साउदीमा हवाई हमला हुँदा नेपालीसहित २ जनाको मृ*त्यु

काठमाडौं । साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनामा गरिएको ड्रोन आक्रमणमा एक नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको छ। हमलामा पाकिस्तानी र भारतीय नागरिक घाइते भएका छन्। साउदी अरबको ऊर्जा मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार बुधबार बिहान गरिएको आक्रमणमा एक नेपाली र एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको हो। यद्यपि मृत्यु भएका नेपालीको परिचय, ठेगाना र घटनाको विस्तृत विवरण विज्ञप्तिमा खुलाइएको छैन। साउदीको ऊर्जा मन्त्रालयका अनुसार तेल क्षेत्रको प्रशोधन केन्द्रलाई निसाना बनाएर प्रहार गरिएको ड्रोन हवाई प्रतिरक्षा प्रणालीले बिचमै रोकेको थियो। तर तेल क्षेत्रमा काम गर्ने ठेकेदार कम्पनीको एउटा सवारीसाधनमा आगलागी भएको थियो। यद्यपि आगलागी तेल प्रशोधन केन्द्रको परिधिबाहिर भएको र त्यसले तेल क्षेत्रको सञ्चालनमा कुनै असर नपारेको मन्त्रालयको भनाइ छ। The post साउदीमा हवाई हमला हुँदा नेपालीसहित २ जनाको मृ*त्यु appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

गर्जुरा क्षेत्रबाट तम्घास आसपासका दृश्य
धार्मिक एवं पर्यटकीय क्षेत्र अर्जुनको काखमा देखिएको गुल्मीको सदरमुकाम तम्घास बजार र आसपासका दृश्य । ...

दशैँको दोस्रो दिनमै विदेशिँदै युवा
बिहीबार बडादशैँको दोस्रो दिन हो । रोजगारीलगायत विभिन्न कामका लागि युवा विदेशिने क्रम जारी रहेको छ । ...

नेपाल सरकारका वेबसाइट डाउन गराउने पीएचपी के हो? विश्वभरका ३ करोड वेबसाइट जोखिममा
काठमाडौं । वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा भेटिएका गम्भीर सुरक्षा कमजोरीका कारण विश्वभर करिब तीन करोड वेबसाइट प्रभावित हुन सक्ने साइबर सुरक्षा विज्ञले चेतावनी दिएका छन् । नेपालसहित संसारभरका करोडौं सरकारी साइट बन्द छन् । बेलायती साइबर सुरक्षा विज्ञ तथा युनिभर्सिटी अफ सरेको सेन्टर फर साइबर सेक्युरिटीका प्राध्यापक एलन वुडवर्डका अनुसार, यी कमजोरीको दुरुपयोग गरेर आक्रमणकारीले ...

बाढीपहिरोले क्षति सडक तथा पुल मर्मतका लागि सिफारिस
तनहुँ। गत असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले तनहुँका विभिन्न सडक, पुल तथा कल्भर्टमा क्षति पुर्याएको छ । क्षति भएका संरचनाको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि जिल्ला विपद् व्यवस्थापन समितिले सम्बन्धित निकायमा सिफारिस गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार बाढीपहिरोबाट क्षति पुगेका सडक तथा संरचनाको विवरण संकलन गरी आवश्यक पुनर्निर्माण ...


