सिरहामा खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौं। प्रहरीले सिरहाको गोलबजार नगरपालिका-४ बाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। आइतबार लागुऔषध नियन्त्रण ब्युरोको बर्दिबास शाखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा सिरहाको सुखीपुर नगरपालिका-५ का ३१ वर्षीय अजय कुमार यादव र सोही ठाउँका २० वर्षीय अरविन्द कुमार यादव रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोका सहप्रवक्ता तथा डीएसपी जीवन निरौलाका अनुसार आरोपीहरूको साथबाट ५३ ग्राम ३ मिलिग्राम खैरो हेरोइन र एक थान डिजिटल तराजु बरामद गरिएको छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गोलबजारमा बुझाइएको डीएसपी निरौलाले जानकारी दिएका छन्।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

दसैँपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे
मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दसैँपछि भक्तजनको सङ्ख्या बढेको छ । दसैँ अगाडि प्रायः सुनसान जस्तै रहेको मुक्तिनाथ मन्दिरमा अहिले भने पर्यटकको चहलपहल बाक्लो... ...

सप्तरी सहिदहरूको भूमि हो : महामन्त्री संग्रौला
सप्तरी । नेपाली कांग्रेसका महामन्त्री महिला डा डिला संग्रौलाले सप्तरी सहिदहरूको भूमि भएको बताएकी छन् । सप्तरी क्षेत्र नं २ प्रदेश तथा नगर कार्यसमितिले राजविराजमा आज आयोजना गरेको दसैँ, तिहार तथा... ...

न्युक्यासलसँग क्रिस्टल प्यालेस २–० ले पराजित
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेडले क्रिस्टल प्यालेसलाई २–० गोलले पराजित गरेको छ । आइतबार प्यालेसको घरेलु मैदान सेलहर्स्ट पार्कमा भएको खेलमा न्युक्यासलले दोस्रो हाफमा दुई गोल गरेको... ...

हल सिटी र ब्रेन्टफोर्डले खेले १–१ को बराबरी
काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा हल सिटी र ब्रेन्टफोर्डले १–१ गोलको बराबरी खेलेका छन् । दुवै टोलीले एक–एक गोल गरेपछि अङ्क बाँडेका हुन् । ब्रेन्टफोर्डले दोस्रो हाफमा पुनरागमन गर्दै... ...


