Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सांग्रिला बैंक २३औँ वर्षमा प्रवेश

सांग्रिला बैंक २३औँ वर्षमा प्रवेश

Share:WhatsAppFacebookX (Twitter)Telegram
सांग्रिला बैंक २३औँ वर्षमा प्रवेश

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक २३औँ वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो २२औँ वार्षिकोत्सव शुक्रबार काठमाडौंमा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उज्ज्वल सत्यालले बैंकको २२ वर्षे यात्रामा साथ र सहयोग गर्ने संस्थापक, सञ्चालक, ग्राहक, सेयरधनी, कर्मचारी तथा नियमनकारी निकायप्रति आभार गर्नुभयो भने बैंकका प्रमुख कार्यकारी अधिकृत रवीन सिजापतिले आगामी दिनमा बैंकका सेवा थप स्मार्ट, आधुनिक र उत्कृष्ट बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । बैंकले वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमसमेत घोषणा गरेको छ । हुम्लाको सिमकोटस्थित डाँडाफया स्वास्थ्यचौकीमा महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने, सिमकोटस्थित श्री रामदेव माध्यमिक विद्यालयका एकसय तीनजना विद्यार्थीलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरिने, रोल्पाको सुनिलस्मृति गाउँपालिकास्थित खुद्री स्वास्थ्यचौकीलाई एक थान बेबी वार्मर र एक थान अटोक्लेभ ड्रम सेट उपलब्ध गराइने बैंकले घोषणा गरेको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

नौ लाख किसानलाई बजारसँग जोड्ने श्रीलङ्काको कृषि कार्यक्रम सुरु
ताजा खबरJust now

नौ लाख किसानलाई बजारसँग जोड्ने श्रीलङ्काको कृषि कार्यक्रम सुरु

कोलम्बो । श्रीलङ्काले कृषि क्षेत्रको आधुनिकीकरण र राष्ट्रिय अर्थतन्त्रमा यसको योगदान बढाउने उद्देश्यले शुक्रबार ६६ करोड ५० लाख अमेरिकी डलरको कृषि विकास कार्यक्रम सुरु गरेको छ । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय कृषि विकास कोष (आईएफएडी) को आर्थिक सहयोगमा सञ्चालन हुने ‘श्रीलङ्का एग्रीकनेक्ट’ कार्यक्रमले सन् २०३० सम्ममा नौ लाख किसानलाई कृषि उत्पादन तथा बजारको मूल्य शृङ्खलासँग जोड्ने लक्ष्य राखेको छ । कार्यक्रमअन्तर्गत ...

केन्द्रबिन्दु
वर्षा र पहिरोले तीन जिल्लाका विभिन्न सडक अवरुद्ध
ताजा खबरJust now

वर्षा र पहिरोले तीन जिल्लाका विभिन्न सडक अवरुद्ध

काठमाडौँ, कात्तिक १५ गते । लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो बगेर सडकमा थुप्रिँदा तथा पहिरो खस्दा काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडकखण्ड अवरुद्ध भएका प्रहरी... ...

गोरखापत्र
अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा क्रमिक सुधार
ताजा खबरJust now

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा क्रमिक सुधार

काठमाडौँ। अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएको र माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्र रहेकाले मौसम क्रमिक रूपमा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले बताएको छ। हाल लुम्बिनी प्रदेशलगायत देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली ...

नेपालन्युज
दीपक भट्ट : पर्दापछाडिका शक्तिशाली ‘फिक्सर’
ताजा खबरJust now

दीपक भट्ट : पर्दापछाडिका शक्तिशाली ‘फिक्सर’

दुई दशकसम्म दीपक भट्टले नेपालको राजनीतिक र प्रशासनिक क्षेत्रका शक्तिशाली व्यक्तिसँग असाधारण पहुँच र सम्बन्ध विस्तार गरे, तर आफूलाई भने सार्वजनिक नजरबाट प्रायः टाढै राखे । अहिले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानले उनी वरिपरि विकसित सञ्जाल र सम्बन्धका अनेक तह उजागर गरेको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play