Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

अमेरिकी मध्यावधि निर्वाचन : प्रारम्भिक नतिजामा ट्रम्पको रिपब्लिकन पार्टी पछाडि

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकी मध्यावधि निर्वाचन : प्रारम्भिक नतिजामा ट्रम्पको रिपब्लिकन पार्टी पछाडि
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । अमेरिकामा भएको मध्यावधि निर्वाचनको प्रारम्भिक नतिजामा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई धक्का लागेको छ । अमेरिकी संसद्का दुवै सदनमा डेमोक्रेटिक पार्टीले अग्रता लिएको छ भने सिनेटको एक सिट पनि रिपब्लिकन पार्टीबाट खोसेको छ । प्राप्त प्रारम्भिक नतिजाअनुसार डेमोक्रेटिक पार्टीले नर्थ क्यारोलाइनाबाट सिनेटको सिट जित्दै रातिको पहिलो सिट आफ्नो पक्षमा पारेको छ । यसैगरी जर्जियाबाट सिनेटर जोन ओसोफ पुनः निर्वाचित भएका छन् । अमेरिकी प्रतिनिधिसभाका सबै ४३५ सिट, सिनेटका ३५ सिट तथा विभिन्न राज्यका गभर्नर र स्थानीय पदमा यही १७ कात्तिकमा निर्वाचन भएको थियो । अमेरिकामा मध्यावधि निर्वाचन राष्ट्रपतिको चारवर्षे कार्यकालको बीचमा हुने संसदीय तथा राज्यस्तरीय निर्वाचन हो । यस निर्वाचनमा राष्ट्रपति परिवर्तन हुँदैन, तर संसदमा कुन राजनीतिक दलको बहुमत रहने भन्ने निर्णय भने हुन्छ । सन् २०२६ को मध्यावधि निर्वाचन राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको बीचमा भइरहेको हो । मध्यावधि निर्वाचनलाई अमेरिकामा राष्ट्रपतिको कार्यसम्पादनप्रतिको जनमत परीक्षणका रूपमा लिने गरिन्छ । राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालको दुई वर्ष पूरा हुन लाग्दा भएको यो निर्वाचनलाई पनि उनको प्रशासनप्रतिको जनमत परीक्षणका रूपमा हेरिएको छ । यस निर्वाचनको नतिजाले ट्रम्प प्रशासनले आगामी दुई वर्षमा आफ्नो नीति तथा कार्यक्रम अघि बढाउन कति सहजता पाउँछ भन्ने पनि तय गर्नेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
शिवालय–छेडागाड जोड्ने झोलुङ्गे पुल उद्घाटन, स्थानीयलाई आवतजावतमा सहज हुने
Latest NewsJust now

शिवालय–छेडागाड जोड्ने झोलुङ्गे पुल उद्घाटन, स्थानीयलाई आवतजावतमा सहज हुने

जाजरकोटको छेडागाड नगरपालिका-१ र शिवालय गाउँपालिका-९ जोड्ने झोलुङ्गे पुल उद्घाटन गरिएको छ । मंगलबार एक कार्यक्रमकाबीच प्रतिनिधि सभा सदस्य खडकबहादुर बुढाले साझेखेतस्थित उक्त पुलको उद्घाटन गरेका हुन् । ...

कान्तिपुर
यूरोपा लिग : पीएसजी, बार्सिलोना र बायर्नको जित
Latest NewsJust now

यूरोपा लिग : पीएसजी, बार्सिलोना र बायर्नको जित

काठमाडौं । यूरोपा लिगअन्तर्गत डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले भने आफ्नो शतप्रतिशत सुरुआत कायम राख्यो । यसका लागि उसले भिल्लारियलमाथि ६–० को जित निकालेको हो । फ्रान्सेली च्याम्पियनका लागि भने फाबिन रुइजले दुई गोल गरे । यस्तै बायर्न म्युनिकले एटलेटिको म्याड्रिडलाई २–० ले हरायो र त्यसमा लेनार्ट कार्ल तथा कोनार्ड लामेरले एक एक गोल गरे । इन्टर मिलान भने ...

केन्द्रबिन्दु
सामाजिक सञ्जालको माखेसाङ्लो
Latest NewsJust now

सामाजिक सञ्जालको माखेसाङ्लो

आजको युगलाई सूचना र सञ्चारको युग भनिन्छ । यस युगको सबैभन्दा ठूलो परिचय बनेको छ सामाजिक सञ्जाल । फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम, एक्स, भाइबर र ह्वाट्सएपजस्ता माध्यमले मानिसको दैनिक जीवनको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play