साढे ५ घण्टा प्रहरीका उच्च अधिकारीबीच के भयो छलफल?
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बोलाएको उच्च अधिकृतहरूको आकस्मिक बैठकमा समसामयिक विषयमा करिब साढे ५ घण्टा छलफल भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालमा भएको काठमाडौंमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी नायब महानिरीक्षक (डीआईजी)भन्दा माथिल्लो तहका अधिकारीहरूको बैठक साढे ५ घण्टासम्म चलेको हो । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार बैठकमा पछिल्लो शान्ति सुरक्षाको अवस्था, समसामयिक विषयवस्तु र सामाजिक सञ्जालमा आएका विषयहरूमाथि छलफल भएको छ । उनले भने, ‘त्यो विषयमा सबैको धारणा बुझ्ने काम भयो ।’ बैठकमा संगठनको प्रतिष्ठा, व्यावसायिकता तथा कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजित रूपमा भ्रामक सूचना सम्प्रेषण गरेर प्रहरीलाई कमजोर बनाउने काम भएको विषयमा चर्चा भएको उनको भनाइ छ । बैठकपछि उनले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न सकिन्छ भन्ने सोच बनाएका केही सीमित व्यक्तिहरूको चालबाजीलाई प्रहरीले प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’ बैठकमा सहभागी एक अधिकारीका अनुसार आईजीपी कार्कीले संगठनविरुद्ध पछिल्लो समय प्रहार भइरहेको भन्दै एकजुट हुनुपर्ने धारणा राखेका थिए । प्रहरीको व्यावसायिकता, छवि र प्रतिष्ठामाथि आँच पुर्याउने गरी गतिविधि भइरहेको भन्दै उनले सबैलाई एकजुट हुनुपर्ने बताएका थिए । बैठकमा बाहिर आएका विषयबारे कुरा गर्न प्रधानमन्त्री कार्यालयमा जानुपर्ने विषयमा समेत कुरा उठेको थियो । तर कतिपय अधिकारीले व्यक्तिगत विषयको व्यक्तिगत रूपमै खण्डन गर्नुपर्ने र संगठनसँग जोडिएको विषयमा संगठनले नै खण्डन गर्नुपर्ने बताएका थिए । आईजीपी कार्कीलाई सरकारले हटाउन लागेको भन्ने आशयको समाचार सार्वजनिक भएपछि प्रहरीमा तरंग पैदा भएको थियो । त्यसपछि आईजीपी कार्कीले उच्च अधिकृतहरूको बिहीबार आकस्मिक बैठक बोलाएका थिए । प्रदेशमा कार्यरत डीआईजीहरूलाई पनि तत्काल उपस्थित हुन भन्दै काठमाडौं बोलाइएको थियो ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

इजरायलले अरब समूहका सदस्यमाथि दबाब बढायो, नेतन्याहु सरकार गठन गर्ने उपाय खोज्दै
काठमाडौँ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको समूहले बिहीबार इजरायली अरब नेताहरूमाथि विदेशी कोषको लेनदेनको अप्रमाणित आरोप लगाएको छ । यो कदम अनिर्णायक निर्वाचनपछि सरकार गठनको कुञ्जी हुन सक्ने दलहरूलाई कमजोर पार्ने प्रयास... ...

प्रहरीको ‘स्वीप अपरेसन’ : ९७ जना पक्राउ
काठमाडौँ । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति, सुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा ९७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विभिन्न... ...

१५ वर्षपछि सञ्चालनमा आउँदै धनुषा-सिरहा जोड्ने कमला पुल
काठमाडौँ । धनुषा र सिरहा जोड्ने हुलाकी सडकअन्तर्गतको कमला पुल आगामी मंसिर पहिलो साताभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्यलाई तीव्रता दिइएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बिहीबार राति सामाजिक... ...

बँदेलको आक्रमणबाट बालिका घाइते
प्रतीक इच्छुक शर्मासल्यान, कात्तिक १२ गते । सल्यानको दार्मा गाउँपालिका–२, ओझाबाङमा जङ्गली बँदेलको आक्रमणबाट १७ वर्षीया बालिका घाइते भएकी छन् ।घरनजिकैको सामुदायिक वनमा दाउरा काट्न ग... ...


