सामाजिक सञ्जालले बढायो सुकुटीको कारोबार

धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्यापार फस्टाउँदै गएको छ। घरमै सुकुटी र अचार तयार पारेर बिक्री गर्ने महिलाले पछिल्लो समय सामाजिक सञ्जाललाई व्यापार विस्तारको माध्यम बनाउन थालेका छन्। टिकटक, फेसबुक र इन्स्टाग्राममार्फत उत्पादनको प्रचारप्रसार गर्दा स्वदेश तथा विदेशका विभिन्न ठाउँबाट अर्डर आउने गरेको व्यापारी बताउँछन्। धरानको मुख्य चोक भानुचोकबाट पूर्वतर्फ रहेको निकेतन गल्लीमा सुकुटी बिक्री गर्ने पसल लस्करै छन्। यहाँ बिहानदेखि बेलुकासम्म सुकुटी किन्ने ग्राहकको चहलपहल हुन्छ। गल्लीमा पसल सञ्चालन गरेर बिक्री गर्ने मात्र नभई घरमै सुकुटी र अचार बनाएर सामाजिक सञ्जालमार्फत अर्डर लिने महिलाको सङ्ख्या पनि बढ्दै गएको छ। धरान उपमहानगरपालिका–१५ की निता तामाङले सुकुटी बिक्री गर्न थालेको ६ वर्ष भयो। उनले निकेतन गल्लीमा बिहानदेखि बेलुकासम्म सुकुटीसँगै त्यसबाट बनाइएको अचार बिक्री गर्दै आएकी छन्। उनले तयार पारेको सुकुटी र अचारको माग नेपालमा मात्र नभई विदेशमा समेत रहेको बताइन्। विशेषगरी बेलायत, अमेरिका र हङकङलगायतका देशबाट सुकुटी तथा अचारको अर्डर आउने गरेको उनको भनाइ छ। सामाजिक सञ्जाल अहिले व्यापारका लागि प्रभावकारी माध्यम बनेको छ। “दिनभर गल्लीमा बसेर ग्राहक पर्खनुभन्दा टिकटक र फेसबुकमार्फत उत्पादनको प्रचार गर्न सके धेरै ग्राहकसम्म पुग्न सकिन्छ। सामाजिक सञ्जालमा सुकुटी र अचार देखेर अनलाइनमार्फत अर्डर गर्ने ग्राहक धेरै छन्”, तामाङले भनिन्। तामाङले एक पटकमा १२० केजीसम्म राँगाको मासु किनेर घरमै सुकुटी बनाउने गरेको जानकारी दिइन्। घाम लागेका बेला सुकुटी सुकाउन सहज हुने उनको अनुभव छ। अहिले राम्रो घाम लाग्ने भएकाले तीन दिनमै सुकुटी सुक्ने गरेको उनले बताइन्। जाडोयाममा सुकाउन एक हप्तासम्म लाग्ने र घाम नलाग्दा आगोमा समेत सुकाउनुपर्ने हुँदा बढी समय लाग्ने उनको भनाइ छ। सुकुटीको व्यापारबाट मासिक रु ८० हजारदेखि एक लाखसम्म आम्दानी हुने गरेको तामाङले बताइन्। धरान–१५ कै बिनिता गिरीले पनि ९ वर्षदेखि सुकुटी र त्यसबाट बनाइएको अचार बिक्री गर्दै आएकी छन्। उनका अनुसार बजारमा गुणस्तरअनुसार सुकुटी प्रतिकिलो रु एक हजार ६०० देखि रु तीन हजारसम्ममा बिक्री हुने गरेको छ। त्यस्तै, सुकुटीको अचार प्रतिकिलो रु एक हजार ६०० देखि दुई हजारसम्ममा बिक्री हुने गरेको उनले बताइन्। गिरीले तयार पारेको सुकुटी धरान, इटहरी, झापा तथा काठमाडौँसम्म पुग्ने गरेको छ। हङकङ र बेलायतलगायतका देशमा समेत सुकुटी पठाउने गरिएको उनले जानकारी दिइन्। सामाजिक सञ्जाल टिकटक, फेसबुक र इन्स्टाग्रामजस्ता माध्यमको प्रयोग बढेसँगै अनलाइनबाट व्यापार गर्न सहज भएको उनको अनुभव छ। घाम लाग्दा सुकुटी सुकाउन सहज हुने भए पनि घाम नलाग्दा दाउरा किनेर सुकाउनुपर्ने बाध्यता रहेको गिरीले बताइन्। यसले उत्पादन लागत बढाउने र व्यापारबाट हुने आम्दानीमा असर पार्ने उनको भनाइ छ। निकेतन गल्लीमा सुकुटी बिक्री गर्दै आएकी दिलकुमारी तामाङले बिहानदेखि बेलुका ६ बजेसम्म व्यापार गर्दा राम्रै आम्दानी हुने गरेको बताइन्। अलिकति मेहनत गर्ने हो भने सुकुटीबाट राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ। उनले भनिन्, “सुकुटीको व्यापारबाटै घरव्यवहार चलाउँदै आएकी छु। सुकुटी तयार पार्न धेरै समय र मेहनत लाग्छ।” धरानमा सुकुटीको व्यापार गर्ने अधिकांश महिला छन्। उनीहरूले राँगाको मासु किनेर घरमै सुकुटी तयार पार्ने र बजारमा बिक्री गर्ने गरेका छन्। कतिपयले सुकुटीसँगै अचार बनाएर बिक्री गर्छन्। भानुचोक र निकेतन गल्लीमा पसल सञ्चालन गरेर बिक्री गर्ने महिलासँगै घरबाटै अर्डरअनुसार सुकुटी तथा अचार बिक्री गर्नेहरू पनि छन्। सुकुटी र अचारको व्यापारले महिलालाई स्वरोजगार बन्न, घरखर्च चलाउन र व्यवसाय विस्तार गर्न ठूलो सहयोग पुगेको छ। एउटै उत्पादनबाट विभिन्न परिकार तयार पारेर बिक्री गर्न सकिने तथा सामाजिक सञ्जालमार्फत टाढाका ग्राहकसम्म पुग्न सकिने भएकाले यस व्यवसायप्रति महिलाको आकर्षण बढ्दै गएको व्यापारी बताउँछन्।-रासस The post सामाजिक सञ्जालले बढायो सुकुटीको कारोबार appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

