Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

भाई मसलाको मूल्यमा वृद्धि, आयात पनि बढ्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
भाई मसलाको मूल्यमा वृद्धि, आयात पनि बढ्यो
Photo / Coverage: नेपालन्युज

काठमाडौं । तिहार नजिकिएसँगै नेपाली बजारमा भाइ मसलाका रूपमा प्रयोग हुने ड्राइफ्रुट्सको मूल्य बढेको छ । चाडपर्वलाई लक्षित गरी आयात बढाइए पनि ढुवानीमा अवरोध, भन्सार बन्द र मागमा भएको वृद्धिका कारण बजारमा आपूर्ति प्रभावित हुँदा मूल्य बढेको हो। व्यापारीका अनुसार गत वर्षको तुलनामा यस वर्ष अधिकांश ड्राइफ्रुट्सको मूल्य बढेको छ । कालिमाटीका व्यापारी अनुराग चौधरीका अनुसार वस्तु हेरेर प्रतिकिलो १५० देखि २०० रुपैयाँसम्म मूल्य वृद्धि भएको छ । केही वस्तुको मूल्यमा भने अझ बढी वृद्धि देखिएको छ । यस वर्ष सबैभन्दा बढी पिस्ताको मूल्य बढेको छ । गत वर्ष प्रतिकिलो २ हजार २०० रुपैयाँमा बिक्री भएको पिस्ताको मूल्य अहिले ३ हजार ५०० देखि ३ हजार ६०० रुपैयाँ पुगेको छ । बजारको अवस्था यस्तै रहे प्रतिकिलो ३ हजार ८०० रुपैयाँसम्म पुग्न सक्ने चौधरीको अनुमान छ । उनका अनुसार गत भदौमा रसुवामा आएको बाढीले ढुवानी प्रभावित बनाएको थियो । त्यसैगरी, दशैंका समयमा करिब एक साता भन्सार कार्यालय बन्द हुँदा आयात रोकिएको र भन्सार खुलेलगत्तै तिहारको माग बढ्दा बजारमा पर्याप्त सामान आउन सकेन । यसले पनि मूल्य वृद्धिमा दबाब सिर्जना गरेको हो । चौधरीले व्यापारीले पहिले जस्तै निश्चित नाफा राखेर सामान बिक्री गरिरहेको उल्लेख गर्दै खरिद लागत नै बढेकाले उपभोक्ताले बढी मूल्य तिर्नुपरेको बताए । आयात लागत, ढुवानी खर्च र बजारमा वस्तुको उपलब्धताले खरिद मूल्य निर्धारण गर्ने भएकाले खुद्रा व्यापारीले मात्रै मूल्य नियन्त्रण गर्न नसक्ने उनको भनाइ छ । पछिल्लो समय केही वस्तुको मूल्यमा सामान्य गिरावट देखिए पनि समग्रमा ड्राइफ्रुट्सको मूल्य उच्च नै रहेको व्यापारीहरू बताउँछन् । नेपालमा भाइटीकाका अवसरमा दाजुभाइलाई सगुनका रूपमा काजु, बदाम, किसमिस, पिस्ता, ओखरलगायतका ड्राइफ्रुट्स दिने परम्परा छ । स्वदेशी उत्पादनले आन्तरिक माग धान्न नसक्ने भएकाले नेपालले भारत, चीन, भियतनाम, अमेरिका, इन्डोनेसिया र थाइल्यान्डलगायतका देशबाट यस्ता वस्तु आयात गर्दै आएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोजसम्म ३ अर्ब २९ करोड रुपैयाँ बराबरका १७ हजार मेट्रिक टन काजु, बदाम, हेजलनट, पिस्ता, सुपारी र नरिवललगायतका वस्तु आयात भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ९२ करोड रुपैयाँ बराबरका १६ हजार मेट्रिक टन यस्ता वस्तु आयात भएका थिए । यसरी हेर्दा एक वर्षको अवधिमा आयात मूल्य ३७ करोड रुपैयाँले बढेको छ भने आयात परिमाण १ हजार मेट्रिक टनले वृद्धि भएको छ । तिहारमा भाइटीकाका लागि विशेष महत्त्व राख्ने ड्राइफ्रुट्सको माग चाडपर्वको समयमा थप बढ्ने गरेको छ । आयातमा निर्भर नेपाली बजारमा मागअनुसार आपूर्ति हुन नसक्दा मूल्यमा समेत चाप पर्ने गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
शिवालय–छेडागाड जोड्ने झोलुङ्गे पुल उद्घाटन, स्थानीयलाई आवतजावतमा सहज हुने
Latest NewsJust now

शिवालय–छेडागाड जोड्ने झोलुङ्गे पुल उद्घाटन, स्थानीयलाई आवतजावतमा सहज हुने

जाजरकोटको छेडागाड नगरपालिका-१ र शिवालय गाउँपालिका-९ जोड्ने झोलुङ्गे पुल उद्घाटन गरिएको छ । मंगलबार एक कार्यक्रमकाबीच प्रतिनिधि सभा सदस्य खडकबहादुर बुढाले साझेखेतस्थित उक्त पुलको उद्घाटन गरेका हुन् । ...

कान्तिपुर
यूरोपा लिग : पीएसजी, बार्सिलोना र बायर्नको जित
Latest NewsJust now

यूरोपा लिग : पीएसजी, बार्सिलोना र बायर्नको जित

काठमाडौं । यूरोपा लिगअन्तर्गत डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले भने आफ्नो शतप्रतिशत सुरुआत कायम राख्यो । यसका लागि उसले भिल्लारियलमाथि ६–० को जित निकालेको हो । फ्रान्सेली च्याम्पियनका लागि भने फाबिन रुइजले दुई गोल गरे । यस्तै बायर्न म्युनिकले एटलेटिको म्याड्रिडलाई २–० ले हरायो र त्यसमा लेनार्ट कार्ल तथा कोनार्ड लामेरले एक एक गोल गरे । इन्टर मिलान भने ...

केन्द्रबिन्दु
सामाजिक सञ्जालको माखेसाङ्लो
Latest NewsJust now

सामाजिक सञ्जालको माखेसाङ्लो

आजको युगलाई सूचना र सञ्चारको युग भनिन्छ । यस युगको सबैभन्दा ठूलो परिचय बनेको छ सामाजिक सञ्जाल । फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम, एक्स, भाइबर र ह्वाट्सएपजस्ता माध्यमले मानिसको दैनिक जीवनको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play