Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

साफा बिपिए अवार्ड-२०२५ मा नेपालका ७ संस्थालाई ‘सर्टिफिकेट अफ मेरिट’

Share:WhatsAppFacebookX (Twitter)Telegram
साफा बिपिए अवार्ड-२०२५ मा नेपालका ७ संस्थालाई ‘सर्टिफिकेट अफ मेरिट’
Photo / Coverage: टक्सार

काठमाडौँ । साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (साफा) द्वारा आयोजित ‘साफा बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बिपिए) अवार्ड २०२५’ मा नेपालका सातओटा संस्थाले ‘सर्टिफिकेट अफ मेरिट’ प्राप्त गरेका छन् । बंगलादेशमा नोभेम्बर २७ र २८ तारिखमा आयोजित एक विशेष समारोहबिच नेपालका सातओटा बैंक तथा बीमा कम्पनीले ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित भएका हुन् । ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित हुने नेपाली संस्थाहरूमा नबिल बैंक लिमिटेड, कृषि बिकास बैंक, कामना सेवा विकास बैंक लिमिटेड र गरिमा विकास बैंक लिमिटेड रहेका छन् । त्यसैगरी, बीमा क्षेत्रतर्फ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड पनि ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) ले जनाएको छ । वित्तीय प्रतिवेदनमा देखाइएको उत्कृष्टता, पारदर्शिता, जवाफदेहिता र संस्थागत सुशासनको उच्च कदरस्वरूप यो सम्मान प्रदान गरिएको आइक्यानले जनाएको छ । यस अन्तर्राष्ट्रिय उपलब्धिले समग्र नेपाल र नेपाली लेखा व्यवसायको गरिमा उच्च बनाएको उल्लेख गर्दै आइक्यानले पुरस्कृत सबै संस्थाहरूको निरन्तर सफलताको कामना गरेको छ । साथै, नेपालको वित्तीय प्रतिवेदन तथा संस्थागत सुशासनको स्तरलाई अझ सुदृढ बनाउन ती संस्थाहरूले पुर्‍याएको योगदानको आइक्यानले उच्च प्रशंसासमेत गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्बभन्दा बढीको कारोबार
Latest NewsJust now

चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ । प्राधिकरणले साउनदेखि कात्तिकसम्म आन्तरिक खपतपछि बचत भएको... ...

रातोपाटी
पुरुष डबल्सतर्फ आर्मीको टिमलाई पराजित गर्दै गण्डकीका प्रदीप-करणबहादुर विजयी
Latest NewsJust now

पुरुष डबल्सतर्फ आर्मीको टिमलाई पराजित गर्दै गण्डकीका प्रदीप-करणबहादुर विजयी

दसौं राष्ट्रिय खेलकुदअन्तर्गत लन टेनिसको पुरुष डबल्सतर्फ गण्डकीका प्रदीप खड्का र करणबहादुर थापाले नेपाल आर्मीका राजवीर प्रधान–प्रणभ खनाललाई पराजित गरे । ...

कान्तिपुर
‘कान्तारा’ का ऋषभ शेट्टी बने सर्वश्रेष्ठ अभिनेता
Latest NewsJust now

‘कान्तारा’ का ऋषभ शेट्टी बने सर्वश्रेष्ठ अभिनेता

मुम्बई । बलिउड अभिनेता ऋषभ शेट्टी सर्वश्रेष्ठ अभिनेता घोषित भएका छन् । भारतको गोवामा आयोजित ५७औँ ‘अन्तर्राष्ट्रिय फिल्म महोत्सव (आइएफएफआई­ २०२६’ मा उनलाई सर्वश्रेष्ठ अभिनेता घोषित गर्दै सिल्भर पिकक’ पुरस्कार... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement