काठमाडाैं । साउदी अरबको राजधानी रियादस्थित किङ अब्दुल्लाह वित्तीय जिल्लामा भएको आक्रमणमा तीन नेपालीसहित ११ जना घाइते भएका छन् । साउदी नागरिक सुरक्षा निकायका अनुसार नोभेम्बर २४ मा वित्तीय जिल्लामा रहेको ८० तले भवनलाई लक्षित गरी आक्रमण भएको थियो । घटनामा तीन नेपाली, चार इजिप्टेली, दुई भारतीय र दुई साउदी नागरिक घाइते भएका छन् । घाइते नेपालीको परिचय र स्वास्थ्य अवस्थाबारे भने विस्तृत विवरण सार्वजनिक भएको छैन । घटनापछि उद्धार तथा आपत्कालीन सुरक्षा टोली परिचालन गरिएको छ भने सम्बन्धित निकायले अनुसन्धान गरिरहेको जनाइएको छ । साउदी नेतृत्वको यमनसम्बन्धी सैन्य गठबन्धनले घटनालाई आतंकवादी आक्रमण भनेको छ ।
साउदी अरबमा भएको आक्रमणमा तीन नेपाली घाइते

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





