सिद्धार्थ बैंक लिमिटेडले अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक संस्था भिसा इन्टरनेशनलबाट दुई उत्कृष्टता अवार्ड प्राप्त गरेको छ। भिसाद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा बैंकलाई कार्ड व्यवसायमा गरेको प्रदर्शनका आधारमा सम्मानित गरिएको हो। बैंकले ‘एक्सिलेन्स इन कन्जुमर प्रिपेड कार्ड्स बिजनेस’ र ‘एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड्स बिजनेस’ अवार्ड प्राप्त गरेको छ। ग्राहकलाई सुरक्षित, छरितो तथा आधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यअनुरूप क्रेडिट कार्ड तथा प्रिपेड कार्ड सेवाको बजार विस्तार गर्दै आएको बैंकले जनाएको छ। बैंकका अनुसार २०८३ असार मसान्तसम्म नेपालका बैंकहरूले कुल ३ लाख ३० हजार क्रेडिट कार्ड जारी गरेका छन्। त्यसमध्ये सिद्धार्थ बैंकले करिब ६९ हजार क्रेडिट कार्ड जारी गरेको छ। यस आधारमा क्रेडिट कार्ड बजारमा सिद्धार्थ बैंकको हिस्सा करिब २१ प्रतिशत रहेको छ। त्यस्तै, सोही अवधिसम्म बैंकहरूले कुल २ लाख ८० हजार प्रिपेड कार्ड जारी गरेका छन्। त्यसमध्ये सिद्धार्थ बैंकले करिब ४२ हजार प्रिपेड कार्ड जारी गरेको छ। यस आधारमा प्रिपेड कार्ड बजारमा बैंकको हिस्सा करिब १५ प्रतिशत रहेको छ। भिसाबाट प्राप्त अवार्डले बैंकको सेवा गुणस्तर, प्रविधिमैत्री नीति तथा ग्राहकको बढ्दो विश्वासलाई प्रतिबिम्बित गरेको बैंकले जनाएको छ। यसैबीच, बैंकले क्रेडिट कार्ड सेवाको पहुँच थप विस्तार गर्ने उद्देश्यले आगामी मंसिर २९ गतेसम्म ग्राहकलाई आजीवन निःशुल्क क्रेडिट कार्डका लागि आवेदन दिन सक्ने सुविधा उपलब्ध गराएको छ।
सिद्धार्थ बैंकलाई भिसा इन्टरनेशनलद्वारा दुई उत्कृष्टता अवार्ड प्रदान

Read Complete Original Article
Published originally on पर्दाफास






