Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सामुदायिक वनमा रुद्राक्षदेखि एभोकाडोसम्मका बिरुवा

सामुदायिक वनमा रुद्राक्षदेखि एभोकाडोसम्मका बिरुवा

Share:WhatsAppFacebookX (Twitter)Telegram
सामुदायिक वनमा रुद्राक्षदेखि एभोकाडोसम्मका बिरुवा

तनहुँ।जिल्लाका विभिन्न सामुदायिक वनमा फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका बिरुवा रोपण गरिएको छ। कृषि वन प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले सामुदायिक वनको खाली तथा उपयुक्त क्षेत्रमा वृक्षरोपण गर्नुका साथै अन्य सामुदायिक वन र निजी जग्गामा रोपण गर्न मागअनुसार बिरुवा वितरण गरेको हो। डिभिजन वन कार्यालय, तनहुँका प्रमुख मनोज रानाभाटका अनुसार कृषि वन प्रणाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न सामुदायिक वनमा रुद्राक्ष, आँप, लिची, एभोकाडो, कटहर, चाँप, तेजपातलगायत प्रजातिका बिरुवा रोपिएका छन्। उक्त कार्यक्रमले वन संरक्षणसँगै फलफूल उत्पादन, आयआर्जन र वन क्षेत्रको बहुउपयोगलाई जोड्ने लक्ष्य राखेको उनले बताए। कार्यालयले खोरादी, भोर्ले फूलबारी, मालागिरी र सानो देउराली सामुदायिक वनमा वृक्षरोपण गरेको छ। यी चार सामुदायिक वनमा मात्रै कुल साढे पाँच हेक्टर क्षेत्रफलमा विभिन्न प्रजातिका बिरुवा रोपिएका छन्। खोरादी सामुदायिक वनमा एक हेक्टर क्षेत्रफलमा ६२५ वटा रुद्राक्षका बिरुवा रोपिएका छन्। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको रुद्राक्षको खेतीलाई वन क्षेत्रसँग जोडेर प्रवर्द्धन गर्ने उद्देश्यले वृक्षरोपण गरिएको हो। त्यस्तै, मालागिरी सामुदायिक वनको दुई हेक्टर क्षेत्रफलमा एक हजार ७०० वटा रुद्राक्षका बिरुवा रोपिएका छन्। रुद्राक्षका बिरुवाले भविष्यमा उत्पादन दिन थालेपछि सामुदायिक वनको उपयोगिता बढ्नुका साथै स्थानीयस्तरमा आम्दानीको सम्भावना सिर्जना हुने अपेक्षा गरिएको रानाभाटले बताउनुभयो । भोर्ले फूलबारी सामुदायिक वनको एक हेक्टर क्षेत्रफलमा विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपिएका छन् । उक्त वनमा १०० कटहर, १४० वटा लिची र १८५ वटा एभोकाडोका बिरुवा रोपिएको छ। फलफूलका प्रजाति छनोट गरेर गरिएको वृक्षरोपणले वन क्षेत्रको उपयोग बढाउनुका साथै भविष्यमा फलफूल उत्पादन र स्थानीय आयआर्जनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। सानो देउराली सामुदायिक वनको डेढ हेक्टर क्षेत्रफलमा विभिन्न प्रजातिका एक हजार ६६६ वटा बिरुवा रोपिएका छन्। उक्त क्षेत्रमा ५०० चाप, ३०० तेजपात, २५० आँप, २५० लिची, ६६ एभोकाडो, १०० बडहर र २०० रुद्राक्षका बिरुवा रोपिएको छ। एउटै सामुदायिक वनमा काठ, फलफूल तथा अन्य बहुउपयोगी प्रजातिका बिरुवा रोपेर वनको विविधता बढाउने प्रयास गरिएको छ। रानीवन सामुदायिक वनलाई १२० वटा आँप, १२० वटा लिची र १२० वटा एभोकाडोका बिरुवा उपलब्ध गराइएको छ। त्यस्तै, मधुवन सामुदायिक वनलाई २६० वटा आँप, २६० वटा लिची र २६० वटा एभोकाडोका बिरुवा वितरण गरिएको छ। शेरा सामुदायिक वनलाई २०० आँप र २०० लिचीका बिरुवा वितरण गरिएको छ । छपेली सामुदायिक वनलाई २० आँप, २० लिची, ५० एभोकाडो र २०० वटा मेकाडेनियाका बिरुवा उपलब्ध गराइएको छ । यसैगरी, सालडाँडा धुसेनी वनलाई १० आँप, १२० एभोकाडो, १०० रुद्राक्ष, ५० मेकाडेनिया र २० वटा बोधिचित्तका बिरुवा वितरण गरिएको छ । सामुदायिक वनमार्फत विभिन्न प्रजातिका बिरुवा रोपण र वितरण गर्ने कार्यक्रमले वन उपभोक्ता समूहलाई वन क्षेत्रको उत्पादनमूलक उपयोगतर्फ प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित
ताजा खबरJust now

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद, कात्तिक ११ गते । भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा ८९ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । बुधबार बिहान तट पार गरेको चक्रवातले तीव्... ...

गोरखापत्र
एन्फा मुख्यालयको ताला खुल्यो, वरिष्ठ उपाध्यक्ष खड्काले बोलाए केन्द्रीय समिति बैठक
ताजा खबरJust now

एन्फा मुख्यालयको ताला खुल्यो, वरिष्ठ उपाध्यक्ष खड्काले बोलाए केन्द्रीय समिति बैठक

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित मुख्यालयमा लगाइएको ताला खुलेको छ । एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले कात्तिक १३ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । ... ...

रातोपाटी
भोटेकोशी र कालीगण्डकी बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्यांक माग
ताजा खबरJust now

भोटेकोशी र कालीगण्डकी बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्यांक माग

बुधबार बसेको बैठकमा समितिका सभापति कृष्णप्रसाद पौडेलले मन्त्रालयलाई यथाशीघ्र सूक्ष्मरुपमा प्रत्येक वडाको हानीनोक्सानी र क्षतिको विवरण उपलब्ध गराउन माग गरेका हुन् । ...

कान्तिपुर
विपद्बाट भएको क्षतिको पुनःस्थापनाका लागि ५७ मिलियन डलर तत्काल आवश्यक
ताजा खबरJust now

विपद्बाट भएको क्षतिको पुनःस्थापनाका लागि ५७ मिलियन डलर तत्काल आवश्यक

काठमाडाैँ । रसुवा–भोटेकोशी विपद्बाट भएको क्षतिको प्रारम्भिक अनुमानअनुसार पुनःस्थापना तथा पुनर्निर्माणका लागि ४ अर्ब ७० करोडदेखि ४ अर्ब ७५ करोड अमेरिकी डलरसम्म आवश्यक पर्ने देखिएको छ । तर प्रारम्भिक पुनःस्थापनाका लागि सरकारले तत्काल ५७ मिलियन अमेरिकी डलर आवश्यक रहेको जनाएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. महेश्वर ढकालले गैरआर्थिक क्षतिको मूल्याङ्कन गर्दा आवश्यक रकम प्रारम्भिक ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play