्पतालमा तोडफोड गरेका थिए। प्रहरीले बरहथवा नगरपालिका–५ का राजेश कुमार महरा र रोहन महरा तथा रौतहटको गुजरा नगरपालिका–९ का भुनेसी महरा र राजन महरालाई पक्राउ गरेको छ। अस्पतालमा करारमा कार्यरत धिरज महरा र सुरेश महरा भने फरार रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सहमति कार्यान्वयन नभए पुनः सत्याग्रह थाल्ने डा. गोविन्द केसीको चेतावनी
Latest NewsJust now

सहमति कार्यान्वयन नभए पुनः सत्याग्रह थाल्ने डा. गोविन्द केसीको चेतावनी

काठमाडौँ । चिकित्सा शिक्षा सुधार अभियन्ता प्रा. डा. गोविन्द केसीले सरकारसँग भएका सहमतिहरू तत्काल कार्यान्वयन नगरिए स्थगित सत्याग्रहसहितको आन्दोलन पुनः सुरु गर्ने चेतावनी दिएका छन्। एक प्रेस विज्ञप्ति जारी गर्दै उनले २०८३... ...

रातोपाटी
कर्णालीमा २० दिन राष्ट्रिय खेलकुदको महोत्सव
Latest NewsJust now

कर्णालीमा २० दिन राष्ट्रिय खेलकुदको महोत्सव

प्रतियोगितालाई लक्षित गर्दै आजदेखि प्रचारात्मक र्‍याली निकालिँदै छ। कर्णाली प्रदेशका विभिन्न जिल्लामा खेलकुद गतिविधि विस्तार गर्ने र खेलप्रेमीमा उत्साह जगाउने उद्देश्यले र्‍याली आयोजना गर्न लागिएको हो। ...

कान्तिपुर
गर्भवती महिलाको उपचारका क्रममा मृत्यु, बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी
Latest NewsJust now

गर्भवती महिलाको उपचारका क्रममा मृत्यु, बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी

विश्वनाथ ठाकुर सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित नगर अस्पतालमा उपचाररत एक गर्भवती महिलाको मृत्यु भएपछि आफन्त तथा अन्य व्यक्तिहरूले अस्पतालको इमर्जेन्सी कक्षमा तोडफोड र आगजनी गरेका छन्। गएराति करिब ८ः३० बजे बरहथवा नगरपालिका–५ हातिडण्डा पानिटंकी टोल निवासी २१ वर्षीया सिमा रामदेवीको मृत्यु भएको घटनालाई लिएर अस्पतालमा तोडफोड तथा आगजनी भएको हो । नौ महिनाकी गर्भवती सिमा […] ...

समयपोष्ट
साझा राष्ट्रिय एजेन्डाबिनै भारत भ्रमणमा गए बालेन : पूर्वप्रधानमन्त्री खनाल
Latest NewsJust now

साझा राष्ट्रिय एजेन्डाबिनै भारत भ्रमणमा गए बालेन : पूर्वप्रधानमन्त्री खनाल

• पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमणअघि साझा राष्ट्रिय एजेन्डा तयार नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्। • खनालका अनुसार, साझा एजेन्डा बनेको भए भारतसँगको छलफल र सम्झौतामा स्पष्टता हुने थियो। • उनले नेपाल र भारतबीचको सम्बन्धलाई सुदृढ बनाउन साझा चासो र अपेक्षालाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement