सात देशका कन्टेन्ट क्रिएटर नेपालमा, तीन पर्यटकीय गन्तव्यको प्रचार गर्ने

काठमाडौं । नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सात देशका प्रभावशाली कन्टेन्ट क्रिएटर नेपाल आएका छन् । नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, बंगलादेश र श्रीलंकाका कन्टेन्ट क्रिएटर नेपाल आएका हुन् । उनीहरूले पोखरा, चितवन र बर्दियाका प्रमुख पर्यटकीय गन्तव्यको भ्रमण गरी नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति, वन्यजन्तु र स्थानीय जीवनशैली समेटिएका सामग्री तयार पार्नेछन् । भ्रमणका क्रममा तयार पारिएका दृश्य सामग्री टिकटकसहितका सामाजिक सञ्जालमार्फत विश्वभर प्रचार गरिने नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले बताएका छन् । यसबाट नेपाली पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । बोर्ड र टिकटकबीच सन् २०२५ अगस्ट १९ मा नेपालको पर्यटन विश्वव्यापी रूपमा प्रवद्र्धन गर्ने समझदारी भएको थियो । सोही सहकार्यअन्तर्गत सुरु गरिएको ‘लाइफटाइम एक्सपेरियन्सेस’ अभियानलाई निरन्तरता दिँदै सन् २०२६ मा पनि डिजिटल माध्यमबाट पर्यटन प्रवद्र्धनका गतिविधि सञ्चालन गरिएको हो । The post सात देशका कन्टेन्ट क्रिएटर नेपालमा, तीन पर्यटकीय गन्तव्यको प्रचार गर्ने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?
काठमाडौं । कल्पना गर्नुहोस् त, तपाईंले सामान्य रूपमा किनेको एउटा इनर्जी ड्रिङ्कसले तपाईंलाई नयाँ मोटरसाइकल वा स्कुटरको मालिक बनायो भने कस्तो होला ? अझ, त्यही खरिदले कार जित्ने अवसरसमेत दिलायो भने ? सुन्दा अचम्म लाग्न सक्छ, तर म्याक्स टाइगर इनर्जी ड्रिङ्कसका नौ जना उपभोक्ताका लागि यस्तै सुखद संयोग जुरिसकेको छ । म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न स्थानका ...

सल्यानमा केशर खेतीको परीक्षण सफल, प्रतिग्राम हजारमा बिक्री
छोटो समयमै आम्दानी र उच्च बजार मूल्य देखिएपछि स्थानीय किसानहरू परम्परागत बाली छाडेर केशरको व्यावसायिक खेतीतर्फ आकर्षित भइरहेका छन्। ...

मर्मतमा ढिलाइले सल्यानका ग्रामीण सडकमा सास्ती
सडकमा पहिरो, खाल्डाखुल्डी र हिलो हुँदा स्थानीय जोखिम मोलेर यात्रा गर्न तथा बिरामीलाई स्ट्रेचरमा बोक्न बाध्य छन्। ...

नेपालको पर्यटन विश्वमाझ पुर्याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य
नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट विश्वभर चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता (ट्राभल कन्टेन्ट क्रिएटर) नेपाल आएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियतामा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), बङ्गलादेश र श्रीलङ्... ...


