Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

सी, पुटिन र ट्रम्पबीच ऐतिहासिक भेटवार्ता, संयुक्त घोषणापत्र जारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
सी, पुटिन र ट्रम्पबीच ऐतिहासिक भेटवार्ता, संयुक्त घोषणापत्र जारी
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । चीन, रुस र अमेरिकाका राष्ट्रप्रमुखले ऐतिहासिक त्रिपक्षीय भेटवार्तापछि शान्तिका लागि संयुक्त घोषणा जारी गरेका छन् । चीनको सेन्जेनमा बिहीबार भएको बैठकपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चारबुँदे घोषणा सार्वजनिक गरेका हुन् । घोषणामा आणविक युद्ध जित्न नसकिने र यस्तो युद्ध कहिल्यै हुन नहुने उल्लेख गर्दै आणविक जोखिम न्यूनीकरण र आणविक हतियारको प्रसार रोक्न संवाद गर्ने प्रतिबद्धता जनाइएको छ । तीनै देशले विश्वव्यापी चुनौतीको प्रभावकारी सामना गर्न संयुक्त राष्ट्रसंघमा सुधार गर्नुपर्नेमा पनि जोड दिएका छन् । त्यस्तै, विश्वभर ऊर्जा आपूर्ति स्थिर राख्न प्रशोधित पेट्रोलियम पदार्थको उत्पादन तथा आपूर्ति बढाउने सहमति भएको छ । तीन देशका राष्ट्रप्रमुखले अन्तर्राष्ट्रिय फौजदारी अदालतलगायत निकायले आफ्नो अधिकारक्षेत्रको दुरुपयोग गर्न नहुने र राष्ट्रप्रमुख तथा सरकारी अधिकारीको कानुनी उन्मुक्तिको सम्मान हुनुपर्ने धारणा पनि राखेका छन् । करिब ८० मिनेट चलेको यो बैठक तीनै देशका राष्ट्रप्रमुखबीच भएको पहिलो औपचारिक त्रिपक्षीय शिखर बैठक हो । बैठकमा अन्तर्राष्ट्रिय परिस्थिति, रणनीतिक स्थिरता र अन्तर्राष्ट्रिय सुरक्षाका विषयमा छलफल भएको जनाइएको छ । यद्यपि, युक्रेन र इरानमा जारी युद्धबारे संयुक्त घोषणामा कुनै उल्लेख गरिएको छैन । अमेरिकी राष्ट्रपति ट्रम्पले ती विषयमा छलफल गरेको बताए पनि घोषणामा आणविक जोखिम, ऊर्जा आपूर्ति र संयुक्त राष्ट्रसंघ सुधारलाई मात्र स्थान दिइएको छ । The post सी, पुटिन र ट्रम्पबीच ऐतिहासिक भेटवार्ता, संयुक्त घोषणापत्र जारी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुदूरपश्चिम लगातार तेस्रोपटक एनपीएलको फाइनलमा
Latest NewsJust now

सुदूरपश्चिम लगातार तेस्रोपटक एनपीएलको फाइनलमा

काठमाडौं। चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को लगातार तेस्रो सिजन फाइनलमा प्रवेश गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न दोस्रो क्वालिफायरमा चितवनलाई हराउँदै सुदूरपश्चिमले फाइनलमा स्थान सुरक्षित गरेको हो । अब उपाधिका लागि सुदूरपश्चिमले शनिबार लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ । यसअघि दोस्रो संस्करणको फाइनलमा पनि यी दुई टोली आमनेसामने भएका थिए । उक्त ...

नेपालन्युज
एनपीएल-३ दोस्रो क्वालिफायर : थरिन्दु रत्नायकेको अलराउन्ड प्रदर्शनमा चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनलमा
Latest NewsJust now

एनपीएल-३ दोस्रो क्वालिफायर : थरिन्दु रत्नायकेको अलराउन्ड प्रदर्शनमा चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनलमा

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा चितवनले प्रस्तुत गरेको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाएर १ बल बाँकी छँदै पूरा गर्‍यो । सुदूरपश्चिमको जितमा श्रीलंकाली खेलाडी थरिन्दु रत्नायके मुख्य ...

विश्वखबर
दूधको मूल्य बढाउन सरोकारवाला एकमत
Latest NewsJust now

दूधको मूल्य बढाउन सरोकारवाला एकमत

छलफल कार्यक्रममा सहभागी सरोकारवालाहरूले उत्पादन तथा प्रशोधन लागतका आधारमा वैज्ञानिक ढङ्गले मूल्य वृद्धि गर्नुपर्ने निष्कर्ष निकालेका हुन्। ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play