साउदीमा ड्रोन आक्रमणमा एक नेपालीको मृत्यु भएको घटनाप्रति एमालेको दु:ख व्यक्त

काठमाडौँ । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले दु:ख व्यक्त गरेको छ । एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले विज्ञप्ति जारी गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना पनि प्रकट गरेका छन्। ‘निर्दोष नागरिकको ज्यान जाने गरी हुने यस्ता हिंसात्मक घटनाहरू मानवता र मानवीय मूल्य–मान्यताविपरीत छन्। हामी सदैव विश्व शान्तिका पक्षमा छौँ र यस्ता अमानवीय घटनाको घोर निन्दा तथा भत्र्सना गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ । नेपाल प्रत्यक्ष रूपमा संलग्न नरहेको वैदेशिक द्वन्द्वका कारण नेपाली नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था अत्यन्तै दु:खद र चिन्ताजनक रहेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूको सुरक्षा र हित सुनिश्चित गर्नका लागि पार्टीले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । The post साउदीमा ड्रोन आक्रमणमा एक नेपालीको मृत्यु भएको घटनाप्रति एमालेको दु:ख व्यक्त appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा
मुस्ताङ । लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई सातामा ७७२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय मुस्ताङको जोमसोमस्थित चेकपोस्टले भारी... ...

थोरङला पास हुँदै भित्रिए ७७२ पर्यटक
मुस्ताङ।लमजुङको बेंसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई सातामा ७७२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय मुस्ताङको जोमसोमस्थित चेकपोस्टले भारी हिमपातपछिको दुई सातामा ४३ जना सार्क राष्ट्र र ७२९ जना अन्य राष्ट्रका विदेशी पर्यटक मुस्ताङ भित्रिएको जनाएको छ। समुद्री सतहको पाँच हजार ४१६ मिटरको उचाइमा अवस्थित राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गको थोरङला पास पिक छिचोल्दै ...

नेपालीको ज्यान असामान्य घटनामा गुम्दा मात्रै हाम्रो राज्यको संवेदना किन जाग्छ ?
प्रश्न यति मात्रै होइन । नेपालीको ज्यान असामान्य घटनामा गुम्दा मात्रै हाम्रो राज्यको संवेदना किन जाग्छ ? ...



