Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

साउदी अरबमा हुने एसियन कप फुटबल स्थगित

Share:WhatsAppFacebookX (Twitter)Telegram
साउदी अरबमा हुने एसियन कप फुटबल स्थगित
Photo / Coverage: केन्द्रबिन्दु

क्वालालम्पुर । एसियाली फुटबल महासंघ (एएफसी) ले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो असाधारण परिस्थितिका कारण साउदी अरबमा हुने सन् २०२७ को एसियन कप फुटबल प्रतियोगिता जनवरीबाट डिसेम्बरमा सार्ने निर्णय गरेको छ । मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौती र हुथी विद्रोही आक्रमणपछि पछिल्लो केही सातायता साउदी अरबमा हुने विभिन्न खेलकुद प्रतियोगिता रद्द तथा स्थगित हुँदै आएको छ । यसअघि सन् २०२७ जनवरी ७ देखि फेब्रुअरी ५ सम्म हुने तय भएको एसियन कप अब सन् २०२७ डिसेम्बर २३ देखि सन् २०२८ जनवरी २१ सम्म सञ्चालन हुनेछ । एसियाली फुटबलको सर्वोच्च निकाय एएफसीले मंगलबार जारी गरेको विज्ञप्तिमा क्षेत्रीय घटनाक्रमबाट उत्पन्न असाधारण परिस्थितिलाई ध्यानमा राख्दै प्रतियोगिताको मिति परिवर्तन गर्ने निर्णय गरिएको जनाएको छ । एएफसीले प्रतियोगिता आयोजना गर्दा उत्पन्न हुने गम्भीर व्यवस्थापकीय जटिलता तथा यात्रामा देखिएको अवरोधलाई पनि निर्णयको प्रमुख कारणमा उल्लेख गरेको छ । नयाँ मिति स्वीकृतिका लागि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) समक्ष प्रस्तुत गरिने एएफसीले जनाएको छ । यसअघि सुरक्षा अवस्थालाई लिएर प्रतियोगिता आयोजना हुने वा नहुनेबारे विभिन्न आशंका बढिरहेका बेला स्थानीय आयोजकले गत महिना भने प्रतियोगिता पूर्वनिर्धारित मितिमै हुने दाबी गरेको थियो । प्रतियोगिताका खेल साउदी अरबका जेद्दा, रियाद र अल खोबर सहरमा आयोजना गर्ने तयारी थियो । एएफसीका अनुसार साउदी अधिकारी र एएफसीबीच विस्तृत छलफल तथा परामर्शपछि प्रतियोगिता करिब एक वर्ष पछाडि सार्ने निर्णय गरिएको हो । एएफसीले निर्धारित समयमै प्रतियोगिता आयोजना गर्दा सहभागी टोली, खेल अधिकारी, दर्शक तथा अन्य सरोकारवालाको सुरक्षामा चुनौती उत्पन्न हुनसक्ने भएकाले स्थगित गर्नु आवश्यक भएको जनाएको छ । यमनका इरान समर्थित हुथी विद्रोहीले पछिल्लो समय साउदी अरबका विमानस्थलसहित विभिन्न पूर्वाधारलाई निशाना बनाउँदै आएका छन् । यमनको सरकारलाई समर्थन गर्दै आएको साउदी नेतृत्वको गठबन्धन र हुथी विद्रोहीबीचको द्वन्द्व वर्षौं लामो युद्धविरामपछि गत जुलाईमा पुनः चर्किएको थियो ।यसअघि सन् २०२७ को डकार र्याली पनि साउदी अरबबाट अन्यत्र सारिएको थियो । नोभाक जोकोभिच, कार्लोस अल्काराज र अलेक्जेन्डर जेभरेभ सहभागी हुने भनिएको प्रदर्शनी टेनिस प्रतियोगिता डिसेम्बर अन्त्यसम्म स्थगित गरिएको छ । एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमेरिकी मध्यावधि निर्वाचन : प्रारम्भिक नतिजामा ट्रम्पको रिपब्लिकन पार्टी पछाडि
Latest NewsJust now

अमेरिकी मध्यावधि निर्वाचन : प्रारम्भिक नतिजामा ट्रम्पको रिपब्लिकन पार्टी पछाडि

काठमाडौं । अमेरिकामा भएको मध्यावधि निर्वाचनको प्रारम्भिक नतिजामा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई धक्का लागेको छ । अमेरिकी संसद्का दुवै सदनमा डेमोक्रेटिक पार्टीले अग्रता लिएको छ भने सिनेटको एक सिट पनि रिपब्लिकन पार्टीबाट खोसेको छ । प्राप्त प्रारम्भिक नतिजाअनुसार डेमोक्रेटिक पार्टीले नर्थ क्यारोलाइनाबाट सिनेटको सिट जित्दै रातिको पहिलो सिट आफ्नो पक्षमा पारेको छ । यसैगरी जर्जियाबाट सिनेटर जोन ओसोफ पुनः निर्वाचित ...

केन्द्रबिन्दु
पर्यटन व्यवसायीको अन्तर्राष्ट्रिय जमघट डब्ल्यूटीएम लन्डन २०२६ सुरु
Latest NewsJust now

पर्यटन व्यवसायीको अन्तर्राष्ट्रिय जमघट डब्ल्यूटीएम लन्डन २०२६ सुरु

• 'वल्र्ड ट्राभल मार्केट (डब्ल्यूटीएम) लन्डन २०२६' मेला लन्डनमा सुरु भएको छ, जसमा ४ हजार १०० भन्दा बढी कम्पनी र १८० भन्दा बढी देशका ४६ हजार ५०० पर्यटन व्यवसायीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। • नेपाल पर्यटन बोर्डको समन्वयमा ३२ वटा नेपाली कम्पनीले मेलामा सहभागिता जनाएका छन्, जसले नेपालको प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गर्दै नयाँ व्यापारिक ...

नेपालबहस
रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन
Latest NewsJust now

रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन

सिराज खाननेपालगन्ज, कात्तिक १८ गते । प्रहरीले बाँकेमा नदीजन्य पदार्थको अवैध उत्खनन तथा ढुवानी गर्नेहरुलाई निरन्तर कारबाही गर्दै आएपनि नदीजन्य पदार्थको अवैध उत्खनन् र ढुवानी रोकिएको... ...

गोरखापत्र
सरकारले किन ल्याएन कर्मचारी अध्यादेश ?
Latest NewsJust now

सरकारले किन ल्याएन कर्मचारी अध्यादेश ?

काठमाडौं । कर्मचारी प्रशासनमा व्यापक फेरबदल गर्न अध्यादेश ल्याउने तयारी भएको हल्ला भएको धेरै भइसकेको थियो । ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पुगेका कर्मचारीलाई अनिवार्य अवकाश दिने प्रस्तावसहित तयार पारिएको भनिएको अध्यादेश आउने प्रतीक्षा भइरहेको थियो। यही बेला बिचौलिया इनम सापकोटासँग जोडिएको प्रकरणमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको नामसमेत जोडिएपछि उनलाई पदबाट हटाउन चलखेल भएको बताइको थियो। यही विषय चर्चामा ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play