Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

साहित्यकार मोती शोभा श्रेष्ठका पाँच नयाँ कृति सार्वजनिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
साहित्यकार मोती शोभा श्रेष्ठका पाँच नयाँ कृति सार्वजनिक
Photo / Coverage: नेपालन्युज

काठमाडौं। साहित्यकार मोती शोभा श्रेष्ठका नेपाली, नेपाल भाषा र अंग्रेजी भाषामा लेखिएका पाँच नयाँ कृति एकैसाथ लोकार्पण गरिएका छन्। कार्यक्रममा वक्ताहरूले बहुभाषिक र विविध विधाका कृतिको प्रकाशनले नेपाली साहित्यलाई थप समृद्ध बनाउने विश्वास व्यक्त गरे। श्रेष्ठका नेपाली भाषाका कथासङ्ग्रह सपनाको उडान र यात्रा संस्मरण यात्राको वेग : अनुभूतिको संवेग लोकार्पण गरिएका छन्। नेपाल भाषामा कथासङ्ग्रह तक्यङ्गु सुका र लघु उपन्यास रङ्गीचङ्गी स्वान छायपियातगु केब सार्वजनिक भए। अंग्रेजी भाषामा लघु उपन्यास Mother Who Named Me Satya लोकार्पण गरिएको छ। लोकार्पित कृतिमाथि वरिष्ठ कथाकार एवं उपन्यासकार भागीरथी श्रेष्ठ र साहित्यकार तथा चित्रकार ज्ञानेन्द्र विवशले टिप्पणी गरेका थिए। सपनाको उडान मा ३८ कथा समेटिएका छन्। मानव जीवन, संवेदना, प्रेम, प्रकृति र समसामयिक सामाजिक विषयलाई कथामा प्रस्तुत गरिएको छ। त्यस्तै, यात्राको वेग : अनुभूतिको संवेग मा विभिन्न स्थानका इतिहास, संस्कृति, रहनसहन र यात्राका अनुभव समेटिएका छन्। नेपाल भाषाको कथासङ्ग्रह तक्यङ्गु सुका मा ६० कथा रहेका छन्। रङ्गीचङ्गी स्वान छायपियातगु केब ले पारिवारिक संरचनामा आएको परिवर्तन, संयुक्त परिवार र अन्तरजातीय मेलमिलापका विषय उठाएको छ। अंग्रेजी लघु उपन्यास Mother Who Named Me Satya मा बालश्रम र बालबालिकाको संरक्षणको सवाललाई प्रस्तुत गरिएको छ। नेपाल सरकारको सहसचिव पदबाट अवकाश पाएकी श्रेष्ठ साहित्यिक तथा सामाजिक गतिविधिमा सक्रिय छिन्। उनले २०७८ सालदेखि साहित्य सिर्जना सुरु गरेकी हुन्। यसअघि उनका नेपाली भाषामा पाँच लघु उपन्यास र दुई कथासङ्ग्रह प्रकाशित भइसकेका छन्। उनका केही कृति नेपाल भाषा र अंग्रेजीमा समेत अनुवाद तथा प्रकाशन भएका छन्। पूर्वअर्थमन्त्री एवं साहित्यकार शंकरप्रसाद कोइरालाको अध्यक्षतामा आयोजित कार्यक्रममा साहित्यकार विमल कोइराला प्रमुख अतिथि तथा नेपाली साहित्य स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विपद्को नायक लियो
Latest NewsJust now

विपद्को नायक लियो

बाढीले बस्ती बगाएको थियो। घरका भग्नावशेष नदीको भेलसँगै टाढाटाढासम्म पुगेका थिए। कतै माटो र ढुंगाको थुप्रो थियो, कतै नदीले बगाएर ल्याएका काठ र संरचनाका टुक्रा। मानिसहरू आफ्ना आफन्तको खोजीमा भौँतारिरहेका थिए। कोही अस्पतालमा नाम र तस्बिर बोकेर पुगेका थिए, कोही नदी किनार र बगरमा घण्टौँ हिँडिरहेका थिए। उद्धारकर्मीहरू पनि हराएका मानिसको कुनै चिह्न भेटिन्छ कि भन्ने आशामा जोखिमपूर्ण क्षेत्रमा खोजी ...

नेपालन्युज
इजरायल ठगी प्रकरण :  भरत चौलागाईं कारागार चलान, ४ जना धरौटीमा रिहा
Latest NewsJust now

इजरायल ठगी प्रकरण :  भरत चौलागाईं कारागार चलान, ४ जना धरौटीमा रिहा

काठमाडौँ । वैदेशिक रोजगारीका लागि इजरायल पठाउने लोभ देखाएर ठगेको घटनामा संलग्न मुख्य आरोपीलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । थुनछेक पछि काठमाडौँ जिल्ला अदालतले शुक्रबार रामेछाप... ...

रातोपाटी
२ लाख पर्ने आधा धुर जग्गाको मुद्दामा २० लाख सकियो, अझै अदालत धाउँदैछन् महेन्द्र चौधरी
Latest NewsJust now

२ लाख पर्ने आधा धुर जग्गाको मुद्दामा २० लाख सकियो, अझै अदालत धाउँदैछन् महेन्द्र चौधरी

बारा । कलैया उपमहानगर–२१ का ६० वर्षीय महेन्द्र चौधरी झट्ट हेर्दा उमेरभन्दा धेरै पाका देखिन्छन् । उनको शरीरमा कुनै फूर्ति छैन, मन अँध्यारो छ । खेतीपाती र वस्तुभाउको धन्दाले एकछिन फुर्सद... ...

रातोपाटी
थारू समुदायको सोहराइ : रोटीमा झल्किने मौलिक संस्कृति
Latest NewsJust now

थारू समुदायको सोहराइ : रोटीमा झल्किने मौलिक संस्कृति

बोमलाल गिरीनवलपुर, कात्तिक २२ गते । नवलपुरको आदिवासी थारु समुदायले आजदेखि हर्षोल्लासका साथ सोहराइ (तिहार) पर्व मनाउँदै छन् । दसैंको १६ दिनपछि पर्ने पर्व भएकाले सोहराइ भन्ने गरिएको... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play