Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर । नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा माटाका भाँडा बनाउने चलन हराउँदै जान थालेको छ । विगतमा घरायसी प्रयोजनका लागि प्रयोग हुने गाग्री, हाँडी, घैँटो, धुपौरोलगायत माटाका सामग्री अहिले कमै मात्रै देखिन थालेका छन् । सीप पुस्तान्तरण नहुँदा भाडा बनाउने र प्रयोग गर्ने दुवै चलन हराउँदै गएको हो । विशेष गरी घरायसी कामदेखि धार्मिक तथा सांस्कृतिक कार्यसम्म माटाका भाँडाको प्रयोग अधिक हुन्थ्यो । यस्ता भाँडा गाउँघरको मौलिक परम्परा र पहिचानका रुपमा पनि थिए । अहिले ती भाडाको स्थानमा प्लास्टिक, स्टिललगायतका भाँडाले लिन थालेका छन् । अरुण गाउँपालिका–७ का स्थानीय लक्ष्मीप्रसाद अधिकारीका अनुसार नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा यो परम्परागत पेसा सङ्कटमा परेको हो । माटाका सामग्री बनाउन माटो छनोट गर्ने, त्यसलाई मुछ्ने, आवश्यक आकार दिने र प्रयोगयोग्य बनाउन विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ । यसका लागि सीप, अनुभव र समय आवश्यक पर्ने भएकाले पनि नयाँ पुस्ता यस पेसातर्फ आकर्षित हुन नसकेको उनको बुझाइ छ । रामप्रसादराई गाउँपालिका–८ बासी रुपमान श्रेष्ठ माटाका सामग्रीको प्रयोग घट्दै जाँदा तिनलाई बनाउने सीप र त्यससँग जोडिएको मौलिक संस्कृति पनि हराउने जोखिम बढेको बताउँछन् । स्थानीयस्तरमा सीप सिकाउदै परम्परागत सामग्रीको महत्वबारे नयाँ पुस्तालाई जानकारी गराएर यसको प्रयोगलाई प्रोत्साहन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो
ताजा खबरJust now

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ । काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६ नम्बरको सुमो सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सुनकोशी नदीमा खस्दा मृत्यु हुने तीन जना र बेपत्ताको पहिचान खुलेको छ । मृत्यु हुनेमा... ...

रातोपाटी
कूटनीतिज्ञमाथि आक्रमणको इयूद्वारा कडा निन्दा
ताजा खबरJust now

कूटनीतिज्ञमाथि आक्रमणको इयूद्वारा कडा निन्दा

काठमाडौँ । युरोपेली सङ्घ (इयु) ले इजरायलको कब्जामा रहेको पश्चिम किनारमा भ्रमणमा रहेका युरोपेली कूटनीतिज्ञहरूमाथि इजरायली बस्तीवासीले गरेको आक्रमणको आइतबार कडा निन्दा गरेको छ । इयुको विदेश सेवाले जारी गरेको विज्ञप्तिमा पश्चिम... ...

रातोपाटी
फ्रान्समा हिंसात्मक प्रदर्शन : एकैदिन १८ सय भन्दा बढी पक्राउ
ताजा खबरJust now

फ्रान्समा हिंसात्मक प्रदर्शन : एकैदिन १८ सय भन्दा बढी पक्राउ

काठमाडौं । फ्रान्समा भएका हिंसात्मक प्रदर्शनका क्रममा एक हजार ८०० भन्दाबढी व्यक्ति पक्राउ परेको गृहमन्त्री लरेन्टनुनेजले आइतबार बताएका छन् । प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुनुका साथै आगजनी, तोडफोड र लुटपाटका घटना भएका थिए । सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै गृहमन्त्री नुनेजले घटनामा सङ्लग्न व्यक्तिहरूको पहिचान गर्न अनुसन्धान भइरहेको बताए । उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play