Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

सीप, रोजगार मेला सञ्चालनका लागि महासंघ र मन्त्रालयबीच सम्झौता, ६ वटा प्रदेशमा सञ्चालन हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
सीप, रोजगार मेला सञ्चालनका लागि महासंघ र मन्त्रालयबीच सम्झौता, ६ वटा प्रदेशमा सञ्चालन हुने
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा ६ वटा प्रदेशमा ‘सीप तथा रोजगार मेला, २०८३’ सञ्चालन हुने भएको छ । रोजगार खोजकर्ता र रोजगारदाताबीच प्रत्यक्ष सम्पर्क स्थापित गरी रोजगारीको अवसर सिर्जना गर्ने तथा उद्योग व्यवसायको वास्तविक जनशक्ति आवश्यकताअनुसार दक्ष जनशक्ति विकास गर्ने उद्देश्यले रोजगार मेला सञ्चालन गर्न लागिएको हो । बिहिबार मन्त्रालयमा युवा, श्रम तथा रोजगार मन्त्रि रामजी यादव, मन्त्रालयका सचिव डा.दिपक काफ्ले तथा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठको रोहवरमा सो सम्बनिध सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा मन्त्रालयको तर्फबाट सहसचिव तथा युवा महाशाखा प्रमुख हेमराज तामाङ र महासंघ तर्फबाट महासंघका उपाध्यक्ष तथा रोजगार परिषद्का उपाध्यक्ष प्रबलजंग पाण्डेले हस्ताक्षर गरे । सम्झौतापत्र अनुसार मन्त्रालयले मेलाको नीतिगत नेतृत्व, सरकारी निकायसँगको समन्वय, सहजीकरण तथा रोजगारसम्बन्धी डिजिटल प्रणाली सञ्चालन गर्नेछ भने महासंघले मेलाको समग्र व्यवस्थापन, सञ्चालन तथा कार्यान्वयनको नेतृत्व नेपाल उद्योग वाणिज्य महासंघले गर्नेछ । यसका लागि महासंघले आवश्यक सचिवालय स्थापना गरी रोजगारदाता परिचालन, भौतिक तथा प्राविधिक पूर्वाधार, कार्यक्रम व्यवस्थापन र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्नेछ ।नेपाल सरकारले आर्थिक वर्ष २०८३/०८४ देखि २०९२/०९३ सम्मको अवधिलाई रोजगार प्रबर्धन दशकका रूपमा अघि बढाएको सन्दर्भमा आन्तरिक रोजगारीका अवसर विस्तार गर्नु, श्रम बजारको मागअनुसार दक्ष जनशक्ति विकास गर्नु र सीपयुक्त जनशक्तिलाई रोजगारीमा आबद्ध गराउने मुख्य उद्देश्य रहेको महासंघका उपाध्यक्ष तथा रोजगार परिषद्का सभापति प्रबलजंग पाण्डेले जानकारी दिए । मेलामा उद्योग, व्यवसाय तथा प्रतिष्ठानका रोजगारदातालाई सहभागी गराई उनीहरूका वास्तविक रिक्त पद र आवश्यक जनशक्तिको विवरण संकलन गरिनेछ । रोजगारदाताले उपलब्ध गराएका रिक्त पदका आधारमा रोजगार खोजकर्ताबाट आवेदन संकलन गरी मेलास्थलमै प्रत्यक्ष अन्तर्वार्ता, प्रारम्भिक छनोट तथा रोजगार मिलानको व्यवस्था गरिनेछ ।त्यसैगरी, रोजगारदाताको माग र श्रम बजारको आवश्यकताका आधारमा प्राविधिक तथा व्यावसायिक तालिम प्रदायक निकायको नेतृत्वमा प्रत्येक प्रदेशमा विभिन्न विधामा १० वटा तालिम सञ्चालन गरिनेछ । यसलाई दीगो रुपमा सञ्चालन गर्न महास.घले थप सहकार्य गर्ने छ भने तालिमका लागि आवश्यक पूर्वाधार तथा व्यवस्थापकीय सहयोग महासंघले उपलब्ध गराउनेछ । मेलामा सिर्जना भएका रोजगारीका अवसरलाई कार्यक्रम सम्पन्न भएपछि पनि निरन्तरता दिइनेछ । यसका लागि महासंघ, मन्त्रालय, श्रम तथा रोजगार कार्यालय, स्थानीय तहका रोजगार, सीप तथा उद्यमशीलता केन्द्र र रोजगारदाताबीच समन्वय गरिनेछ ।प्रदेश सरकार, स्थानीय तह, उद्योग वाणिज्य संघ, निजी क्षेत्र, तालिम प्रदायक संस्था तथा विकास साझेदारको सहभागिता र सहकार्यमा कार्यक्रम सञ्चालन हुनेछ । सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै सीपयुक्त जनशक्तिको विकास, आन्तरिक रोजगारी प्रवद्र्धन तथा उद्योग व्यवसायको जनशक्ति आवश्यकता सम्बोधन गर्न मेला महत्वपूर्ण हुने विश्वास महासंघले लिएको छ । The post सीप, रोजगार मेला सञ्चालनका लागि महासंघ र मन्त्रालयबीच सम्झौता, ६ वटा प्रदेशमा सञ्चालन हुने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुदूरपश्चिम लगातार तेस्रोपटक एनपीएलको फाइनलमा
Latest NewsJust now

सुदूरपश्चिम लगातार तेस्रोपटक एनपीएलको फाइनलमा

काठमाडौं। चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को लगातार तेस्रो सिजन फाइनलमा प्रवेश गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न दोस्रो क्वालिफायरमा चितवनलाई हराउँदै सुदूरपश्चिमले फाइनलमा स्थान सुरक्षित गरेको हो । अब उपाधिका लागि सुदूरपश्चिमले शनिबार लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ । यसअघि दोस्रो संस्करणको फाइनलमा पनि यी दुई टोली आमनेसामने भएका थिए । उक्त ...

नेपालन्युज
एनपीएल-३ दोस्रो क्वालिफायर : थरिन्दु रत्नायकेको अलराउन्ड प्रदर्शनमा चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनलमा
Latest NewsJust now

एनपीएल-३ दोस्रो क्वालिफायर : थरिन्दु रत्नायकेको अलराउन्ड प्रदर्शनमा चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनलमा

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा चितवनले प्रस्तुत गरेको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाएर १ बल बाँकी छँदै पूरा गर्‍यो । सुदूरपश्चिमको जितमा श्रीलंकाली खेलाडी थरिन्दु रत्नायके मुख्य ...

विश्वखबर
दूधको मूल्य बढाउन सरोकारवाला एकमत
Latest NewsJust now

दूधको मूल्य बढाउन सरोकारवाला एकमत

छलफल कार्यक्रममा सहभागी सरोकारवालाहरूले उत्पादन तथा प्रशोधन लागतका आधारमा वैज्ञानिक ढङ्गले मूल्य वृद्धि गर्नुपर्ने निष्कर्ष निकालेका हुन्। ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play