साउदीमा भएको ड्रोन आक्रमणमा एक नेपालीको मृत्यु, सरकारद्वारा दुःख व्यक्त

साउदी अरेबियाको सरकारी तेल कम्पनी साउदी अरामको ‘सायबाह’ तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको ज्यान गएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत घटनाको पुष्टि गर्दै नेपाली नागरिकको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेको हो । मन्त्रालयका अनुसार बुधबार सायबाह तेल क्षेत्रलाई लक्षित गरी प्रहार गरिएको ड्रोनलाई साउदी सुरक्षा प्रणालीले आकाशमै नष्ट गर्दा त्यसका भग्नावशेष खसेर ती नेपाली कामदारको दुःखद निधन भएको हो । परराष्ट्र मन्त्रालयले मृतकका शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै घटनामा घाइते भएका सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारहरूलाई लक्षित गरी गरिने जुनसुकै प्रकारका आक्रमणको नेपालले स्पष्ट शब्दमा निन्दा गर्ने मन्त्रालयले दोहोर्याएको छ । आफ्नो सैद्धान्तिक अडानलाई पुनः पुष्टि गर्दै नेपालले संवाद, वार्ता र कूटनीतिक माध्यमबाटै जुनसुकै विवादको शान्तिपूर्ण समाधान खोज्न समेत सम्बद्ध पक्षहरूलाई आह्वान गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार साउदी अरेबियाको पूर्वी प्रान्तमा अवस्थित उक्त तेल क्षेत्रमा भएको सो घटनामा एक नेपाली र एक फिलिपिनो नागरिकको मृत्यु भएको छ भने एक भारतीय र एक पाकिस्तानी नागरिक घाइते भएका छन् । मृतक नेपालीको विस्तृत परिचय खुलाइएको छैन ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

पब्जी मोबाइल ग्लोबल ओपन : नेपालको टीटूके सर्भाइभल स्टेजबाट बाहिरियो
५ कात्तिक, काठमाडौं । नेपाली टोली टीटूके ईस्पोर्ट्स पब्जी मोबाइल ग्लोबल ओपनको सर्भाइभल स्टेजबाट बाहिरिएको छ। बिहीबार भएको सर्भाइभल स्टेजमा शीर्ष चारमा पर्न नसकेपछि टीटूकेको फाइनल पुग्ने सम्भावना समाप्त भएको हो। समूह चरणमा शीर्ष ६ मा पर्न नसकेको टीटूके १६ टोलीमध्ये १४औं स्थानमा रहेपछि सर्भाइभल स्टेजमा पुगेको थियो। सर्भाइभल स्टेजबाट शीर्ष चार टोली मात्र फाइनलमा छनोट… ...

ब्रूकको दोहोरो शतक छायाँमा पार्दै श्रीलंकाको कीर्तिमानी जित
५ कात्तिक, काठमाडौं । ह्यारी ब्रूकले एकदिवसीय क्रिकेटकै कीर्तिमानी दोहोरो शतक बनाए पनि इंग्ल्यान्ड श्रीलंकासँग पराजित भएको छ। रावलपिण्डीमा बिहीबार श्रीलंकाले ४३० रनको लक्ष्य दुई विकेटले पूरा गर्दै एकदिवसीय क्रिकेटमा दोस्रो ठूलो सफल रन चेज गरेको हो। श्रीलंकाका लागि यो कीर्तिमानी रन चेज हो। इंग्ल्यान्डले ब्रूकको २०२ रनको मद्दतमा ५० ओभरमा ४ विकेटको क्षतिमा ४२९… ...

रास्वपा सभापति रवि लामिछाने ३ दिने भ्रमणका लागि भारत जाँदै
५ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने भएका छन् । उनको यो भ्रमणलाई निजी तथा पारिवारिक तीर्थाटन भनिएको छ । लामिछाने शुक्रबार (कात्तिक ६) गतेदेखि तीन दिनका लागि भारत जान लागेको उनको निजी सचिवालयले जनाएको छ। भ्रमणका क्रममा उनले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैंची धाम… ...

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन डलर अनुदान
जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि संयुक्त राष्ट्रसंघको हानिनोक्सानी कोषले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। कोषको बिहीबार बसेको विशेष बैठकले नेपाललाई उक्त अनुदान उपलब्ध गराउने निर्णय गरेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहसचिव एंवम् जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख ...


