Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

सिसिटिभी निगरानीलगायतको निगरानीमा उपत्यकामा एकै दिन ६७५ सवारीचालक ट्राफिक कारबाहीमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
सिसिटिभी निगरानीलगायतको निगरानीमा उपत्यकामा एकै दिन ६७५ सवारीचालक ट्राफिक कारबाहीमा
Photo / Coverage: टेक्नोलोजी खबर

काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारीचालक एकै दिन कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा गरेको नियमित तथा विशेष चेकजाँचका क्रममा उनीहरूलाई कारबाही गरेको हो। कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १०३, सिसिटिभी निगरानीबाट पहिचान भएका ३५, ट्राफिक बत्तीको सङ्केत उल्लङ्घन गर्ने ३६ र तीव्र गतिमा सवारी चलाउने ११३ जना छन्। त्यस्तै, निषेधित क्षेत्रमा हर्न बजाउने १६, सवारीसाधनको अवस्था दुरुस्त नराख्ने २५, लेन पालना नगर्ने तीन तथा एकतर्फी रुपमा सवारी हुइक्याउने आठ जना कारबाहीमा परेका छन्। अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३३६ जना चालकलाई जरिवानासहित कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए। उनका अनुसार सडक दुर्घटना न्यूनीकरण, सवारी आवागमन व्यवस्थित र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि उपत्यकामा निगरानी तथा चेकजाँचलाई तीव्रता दिइएको छ। ट्राफिक कारबाहीको उद्देश्य जरिवाना असुल गर्नु मात्र नभई सडक दुर्घटना न्यूनीकरण गर्दै नागरिकको सुरक्षित यात्रा सुनिश्चित गर्नु रहेको उनले बताए। विशेषगरी मापसे गरी सवारी चलाउने, तीव्र गति अपनाउने र ट्राफिक सङ्केतको बेवास्ता गर्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाउने भएकाले त्यस्ता गतिविधि नियन्त्रणमा विशेष निगरानी गरिएको उनको भनाइ छ। ट्राफिक प्रहरीले मुख्य सडक तथा बढी सवारी चाप हुने चोकमा नियमित चेकजाँच र सिसिटिभी निगरानीमार्फत नियम उल्लङ्घन गर्ने चालकको पहिचान गरी कारबाही गर्दै आएको छ। प्रहरीले सडक अनुशासन कायम राख्न तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्न सबै सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।–रासस The post सिसिटिभी निगरानीलगायतको निगरानीमा उपत्यकामा एकै दिन ६७५ सवारीचालक ट्राफिक कारबाहीमा appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नागार्जुन नगरपालिकाले नि:शुल्क डिजिटल मार्केटिङ तालिम दिने, मंसिर २१ सम्म आवेदन दिन सकिने
TechnologyJust now

नागार्जुन नगरपालिकाले नि:शुल्क डिजिटल मार्केटिङ तालिम दिने, मंसिर २१ सम्म आवेदन दिन सकिने

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाले नगरभित्रका स्थायी बासिन्दालाई लक्षित गरी १५ दिने डिजिटल मार्केटिङ तालिम सञ्चालन गर्ने भएको छ । डिजिटल मार्केटिङसम्बन्धी सीप र ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले नगरपालिकाले तालिम सञ्चालन गर्न लागेको हो ।तालिममा सहभागी हुन इच्छुक व्यक्तिबाट नगरपालिकाले आवेदन माग गरेको छ । नगर कार्यपालिकाको कार्यालयले केही दिनअघि सार्वजनिक सूचना जारी गर्दै इच्छुक व्यक्तिलाई मंसिर २१ गतेभित्र आवेदन ...

आइसिटी समाचार
एआईको प्रयोगमा पोखराका २८ युवाले पाँच दिनमै बनाए स्थानीय समस्या समाधान गर्ने सफ्टवेयर
TechnologyJust now

एआईको प्रयोगमा पोखराका २८ युवाले पाँच दिनमै बनाए स्थानीय समस्या समाधान गर्ने सफ्टवेयर

१२ मंसिर, काठमाडौं। डेमो डेमा पोखराका नगरप्रमुखसमक्ष गण्डकीका २८ युवाद्वारा एआई-निर्मित सफ्टवेयर प्रस्तुत पाँच दिन, २८ युवा, एउटै मञ्च: एआईको साथमा पोखराका युवाले बनाए आफ्नै सफ्टवेयर: खाली कागजदेखि कार्यशील सफ्टवेयरसम्म, डेमो डेमा नगरप्रमुखसमक्ष प्रस्तुति “पोखरामा सम्पन्न ‘एआई-एसिस्टेड सफ्टवेयर इन्जिनियरिङ तालिम’ को दोस्रो संस्करणमा गण्डकी प्रदेशका २८ जना युवाले केवल पाँच दिनमै खाली कागजदेखि कार्यशील सफ्टवेयर तयार […] The post एआईको प्रयोगमा ...

आइसिटी फ्रेम
व्यापारिक गोप्य सूचना चोरेको आरोप लगाउँदै ओपनएआईले एप्पलमाथि हाल्यो मुद्दा
TechnologyJust now

व्यापारिक गोप्य सूचना चोरेको आरोप लगाउँदै ओपनएआईले एप्पलमाथि हाल्यो मुद्दा

च्याटजीपीटी निर्माता ओपनएआईले प्रविधि कम्पनी एप्पलमाथि व्यापारिक गोप्य सूचना चोरेको र आफ्ना आगामी उपकरण निर्माणमा सहकार्य गर्न हार्डवेयर आपूर्तिकर्तालाई निरुत्साहित गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको छ। एप्पलले आफ्ना कर्मचारीलाई प्रविधिसम्बन्धी गोप्य सूचना प्राप्त गर्ने उद्देश्यले ओपनएआईमा लगेको आरोप लगाउँदै मुद्दा दायर गरेपछि ओपनएआईले शुक्रबार अमेरिकाको क्यालिफोर्नियास्थित संघीय अदालतमा प्रतिउजुरी दिएको हो। ओपनएआईले अदालतमा पेस गरेको उजुरीमा एप्पलको कर्मचारी व्यवस्थापन नीतिले कर्मचारीलाई ...

टेक्नोलोजी खबर
इसेवामा अब सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ बीमा योजना उपलब्ध, १ लाखसम्मको बीमा सुरक्षा
TechnologyJust now

इसेवामा अब सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ बीमा योजना उपलब्ध, १ लाखसम्मको बीमा सुरक्षा

इसेवा र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीचको सहकार्यमा ‘स्क्यान एन्ड केयर’ बीमा योजना अब इसेवामार्फत सजिलै किन्न सकिने भएको छ। डिजिटल माध्यमबाट सर्वसाधारणसम्म बीमा सेवाको पहुँच सहज र सरल बनाउने उद्देश्यका साथ दुई कम्पनीबिच इसेवाबाटै सजिलै उक्त बीमा खरिद गर्न सकिने साझेदारी भएको हो। यस साझेदारीअन्तर्गत इसेवाका ग्राहकले स्क्यान एन्ड केयर टर्म लाइफ इन्स्योरेन्स र सन मेडिकेयर गरी कुल १ लाखसम्मको ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement