सुकुमवासीलाई पूर्जा वितरणमा तीव्रता दिन जोड

झापा।झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा वितरण सुस्त भएकाले सो कार्यलाई तीव्र बनाउन जोड दिइएको छ। दशकौंदेखि पूर्जाको प्रतिक्षामा रहेका नागरिकलाई यथाशीघ्र पूर्जा वितरण गर्नुपर्नेमा जोड दिइएको हो। जिल्ला प्रशासन कार्यालय झापामा आज भएको छलफलमा झापा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य शम्भु सुस्केरा ढकालले पूर्जा वितरणमा भइरहेको ढिलाइको कारण पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताए। “दशकौंदेखि लालपुर्जा नपाएकालाई चाँडो वितरण गर्नुपर्यो। त्यसका लागि के समस्या हो, कहाँ समस्या छ ? सबै समस्या हटाउने गरी सरकारले अध्यादेश ल्याइसक्यो, काम किन ढिला हो ?”, उनले प्रश्न गरे। झापा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य प्रकाश पाठकले सरकारले तोकेको समय सीमाअनुसार पूर्जा वितरणको प्रगति सन्तोषजनक नरहेको बताए। उनका अनुसार निर्धारित अवधिमा २१ प्रतिशत पूर्जा वितरण भइसक्नु पर्नेमा हालसम्म एक प्रतिशत प्रगति नहुनु विडम्बनापूर्ण भएको बताए। उनले मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रविधिमैत्री तथा वैज्ञानिक उपाय अपनाउनु पर्नेमा जोड दिए। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले भूमिसम्बन्धी समस्या समाधानको कामलाई तीव्रता दिन मन्त्रालयबाट जिल्लामा थप जनशक्ति माग गर्ने तयारी गरिएको जानकारी दिए। उनका अनुसार जिल्लामा भूमिसम्बन्धी समस्या समाधानका लागि कुल ६० हजार २८७ जनाले आवेदन दिएका छन्। तीमध्ये भूमिहीन दलित दुई हजार ८९३, भूमिहीन सुकुम्बासी १५ हजार ७२८ र अव्यवस्थित बसोबासी ४१ हजार ६६६ जना छन्। हालसम्म जिल्लाका विभिन्न पालिकामा गरी ६५ जनालाई जग्गाधनी पूर्जा वितरण गरिएको उनले जानकारी गराएका थिए । छलफलमा एसियन हाइवे, मदन भण्डारी राजमार्ग र हुलाकी राजमार्गलगायत जिल्लामा सञ्चालित विकास आयोजनाको प्रगतिबारे पनि चासो व्यक्त गरिएको थियो । एसियन हाइवे निर्माण कम्पनीका प्रतिनिधिले विद्युत्का पोल समयमै नसारिएको र ओभरपास निर्माणका लागि आवश्यक माटो समयमा उपलब्ध हुन नसकेको गुनासो गरेका थिए। प्रमुख जिल्ला अधिकारी पोखरेलले जिल्लामा सरकारी निकायबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउन गरिएका प्रयासबारे जानकारी गराएका थिए। छलफलमा सार्वजनिक सेवा प्रवाहलाई जनमुखी, छिटोछरितो र नागरिकले प्रत्यक्ष अनुभूति गर्ने खालको बनाउनु पर्नेमा जोड दिइएको थियो।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा दमौलीमा
तनहुँ । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथबाट सुरु भएको मेची महाकाली गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा मंगलबार तनहुँको सदरमुकाम दमौली आइपुगेको छ । सनातन धर्मको संरक्षण, आध्यात्मिक चेतनाको विस्तार र धार्मिक जागरण अभिवृद्धि... ...

कर्नाटकमा मतदाता सूची पुनरीक्षणपछि ७२ लाख मतदाता घटे, एक जना ‘पाकिस्तानी नागरिक’ पनि भेटिए
काठमाडौँ । भारतको कर्नाटक राज्यमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रिया सम्पन्न भएपछि कुल मतदाताको सङ्ख्यामा करिब ७२ लाखले कमी आएको छ । विवादका बिच सम्पन्न भएको यस पुनरीक्षणपछि राज्यमा... ...

कञ्चनपुरका स्थानीय तहलाई रासायनिक मलको कोटा निर्धारण
कञ्चनपुर । कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर शाखाले यहाँका स्थानीय तहलाई रासायनिक मलको कोटा निर्धारण गरेको छ । कम्पनीले युरिया र डिएपी मलको कोटा निर्धारण गरिएको महेन्द्रनगर शाखाका प्रबन्धक हेमराज जोशीले... ...

१२ बजे १२ समाचार : सरकार ढाल्ने खेलमा विपक्षी दलहरू, सर्वोच्च अदालतमा पुरानो मुद्दाको जाम
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. आन्दोलन चर्काउने तयारी छठ पर्व लगत्तै विपक्षी दलहरूले सरकार विरोधी आन्दोलन... ...


