Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा १२० फर्म तथा कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा १२० फर्म तथा कम्पनी कालोसूचीमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी, प्रतिस्पर्धात्मक र जवाफदेही बनाउने सरकारको लक्ष्यअनुरूप सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३ गतेदेखि हालसम्म १२० वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुन तथा प्रक्रियाको पालना नगर्ने र खरिद कार्यमा तोकिएको जिम्मेवारी पूरा नगर्ने फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ। वर्तमान सरकार गठन भएयता सार्वजनिक खरिद प्रणालीलाई थप पारदर्शी, प्रतिस्पर्धात्मक र विश्वसनीय बनाउन विभिन्न सुधारका कार्यक्रम अघि बढाइएको कार्यालयले जनाएको छ। यसक्रममा सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो संशोधन तथा सार्वजनिक खरिद नियमावली, २०६४ को पन्ध्रौँ र सोह्रौँ संशोधन कार्यान्वयनमा ल्याइएको छ। साथै, ऐन तथा नियमावलीमा भएका परिवर्तनअनुसार वस्तु तथा निर्माण कार्य खरिदका नौ प्रकारका नमुना बोलपत्रसम्बन्धी कागजात (एसबीडी) समेत परिमार्जन गरिएको छ। त्यसैगरी, सार्वजनिक खरिद प्रक्रियामा संलग्न कर्मचारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यालयले आफ्नै आयोजनामा ५५६ जना र विभिन्न सार्वजनिक निकायसँगको साझेदारीमा थप १५६ जना गरी कुल ७१२ जना कर्मचारीलाई तालिम प्रदान गरेको छ। सरकारले सार्वजनिक खरिद प्रक्रियामा अनुशासन, स्वच्छ प्रतिस्पर्धा र जवाफदेहिता कायम गर्दै सार्वजनिक स्रोतसाधनको प्रभावकारी उपयोग सुनिश्चित गर्ने लक्ष्य लिएको जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

[अर्काइभ] बहुदलवादी नेताहरूको हत्या गर्ने उद्घोष गरेपछि...
ताजा खबरJust now

[अर्काइभ] बहुदलवादी नेताहरूको हत्या गर्ने उद्घोष गरेपछि...

बहुदलवादी नेताहरूको हत्या गर्ने उद्घोष गरिएपछि त्यसको विरोधमा संसद्मा आवाज उठेको थियो । २०५७ असार २४ को उक्त घटनाबारे असार २६ मा सांसदहरूले सदनमा आपत्ति जनाएका थिए । ...

कान्तिपुर
तीन महिनामा सात अर्ब १३ करोड राजस्व सङ्कलन
ताजा खबरJust now

तीन महिनामा सात अर्ब १३ करोड राजस्व सङ्कलन

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा रु सात अर्ब १३ करोड ७६ लाख ८० हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले असोज मसान्तसम्म... ...

रातोपाटी
सुनकोसी मरिणका दुई इन्जिनियर रिहा
ताजा खबरJust now

सुनकोसी मरिणका दुई इन्जिनियर रिहा

काठमाण्डु– सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोशी–मरिण डाइभर्सन आयोजनाका प्रमुख कृष्णप्रसाद रिजाल रिहा भएका छन्। आवश्यक सोधपुछ तथा अनुसन्धानपछि शुक्रबार दुवै जनालाई रिहा गरिएको हो । रजौरिया सिँचाइ विभागका महानिर्देशक तथा रिजाल सुनकोशी–मरिण डाइभर्सन आयोजनाका प्रमुखका रूपमा कार्यरत छन्। बिहीबार प्रहरीले रजौरियालाई सिरहाको लहानबाट र रिजाललाई सिन्धुलीबाट नियन्त्रणमा लिएर काठमाण्डु पठाएको थियो। उनीहरूलाई सुनकोसी […] ...

काठमाण्डुपाटी
अघिल्लो दिन प्रहरीको ‘चेतावनीयुक्त’ विज्ञप्ति, भोलिपल्ट कसको निर्देशनमा भयो पत्रकारमाथि धरपकड ?
ताजा खबरJust now

अघिल्लो दिन प्रहरीको ‘चेतावनीयुक्त’ विज्ञप्ति, भोलिपल्ट कसको निर्देशनमा भयो पत्रकारमाथि धरपकड ?

काठमाडौँ । समाचार लेखेकै आधारमा नेपाल प्रहरीले शुक्रबार केही सञ्चारमाध्यमका सञ्चारकर्मीमाथि एकाएक धरपकड गरेपछि उक्त कार्यको चर्को आलोचना भएको छ । यो धरपकड यस्तो बेला भयो, बिहीबारमात्रै प्रहरी प्रधान कार्यालयले... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play