एप्पलले सार्वजनिक गर्यो आफ्नो पहिलो फोल्ड गर्न मिल्ने फोनको मर्मत खर्च
एप्पलले आफ्नो पहिलो फोल्ड गर्न मिल्ने फोनको मर्मत खर्च सार्वजनिक गरेको छ। आईफोन डुओ नाम दिइएको यस फोनको मर्मत खर्चमध्ये केही निकै महँगो छन्। फोनको भित्री स्क्रिन फेर्न ९९९ डलर (करिब ८६० यूरो) लाग्नेछ भने अन्य ठूला क्षतिको मर्मत खर्च १ हजार ४९९ डलर (करिब १ हजार २९० यूरो) सम्म पुग्न सक्छ। टेलिग्राफका अनुसार बाहिरी स्क्रिन फेर्न ३७९ डलर (करिब ३२६ यूरो) ...
एनपीएलको टिकट अनलाइनबाटै खरिद गर्न सकिने, इसेवाबाट किन्न सकिने
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेलका लागि टिकटको मूल्य सार्वजनिक गरेको छ । सन् २०२६ अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताका लागि साधारण र प्रिमियम टिकटको मूल्य निर्धारण गरिएको हो ।क्यानका अनुसार लिग चरणका खेल हेर्न साधारण टिकटको मूल्य ५०० रुपैयाँ तोकिएको ...

आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ नेपालमा हुने: ओडिआई विश्वकप खेल्ने आशा अझै जीवित
५ कात्तिक, काठमाडौं। नेपाली क्रिकेट प्रशंसकहरूका लागि एउटा खुसीको खबर आएको छ। आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ नेपालमै आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार यो महत्त्वपूर्ण प्रतियोगिता आउँदो डिसेम्बर ४ देखि २१ सम्म घरेलु मैदानमै सञ्चालन हुनेछ। हालै सम्पन्न आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ सिरिजमा नेपालले छैटौं स्थान हासिल गरेको थियो। […] The post आइसिसी ...


