सिद्धार्थ बैंकले पहिलो त्रैमासमै कमायो ८५ करोड १५ लाख रुपैयाँ खुद नाफा

काठमाडौं । सिद्धार्थ बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ८५ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६२.७ प्रतिशतले बढेको हो। अघिल्लो वर्षको पहिलो त्रैमासमा बैंकले ३२ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा भएको वृद्धिले नाफा बढाउन सहयोग गरेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.५ प्रतिशतले बढेर २ अर्ब ३८ करोड ९६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब १६ करोड २५ लाख रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा भने १४७.१ प्रतिशतले बढेर १ अर्ब २५ करोड ५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा यस्तो मुनाफा ५० करोड ६० लाख रुपैयाँ थियो। सञ्चालन मुनाफामा भएको उल्लेख्य वृद्धिसँगै बैंकको खुद नाफामा पनि उच्च वृद्धि देखिएको हो। नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानीमा समेत सुधार आएको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा ७ रुपैयाँ ८२ पैसा रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी यस वर्ष १८ रुपैयाँ ७६ पैसा पुगेको छ। समूहको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ४१ पैसा छ। बैंकको प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ६१ पैसा रहेको छ। The post सिद्धार्थ बैंकले पहिलो त्रैमासमै कमायो ८५ करोड १५ लाख रुपैयाँ खुद नाफा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?
काठमाडौं । कल्पना गर्नुहोस् त, तपाईंले सामान्य रूपमा किनेको एउटा इनर्जी ड्रिङ्कसले तपाईंलाई नयाँ मोटरसाइकल वा स्कुटरको मालिक बनायो भने कस्तो होला ? अझ, त्यही खरिदले कार जित्ने अवसरसमेत दिलायो भने ? सुन्दा अचम्म लाग्न सक्छ, तर म्याक्स टाइगर इनर्जी ड्रिङ्कसका नौ जना उपभोक्ताका लागि यस्तै सुखद संयोग जुरिसकेको छ । म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न स्थानका ...

सल्यानमा केशर खेतीको परीक्षण सफल, प्रतिग्राम हजारमा बिक्री
छोटो समयमै आम्दानी र उच्च बजार मूल्य देखिएपछि स्थानीय किसानहरू परम्परागत बाली छाडेर केशरको व्यावसायिक खेतीतर्फ आकर्षित भइरहेका छन्। ...

मर्मतमा ढिलाइले सल्यानका ग्रामीण सडकमा सास्ती
सडकमा पहिरो, खाल्डाखुल्डी र हिलो हुँदा स्थानीय जोखिम मोलेर यात्रा गर्न तथा बिरामीलाई स्ट्रेचरमा बोक्न बाध्य छन्। ...

नेपालको पर्यटन विश्वमाझ पुर्याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य
नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट विश्वभर चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता (ट्राभल कन्टेन्ट क्रिएटर) नेपाल आएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियतामा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), बङ्गलादेश र श्रीलङ्... ...


